रक्तदान गर्दा केही हानी हुन्छ ? यस्तो छ भ्रम र सत्य – जानिराखौ

हामीले सुन्ने गरेका छौं, रक्तदान जीवनदान । रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले जीवन पाउँछ । हामीलाई थाहा भएको यत्ति हो । यद्यपि हामीले रक्तदान कस्तो अवस्थामा गर्न सक्छौं, रक्तदान गरेपछि हाम्रो शरीरलाई फाइदा/बेफाइदा के हुन्छ, हामीले गरेको रगत कहाँ, कसरी प्रयोग हुन्छ ? यावत् जिज्ञासा मेट्नका लागि अनलाइनखबरले यो सामाग्री पेश गरेको छ ।

रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । सामान्यतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन ।

किनकी एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिन भित्र उक्त रगत स्वत नष्ट हुने गर्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो छिटो रगतको उत्पादन हुने गर्दछ ।

जब शरीरमा रगतको कमी हुन्छ, तब शरीरमा रातो रक्तकोषिका कम हुन्छ तसर्थ शरीरले त्यसको परिपूर्ति गर्नु आवश्यक ठान्छ । मिर्गौलामा भएका विशेष प्रकारका कोषिका (पेरीटुबुलर कोषिका) ले रगतमा अक्सिजनको अभाव महसुस गरेर एरिरोपोपेटिन नामक प्रोटिन निकाल्छ जुन रक्तमाध्यमबाट मज्जा (बोनम्यारो) सम्म पुग्छ ।

त्यसपछि मज्जाले स्टेम कोषिका निर्माण गरी विभिन्न प्रकारका कोषिका निर्माण गर्छ र एरिरोपोपेटिनले स्टेम कोषिकालाई अन्य कोषिका भन्दा अझ बढी रक्त कोषिका निर्माण गर्न लगाउँछ । यसरी शरीरमा उत्पादन हुने रगत विभिन्न ए, बी, एबी, ओ लगायतका रक्तसमूहमा विभाजित हुने गर्दछ । कुनै पनि व्यक्तिले रगत दान गर्दा उनीहरुको रक्तसमूह अनुसार त्यसको वर्गीकरण गरिन्छ ।

रक्तसमूह जे जस्तो भएपनि रक्तदान गर्नु पूर्व रक्तदाताहरुले भने केही कुराहरुमा ध्यान दिन आवश्यक छ ।

रक्तदान गर्नु अघि ध्यान दिनु पर्ने कुरा

रक्तदान गर्नु पुर्व विभिन्न कुराहरुमा ध्यान दिन जरुरी छ । जुन यस प्रकार छ –

सात्विक भोजन गर्ने,
कसैको बारेमा नराम्रो नसोच्ने (सात्विक मन गर्ने)
तनावमा नरहने
रिल्याक्स भएर बस्ने
रक्त दान गर्नु २४ घण्टा अगाडि तथा रक्तदान गरेको २४ घण्टासम्म धुमपान तथा मदिरापान नगर्ने
धेरै बेर नउभिने, आराम गर्ने
चिनी मिसाएको झोलिलो पदार्थको सेवन अत्यधिक मात्रामा गर्ने
प्रशस्त मात्रामा जीवनजलको सेवन गर्ने
दही तथा बेसार मिसाएको खानेकुराको सेवन गर्ने
रक्तदान गरेपछि के नगर्ने ?

धेरै मानिसहरुलाई रक्तदान गरेको केही समयमै कमजोरी महसुस हुने गर्छ । जबकी रक्तदान गर्दैमा कमजोरी महसुस भने हुँदैन । किनकी जब रक्तदान गरिन्छ, रक्तदान गरेलगत्तै शरीरमा हेमोग्लोबिनको मात्रा कम हुने गर्छ । शरीरमा हेमोग्लोबिनको मात्रा कम हुनासाथ शरीरमा अक्सिजनको मात्रा स्वतः कम हुने गर्छ । र, मानिसलाई रिङ्गटा लागेजस्तो, झम्म भएजस्तो हुने गर्छ । जुन क्षणिक हो ।

त्यसैले रक्तदान गरेलगत्तै व्यक्तिलाई जरुक्क नउठ्न सल्लाह दिने गरिन्छ ।

त्यस्तै, प्रशस्त मात्रामा फलफूलको जुस, जीवनजल लगायतका झोलिलो पदार्थ सेवन गर्न तथा रक्तदान गरेको कम्तीमा १५ देखि २० मिनेटसम्म आराम गर्ने सल्लाह दिने गरिन्छ ।

रक्तदान गर्ने व्यक्तिलाई किन हुन्छ कमजोरी महसुस ?

