विवाहको १७ दिनमै सम्बन्ध बिच्छेद, फेरि एक हप्तामै पुनर्मिलन, तिराएको पाँच लाख फिर्ता – पढ्नुहोस्

गुल्मी । सोमबार बिहानसम्म न्युज–२४ गुल्मी टिभिजर्न लिष्टको टेलिफोन सम्पर्कमा थिए, उनीहरू । पुनर्मिलनका लागि हार–गुहार गरिरहेका थिए । आफूखुशी विवाह गरेका उनीहरू परिवारको दबाबपछि १७ दिनमै छुट्टिएका थिए ।

तर प्रेमका अगाडि केही टिकेन । आफूहरूको प्रेम सम्बन्ध र दुवै परिवारको दबाबबारे उनीहरू बोले । त्यही विभिन्न सञ्चार माध्यम समाचार आयो । समाचारपछि पनि उनीहरूमाथि दबाब भइरह्यो । तर हार खाएन यो जोडीले । पैसामा उनीहरूलाई छुट्टाउने बीच खैलाबैला भयो । सोमबार भयो उनीहरूको मिलन ।

सुरुमा हामीले घटनाक्रम मात्रै पस्केका थियौँ र जोडीको नाम काल्पानिक राखेका थियौँ, यसअघिको समाचारमा । उनीहरूमाथि थप दबाब र सुरक्षा खतरा नहोस् भनेर ।

उनीहरूले वैशाख २९ गते भागी विवाह गरे । १४ दिन भारत बसे । जेठ १३ गते डिभोर्स गराइयो । जेठ २८ गते पुनर्मिलन भयो । यही एक महिनामा उनीहरूको जीवनमा धेरै नै उथलपुथल भयो । उनीहरू हुन् गुल्मी दरबार गाउँपालिका ७ चारपालाका २४ वर्षीय खिम खत्री र धुर्कोटगाउँपालिका वडा नम्बर ३ की १८ वर्षीया सुर्जा परियार ।

उनीहरू भागी विवाह गरेर भारतमा पुगेको थिए । तर एक महिना नपुग्दै परिवारजनको दबाब यति भयो कि छुटिनु पर्‍यो । कारण थियो– जातीय विभेद ।

सुर्जाले सदरमुकाम तम्घासमा कक्षा १२ मा पढ्दै थिइन् । त्यति नै पढेका खिम भारतमा काम गर्दथे । उनीहरूबीच सुरुमा फेसबुकमार्फत चिनजान भएको थियो । उनीहरूको भेट भयो, गएको चैत्र १६ देखि २६ गतेसम्म सम्पन्न तेस्रो गुल्मी महोत्सवमा ।

पहिलो भेटपछि उनीहरूबीच सामीप्यता झन् बढ्यो र दुवैजना भागी विवाह गरेर भारततिर लागे । भारतको हैरदाबादमा पुगेका उनीहरूलाई छुटाउन परिवारबाटै षडयन्त्र भयो ।

सुरुमा उनीहरूलाई फकाई फुल्याई घर झिकाइयो । उनीहरू ढुक्क हँुदै घर फर्किए । यता सुनौली नाकामा अभिभावकहरूले कुरेर बसेका थिए ।

त्यहाँबाट उनीहरूलाई गुल्मीको सदरमुकाम तम्घासस्थित एक होटेलमा ल्याएर राखियो । दुई दिनसम्म त्यस होटेलमा राखेर खिमका परिवारजनले अत्यन्तै दबाब दिए । त्यसपछि उनी सुर्जासँग छुटिन बाध्य भए ।

तर, सुर्जा छुटिन तयार थिइनन् । दुवै पक्षका भद्र भलाद्मी बसे । ५ लाख २० हजार सुर्जालाई क्षतिपूर्ति दिने कबुल भयो । त्यो रकम खिमका परिवारसँग नहुँदा नहँुदै पनि एक आफन्तमार्फत ऋण लिएर तत्काललाई पाँच लाख दिइयो । बाँकी २० हजार पछि दिने सर्त भयो । उनीहरू आआफ्नो बाटो लागे ।

घर पुगेपछि दुवैका परिवारले फोन खोसे । घरबाट निक्लन बन्देज गरे । निगरानीमा राखे । खिमलाई ‘।।।।छोरी ताक्ने’ भन्दै ‘पालग’सम्म भनियो । धामीकहाँसम्म लगियो । त्यही क्रममा खिमले साथीको फोन मागेर रातोपाटी संवादादातासँग सम्पर्क गरे । भने, ‘सुर्जाविना म बाँच्न सक्दिनँ । मलाई जातिपाती मतलव छैन । मेरो घर परिवार त्याग्न सक्छु । सुर्जालाई त्याग्न सक्दिनँ ।’

पटक–पटक फोन आएपछि समाचारदाता खिमले दिएको स्थानमा पुगे । खिम तनावमा थिए । संवादादाताले खिमसँग कुरा गरे । त्यहीँबाट खिमकी आमासँग पनि टेलिफोनमा कुरा गरे । आमाले आफन्तमार्फत पाँच लाख दिएको खुलसा गरिन् ।

रिर्पोटिङ गर्ने स्थानमा तिनै छुटाउने मध्येका एक दलित नेताले त्रास सिर्जना गरे । केही युवाहरू जुटिसकेका थिए । खिमलाई यसै समाचारदातासामु हातपात समेत भयो । त्यसै बखत ती दलित नेता आए । ‘तपाईँ यहाँबाट गइहाल्नुस्’ भनेर धम्की पनि दिए संवादातालाई ।

