मन्त्रीलाई नेकपाकै सांसदको प्रश्न – तपाईलाई लाज लाग्दैन ?

३१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । नेकपाकै सांसद प्रेम आलेले त मन्त्रीहरुमाथि जमिनदारी गरेको आरोप समेत लगाएका छन् ।

विषयगत मन्त्रालयको छलफलका क्रममा सांसद आलेले खेलकुदमन्त्रीको आलोचना गरे । आफूले डोटीका लागि सुरुमा सात वटा आयोजना दिएको तर, मन्त्रीले नै भनेर २ मा झारेको सुनाए । तर, बजेटमा एउटा पनि नपरेको गुनासो पोखे ।

खेलकुदमन्त्रीलाई प्रश्न गर्दै भने, ‘डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने । आफ्नो जिल्ला कास्कीमा २४/२४ वटा योजना हाल्ने ? लाज लाग्दैन तपाईलाई ?’

आफ्नो टाउकोमा देखाउँदै उनले चेतावनीपूर्ण शैलीमा मन्त्रीलाई भने, ‘यस्तैयस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वाचित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’

धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउन योजना नआएको भन्दै उनले आक्रोस पोखे ।

विमानस्थल स्तरोन्नतीका लागि प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटन मन्त्रीलाई आग्रह गरेको र सबैले हुन्छ भनेको तर एक कानले सुन्ने अर्कोले उडाउने गरेको उनको आरोप छ । कर्णालीमा परेको ५७ मध्ये ४४ वटा योजना डोल्पामा मात्र लगिएको भन्दै उनले भने, कर्णालीको नाममा जमिनदारी भएको छ ।’

पदयात्राका नाममा कमिसन खाने खेल भएको दाबी गर्दै नेकपाका सांसद आलेले अघि भने, ‘पदयात्रा भनेको डोजर लगाएर बाटो बनाउने होइन । पदयात्रा भनेको उसै कर्मचारीले घिच्ने बजेट भएकाले तुरुन्त हटाउन माग गर्छु ।’

यसमा तपाइको मत

समाचार बाट अन्य

गुन्डागर्दीमा संलग्न लामा (उर्फ भाले) पक्राउ

काठमाडौं । गुन्डा दिनेश लामा (उर्फ भाले)लाई प्रहरीले पक्राउ गरेको छ । लामा काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएको जनाइएको छ । ठमेलका व्यवसायीलाई धम्की दिने उनलाई उजुरीको आधारमा पक्राउ गरिएको बताइएको...

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने- प्रधानमन्त्री अाेली

बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा...

कुल भाडामध्ये निर्धारित घरबहाल कर कटाएर बाँकी रकम घरबेटीलाई तिर्नु पर्ने कानुन !

काठमाडौं ।तपाई कुनै घरको कोठा, फ्ल्याट या घर नै भाडा लिएर बसिरहनु भएको छ ? तपाईले तिरेको कुल घर भाडामध्ये स्थानीय तहद्वारा निर्धारण गरिएको घरबहाल कर तिरे नतिरेको थाहा छ तपाईँलाई र या शंका...

स्थानिय तहमा राणा शासनको झझल्कोः सावाँ भन्दा व्याज बढी ? – दलियो कालो मोसो !

गुल्मी । गणतन्त्रको उदयपछि लोकतन्त्र संस्थागत गरिदैछ र गाउँ गाउँमा सिंहदरबार आयो भनिदैछ । ती गाउँ गाउँ सिंहदरबारहरुले राणाकालिन न्याय–निसाफको झल्को दिने गरेको हामीलाई प्राप्त समाचारले स्पष्ट पारेको छ । त्यही राणाकालिन शासनकालको झल्को...

विदेशबाट फर्केपछि श्रीमतीमाथि शंका : छोरी र पत्नीले बाँधेर शरीरमा नुन खुर्सानी दले !

काठमाडौँ । वैदेशिक रोजगारी सकेर कतारबाट फर्किएका सप्तरीको खड्क नगरपालिका–३ गरुराहका सत्यनारायण रामलाई श्रीमती र छोरीले चरम यातना दिएका छन् । सोमबार कतारबाट फर्किएका सत्यनारायणले आफू विदेशमा रहँदा श्रीमती पर–पुरुषसँग लागेको आशंका गरेपछि श्रीमती र...

केपी ओलीले दलाई लामालाई नेपाल बोलाउनुको कारण के ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रि तिब्बत अभियन्ता धर्म गुरु दलाई लामालाई नेपालमा स्वागतको तयारी गरेका छन्। यद्यपी लामा कहिले आउने भन्ने खुलेको छैन्। उनी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आउने...

प्रचण्ड सिंगापुर उड्दा पूर्वएमालेहरुको सातो गयो – पार्टी फुट्नेदेखि सरकार ढल्नेसम्मको खतरा

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टीका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएको विषयलाई लिएर नेपाली राजनीतिमा अर्कै बहस हुन थालेको छ । बेलाबेला उपचारको बहाना बनाएर सिंगापुर, बैंकक जाने गरेका प्रचण्डको यस पटकको भ्रमणलाई...

अर्काकी पत्नी, अर्काकी प्रेमिका : मध्यारातमा काठमाडौं मै यसरि चल्छ यौन मस्ती ,तपाई हाम्रो श्रीमती नि हुन् सक्छन,एक पटक पढ्नुहोस

निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् । कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो ।...

आज सम्म ओली सरकारले जनतालाई रेलको सपना देखाएर झुक्काएर अँधेरोमा राखेको खुलाशा,नेता महतले गरे सनसनीपूर्ण खुलाशा,पढ्नुहोस

असार,७/ प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन् । ओलीको चीन भ्रमण सफल भएको भ्रमणदलमा सहभागिहरुले दाबी गरेका छन् । तर प्रतिपक्षी दलले यो भ्रमणलाई कसरी लिएको छ त ? नेपाली कांग्रेसका नेता डा. रामशरण...

एका बिहानै पत्रकार रबि लामिछानेले दिए यस्तो कडा चेतावनी,यदि मैले गलत गरेको छु भने पनि ३० बर्ष जेल बस्न तयार छु तर करोडौ जनताको साथ् छ

देशको सान पत्रकार रवि लामिछाने ले फेसबुक लाइभमा आयेर भनेका छन , उनी कुनै गलत काम गरेका छैनन र गलत काम नगरेपछि किन डराउने? उनले अमेरिकाको नागरिकता बिधिपुर्बक टोडेको र केही व्यक्तिगत कारणबस अमेरिका बस्न...