किनेको जुस फिर्ता गर्दा ३४ अर्बको चिट्ठा परेपछि

किराना पसलमा केही सामान किन्न जाँदा दुईचार रुपैयाँमा पनि बार्गेनिङ गरिन्छ । कहिलेकाहीँ दुईचार रुपैयाँमा कुरा नमिलेर सामान खरीद नगरीकनै हिँडिन्छ त कहिले किनेको सामान पनि फिर्ता गरिन्छ ।

किनेको सामान फिर्ता गर्नुपर्दा खुसी त कसलाई पो लाग्ला र । तर कहिलेकाहीँ किनेको सामान फिर्ता गर्दा मानिस अर्बपति बन्दो रहेछ ।

यो कुनै काल्पनिक ठट्टा होइन । अमेरिकाका एक ५५ वर्षीय व्यक्तिको जीवनमा घटेको सत्य घटना हो ।

न्यु जर्सीमा बस्ने ५५ वर्षका तैयब सूमीले ५ डलर मूल्यमा पसलबाट सुन्तलाको जूसको बोतल किनेर ल्याए । जब उनले ५ डलरमा सुन्तलाको जुसको एउटा बोतल घरमा ल्याए तब उनकी पत्नी किचकिच गर्न थालिन्, महंगो हालेको भनेर । किनकी उनले अढाई डलरमा अर्को पसलबाट सोही जुस किनेर ल्याएकी रहेछिन् ।

त्यसपछि पत्नीको आदेशानुसार तैयब आफूले खरीद गरेको जुसको बोतल फिर्ता गर्न सोही पसलमा पुगे । उनले किनेको जूस फिर्ता गरेर तिरेको पैसा फिर्ता लिए ।

त्यो पसलमा पावरबल ज्याकपट अर्थात् चिट्ठा खुलेको रहेछ । ज्याकपटमा जित्नेले ३०६ मिलियन डलर जित्ने उल्लेख थियो । त्यसपछि उनले उक्त लट्रीको टिकट खरीद गरे र घर आए ।

चिट्ठा खरीद गरेको भएपनि उनलाई चिट्ठा पर्छ भन्ने कुनै आशा थिएन । अर्को दिन उनी आफ्नो गाडी धुनका लागि सोही स्टोरको बाटो हुँदै ग्यारेजतर्फ गैरहेका थिए । तर पसल अगाडि पुग्ने बित्तिके उनले हिजो खरीद गरेको चिट्ठाको नतिजा चेक गर्ने हेक्का आयो । त्यसपछि उनले आफ्नो टिकट त्यहाँ रहेको मेसिनमा स्क्यान गरे ।

उक्त मेसिनमा टिकट स्क्यान गर्दा सो टिकट बिक्रेतालाई देखाउनु भन्ने सन्देश प्राप्त भयो । उनलाई लाग्यो कि मेसिनमा गडबडी भएकाले त्यो भनियो । उनले सोही सोँचेर उक्त टिकट पसलेलाई दिए । जब पसलेले उक्त टिकट चेक गरे, तब होसहबास नै उड्यो । किनकि तैयबलाई भाग्य चिठ्ठा परेको थियो र उनले ३१ करोड ५३ लाख डलरको चिट्ठा जितेका थिए । यो सुनेपछि उनको खुसीको सिमाना रहेन ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

अचम्मको संसार बाट अन्य

गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र छिर्यो आइब्रो पेन्सिल

थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ । अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि...

अनौठा सात ‘सेक्स’ प्रथा, जसले बनाउँछ तपाईलाई अचम्मित

हामीमध्ये धेरैजसो वर्तमान समयको ‘सेक्स ट्रेन्ड्स’ अर्थात् यौन प्रथाबारे जानकार छौं होला । तर धेरैलाई थाहा नहोला, सेक्सको अनौठो प्रथा शताब्दीऔं पहिलेदेखि थियो । जान्नुहोस्, ती ७ अनौठो प्रथाबारे । १) लिपिस्टक र ओरल सेक्स...