गुल्मी दरबारमा साबिकको कुनै एउटा गाविस छ जहाँका युवाहरू कुनै एक राजनीतिक दलको बाहुल्यताका आडमा मनोमानी गर्छन् । त्यही मनोमानी तोड्न चाहन्थे खिम ।

संवादाताकै अगाडि खिममाथि दुव्र्यवहार भयो । उनको फोन खोसियो । अर्को दिन खिमले फोन गरेर भने– ‘म बन्द कोठामा छु । मलाई यहाँबाट निकाल्नुस र सुर्जासँग भेट गराउनुुस् ।’

तेस्रो दिन उनी आफै तम्घास आए । करिब आधा घण्टा भिडियोमा उनका कुराहरू रेकर्ड गरियो । त्यतिले मात्र समाचार बन्न सक्दैनथ्यो । उनकी सुर्जाको कुरा राख्न आवश्यक थियो ।

त्यसको दोस्रो दिन सुर्जाकी आमासँग फोन गरियो । सुर्जासँग पनि सम्पकै भयो । सुर्जाले आमाका सामु भनिन्, ‘उसले धोका दियो । अब त्यसका कुरा नगर्नुस्, सकिएको कुरा उल्झाउँदा मलाई थप तनाव हुन्छ ।’

अर्को दिन सुर्जाले आफैले फोन गरिन् । भनिन्–‘दाइ हिजो आमासँगै भएकाले त्यस्तो भनेकी हुँ, म पनि ऊबिना बाँच्न सक्दिनँ, जसरी हुन्छ मलाई यो घरबाट निकाल्नुस् प्लिज।।। ।’

जिल्ला प्रहरी कार्यालयमा खिमले उजुरी दिएका रहेछन् । तर बोलाउँदा सुर्जा र उनका परिवार नआएको पाइयो । प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले नयाँगाउँ प्रहरी चौकीलाई आवश्यक निर्देशन दिएका थिए । त्यहाँको प्रहरी सुर्जाको घरमा पुग्यो । उनीहरूले सुर्जा, उनकी आमा र दाजुलाई सोमबार सदरमुकाम पठाए ।

भौतारिँदै रिडीमा रहेका खिमले फोन गरे । उनले भने ‘सर म तम्घास आउँदै छु, कतै नजानु होला ।’

खिम तम्घास आएर फोन गरे । नजिकै होटेलमा थिए सुर्जा र खिम । साथमा सुर्जाकी आमा र दाजुलगायत पनि थिए । सुर्जाका अभिभावकसँग बुझ्दा त्यो रकम तिराउने पक्षमा उनीहरू नभएको स्पष्ट पारे ।
वार्ता भयो । पाँच लाख फिर्ता गर्ने सहमति भयो ।

उनीहरू विवाहका लागि मन्दिरभित्र जाने सहमति गरे । त्यसपछि प्रहरी कार्यालयमा पुगे । प्रहरीले विवाह गराउन नमिल्ने भन्दै दुवैलाई अभिभावकको जिम्मा लगायो । प्रहरी कार्यालयबाट बाहिर निस्केर तम्घासको भगवती मन्दिर पुगे ।

एक महिनामा एक पटक भागी विवाह र अर्को पटक मन्दिर गएर उनीहरूले विवाह गरे । खिमले सिन्दूर हाले सुर्जाको सिउँदोमा । सुर्जा मुस्कुराइन् ।​

यसमा तपाइको मत

समाचार बाट अन्य

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका(८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको...

नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक...

सीपी मैनालीले भने फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन, वामदेव गौतमसँग मिल्नु भूल भयो

सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा...

पूर्व राजदुत झाको हत्या, टाउकोमा तीन, घाँटीमा दुई चोट भेटियो, यस्तो रहेछ भित्रि रहस्य

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या...

देशभरका चिया उद्योग बन्द गर्ने उत्पादक सघको सरकारलाई चेतावनी, अरर्बौँको लगानी डुब्ने, यसरी हुने भो मजदुरको बेहाल

नेपालका चिया उत्पादकले सरकारलाई ताला चावी बुझाउने चेतावनी दिएका छन् । चिया उत्पादकले सरकारले ल्याएको श्रम ऐनले चिया क्षेत्र सञ्चालन गर्न नसक्ने भन्दै ताला चावी बुझाउने चेतावनी दिएका हुन् । नेपाल चिया उत्पादक संघले...

थमन विक हत्या प्रकरण – नेता र मन्त्री तारेखमा, सामान्य कार्यकर्ता जेलमा

काठमाडौं– कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन्। पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन। पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारण मिचिन गई अन्याय हुने कानुनी मान्यता छ। तर जिल्ला अदालत महोत्तरीले कर्तव्य...

माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी

काठमाडौं– नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्। कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले...

सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ – विश्वप्रकाश शर्मा

-विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार...

मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? – यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा

काठमाडौं । तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी...

कम्युनिष्ट सरकारले जनताको ढाड सेकिनेगरी, यी दैनिक उपभोग्य सामानमा मुल्य बढाउँदै, नेता तथा कार्यकर्तालार्इ दियो यस्तो कडा निर्देशन

काठमाडौँ । दुई तिहाइ बहुमतको दम्भमा वाम सरकारले सर्वसाधारण जनताको ढाड सेकिने गरी दैनिक उपभोग्य सामानमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर एक सय ११ रुपैयाँ...