जब व्यक्तिले रक्तदान गर्छ, तब व्यक्तिको मिर्गौलामा रहेको पेरीट्युबुलर सेलले शरीरमा अक्सिजन कम भएको महसुस गर्न थाल्छ । जसका कारण मिर्गौलाले एरिथ्रोपेटिन नामको प्रोटिन सेक्रेट गर्न थाल्छ । उक्त प्रोटिन रगतमार्फत बोनम्यारोसम्म पुग्छ । र बोनम्यारोले तुरुन्तै रातो रक्तकोषिका निर्माण गर्न सुरु गर्न थाल्छ ।

एउटा बोनम्यारोले एक सेकेन्डमा एकदेखि दुई मिलियन रातो रक्तकोषिका निर्माण गर्ने हुँदा रक्तदान गरेको २४ घण्टाभित्रै एउटा व्यक्तिको शरीरमा पुन: निर्माण भैसक्छ । र, व्यक्ति पुरानै अवस्थामा फर्किसकेको हुन्छ ।

रक्तदान गर्नुपूर्व वा गरेपछि के खाने ?

सागसब्जी बढी खाने
आइरन पाइने खानेकुरामा बढी जोड दिने
भिटामिन बी १२ युक्त खानेकुराको सेवन गर्ने
अनार रगतको राम्रो स्रोत भएकाले बढीभन्दा बढी अनारको सेवन गर्ने
अमला लगायतका भिटामिन सी युक्त खानेकुरा बढी खाने
आयुर्वेदमा आधारित रक्तवर्धक औषधीको सेवन गर्नु राम्रो मानिन्छ ।
कस्तो अवस्थामा रक्तदान गर्नु हुँदैन ?

एक पटक रक्तदान गरेपछि तीन महिना नहुञ्जेल फेरि रगत दिनु हुँदैन । १८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाहरुमा महिनावारी भएमा, गर्भवती भएमा, व्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने , चक्कर हुने वा बेहाेस हुने समस्या भएमा पनि रगत दान गर्नु हुँदैन ।

यसैगरी उच्च रक्तचाप, मधुमेह लगायतको दीर्घकालीन रोग भएमा कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण भएमा, टाइफाइड, जण्डिस, सामान्य ज्वरो लगायतको संक्रमण भएमा, कुनै कारणले एन्टीबायोटिक्सको सेवन गरेमा, मुटुको भल्भको शल्यक्रिया गरेमा, व्यक्तिको तौल ४५ केजीभन्दा माथि छ तर पनि रगत चाप घटबढ भएमा, धुमपान तथा मदिरापान गरेमा पनि कम्तीमा २४ घण्टा रक्तदान नगर्न सल्लाह दिइने गरिन्छ ।

त्यस्तै, हेभी एक्सरसाइज गर्नेलाई पनि एक्सरसाइज गरेको कम्तीमा १-२ घण्टासम्म रक्तदान नगर्न सल्लाह दिने गरिन्छ ।

(डा. शंकर गौतम, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका सदस्य एवं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मुस्ताङ्गमा आयुर्वेद चिकित्सकको रुपमा कार्यरत छन् ।)
source – onlinekhabar

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका(८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको...

नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक...

सीपी मैनालीले भने फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन, वामदेव गौतमसँग मिल्नु भूल भयो

सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा...

पूर्व राजदुत झाको हत्या, टाउकोमा तीन, घाँटीमा दुई चोट भेटियो, यस्तो रहेछ भित्रि रहस्य

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या...

देशभरका चिया उद्योग बन्द गर्ने उत्पादक सघको सरकारलाई चेतावनी, अरर्बौँको लगानी डुब्ने, यसरी हुने भो मजदुरको बेहाल

नेपालका चिया उत्पादकले सरकारलाई ताला चावी बुझाउने चेतावनी दिएका छन् । चिया उत्पादकले सरकारले ल्याएको श्रम ऐनले चिया क्षेत्र सञ्चालन गर्न नसक्ने भन्दै ताला चावी बुझाउने चेतावनी दिएका हुन् । नेपाल चिया उत्पादक संघले...

थमन विक हत्या प्रकरण – नेता र मन्त्री तारेखमा, सामान्य कार्यकर्ता जेलमा

काठमाडौं– कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन्। पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन। पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारण मिचिन गई अन्याय हुने कानुनी मान्यता छ। तर जिल्ला अदालत महोत्तरीले कर्तव्य...

माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी

काठमाडौं– नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्। कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले...

सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ – विश्वप्रकाश शर्मा

-विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार...

मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? – यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा

काठमाडौं । तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी...

कम्युनिष्ट सरकारले जनताको ढाड सेकिनेगरी, यी दैनिक उपभोग्य सामानमा मुल्य बढाउँदै, नेता तथा कार्यकर्तालार्इ दियो यस्तो कडा निर्देशन

काठमाडौँ । दुई तिहाइ बहुमतको दम्भमा वाम सरकारले सर्वसाधारण जनताको ढाड सेकिने गरी दैनिक उपभोग्य सामानमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर एक सय ११ रुपैयाँ...