बन्यो स्यानिटरी प्याडबाट वातावरणलाई जोगाउने मेसिन

रजश्वला भएका महिलाले आफ्नो स्वास्थ्य जोगाउन स्यानिटरी प्याड प्रयोग गर्दछन् । तर प्रयोग गरी फ्याँकिएको स्यानिटरी प्याड नकुहिने फोहोर भएको हुँदा यसको व्यवस्थापन निकै चुनौतिपूर्ण हुँदै गएको छ । किनकी नकुहिने फोहोर जम्मा हुँदै...

२ करोड ३३ लाखमा बिक्यो दुनियाँकै महंगो ब्याग

एउटा ब्यागको मूल्य कतिसम्म पर्ला ? बेलायतमा एउटा मामुली ब्याग २ करोड ३३ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ । लण्डनमा आयोजित लिलामीका क्रममा १० वर्ष पुरानो हर्मेस बर्किन ब्राण्डको ब्याग २ लाख १७...

धेरै जनावरले यसरी बदल्दैछन् आफ्नो बानी !

एजेन्सी–एक नयाँ अध्ययनले सिंह, बाघ र भालुजस्ता जनावर मानिसका कारणले राति जाग्ने गरेको देखाएको छ । वैज्ञानिकहरुले धेरै पहिलेदखि नै मानवीय क्रियाकलापले प्रकृतिलाई असर पार्छ भन्ने पत्ता लगाएका हुन् । बढी सचेत रहने र खाना खोज्ने...

आमाको अन्तिम संस्कार गर्नेबेला कफिनले किचेर छोराको पनि मृत्यु

डेली मेल इन्डोनेसियामा एक व्यक्तिको आमाको अन्तिम संस्कार गरिरहेका बेला कफिनले किचेर मृत्यु भएको छ । डेली मेलका अनुसार घटना उत्तर तोराजा जिल्लामा रहेको पारिन्दिङ भ्यालीको हो । उक्त घटनामा ४० वर्षीय सामेन कोन्डोरुराको मृत्यु भएको...

अनौठो संस्कार: जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलै बस्नुपर्ने

हामी कहाँ कपाललाई महिलाहरुले सुन्दरताको एउटा महत्वपूर्ण मानक मान्छन् । लामो र सिल्की कपालले महिलाहरुको सुन्दरतामा चमक थप्दछ । तर यो दुनियामा यस्तो संस्कार पनि छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन् ।...

मेरो बुढाले कण्डम लगाउन नजान्दा ३३ बर्षको उमेर १४ सन्तानकी आमा बनेकी हु – पढ्नुहोस यी नारीको पिडा

गुल्मी । स्वास्थ्य सम्बन्धि चेतनाको अभावमा मुलुकका ग्रामीण क्षेत्रका महिलाहरु कतिसम्म पीडित छन भन्ने उदाहरण बनेकी छिन् गुल्मी छत्रकोटकी रिता नेपाली । परिवार नियोजन, गर्भ निरोधक औषधि र जन्मान्तरको फरकबारे जानकारी नपाउँदा उनी ३३...

दाजु बहिनीबिच भागेर बिहे, – परिवारले मान्यता नदिएपछि प्रहरीकै अघि आत्महत्या

प्युठान । हाडनाताभित्र पर्ने दाजु र बहिनीबिच प्रेम सम्बन्ध भयो । उनीहरुले भागेर बिहे गरे । परिवार र आफन्तले सम्बन्ध स्वीकारेनन् । उनीहरुलाई प्रहरीसँग सहयोग लिएर झिकाइयो । तर प्रहरीकै अघि दुवैले विष पिएर...

हराइरहेकी महिला अजिंगरको पेटभित्र भेटिइन् – हेर्नुहोस् (भिडियोसहित)

इन्डोनेसियाकी एक महिलालाई अजिंगरको पेटभित्र बाट निकालिएको छ । महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् । ५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत शुक्रबार २३ फुट लामो अजिंगरको पेट...