विश्वकप फुटबल आजबाट, कस्तो रहला रुस र साउदी अरबको उदघाटन खेल ?

३१ जेठ, काठमाडौं । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुने छ । यसको अलावा जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ ।

उदघाटन समारोहमा ब्राजिलियन फुटबलर पेले स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएका छन् तर रोनाल्डोलाई भने देख्न सकिने छ ।

विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।

विश्वकपको प्रतिस्पर्धामा ३२ टिम सहभागी हुनेछन् । यी टिमलाई आठ समूहमा बिभाजन गरिएको छ । एउटा समूहमा चार–चार राष्ट्र छन् । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् ।

आइसल्याण्ड र पनामाले रुस विश्वकपबाट डेब्यू गर्दैछन् ।

रुस विश्वकपबाट पहिलोपटक भिडियो रेफरल प्रणाली प्रयोगमा ल्याइँदैछ ।

कस्तो होला रुस र साउदी अरबको प्रदर्शन ?

विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो ।

रुस १९६६ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यसपछि रुसको प्रदर्शन लगातार खस्किँदै गयो । सन् २००६, २०१० मा रुस विश्वकपमा छनौट नै हुन सकेन । सन् २०१४ मा ग्रुप स्टेजबाट बाहिरिएको थियो । रुसले सन् २००२ मा विश्वकपमा एउटा पनि खेल जितेको थिएन ।

साउदी अरबले सन् २०१० र २०१४ मा विश्वकपमा स्थान बनाएको थियो । साउदी अरबको राम्रो प्रदर्शन १९९४ मा थियो । त्यतिबेला साउदी अरब प्रिक्वाटर फाइनलसम्म पुगेको थियो । तर सन् १९९८ देखि साउदी अरबले विश्वकपमा एउटा पनि म्याच जित्न सकेको छैन ।

यसमा तपाइको मत

खेलकूद बाट अन्य

मेस्सीले गोल हानेको हेर्ने इच्छा अधुरै ,३ महिना अघि बिहे गरेकि २३ बर्षिय अनुपाको यस कारण भयो मृत्यु !

मंगलवार बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रको संचार जगत स्तब्ध छ । सो क्षेत्रको पत्रकारहरु माझ निकै लोकपृय तथा पत्रकारीतामा भविष्य बनाउँदै गरेकी एक युवतीको अस्वभाविक मृत्यु भयो नेपालगन्जको बागेश्वरी टेलिभिजन र बागेश्वरी एफ एममा...

अब बिरालोसँगै जापानी सुँगाले पनि गर्ने विश्वकपको भविष्यवाणी

टोकियो । रसियामा जारी विश्वकप फुटबलमा आज एसियाली राष्ट्र जापानले कोलम्बियाको सामना गर्नेछ । तर भविष्यवाणि गर्ने भनिएको सुँगाले आज जापान पराजित हुने भविष्यवाणि गरेको छ । जापानको राजधानी टोकियोको उत्तर टोचिगीमा बस्ने यो सुँगा...

मोरक्कोलाई हराएपछि इरानी समाजिक सञ्जालमा “नाइकी : वी जस्ट डीड इट वीथआउट यु” भाइरल

एजेन्सी । अमेरिकी जुत्ता निर्माण कम्पनी नाइकीले रसियामा भइरहेको विश्वकपमा समाबेश इरानी टिमका फुटबल खेलाडीहरुलाई आफ्नो खेल सामाग्री उपलब्ध गराएन । यसको कारण उल्लेख गर्दै कम्पनीले जारी गरेको एक वक्तव्यमा आफूहरु अमेरिकी कम्पनी भएको नाताले...

२०१४ को बदला लिन तयार नेयमार

काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार जेआरको अनुपस्थितिमा अघिल्लो विश्वकपको सेमिफाइनमा ब्राजिलले फराकिलो अन्तरको हारको सामना गर्न पुग्यो । यो नतिजाले ब्राजिलका समर्थकहरुलाई स्तब्ध बनाउन पुग्यो । त्यतिबेला ह्वीलचेयरमा बसेका नेयमारले खेल पूरा हुँदै टेलिभिजन बन्द...

जोस गिमेनेजको गोलले , इजिप्टमाथि उरुग्वेको जित

एजेन्सी । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत भएको खेलमा उरुग्वेले जित हात पारेको छ । इजिप्टमाथि उरुग्वेले १–० गोलको जित निकालेको हो । रसियाको इकान्टेरिनवर्ग एरिनामा (सेन्ट्रल स्टेडियम) मा उरुग्वेलाई जित दिलाउन जोस गिमेनेजले गोल...

मेस्सीका फ्यान नायक अनमोल के सी, भन्छन्–‘अर्जेन्टिनाले विश्वकप जित्नुपर्छ’

बिहिबारदेखि सुरु भएको ‘विश्वकप फुटबल २०१८’को रौनकले नेपालीलाई पनि छोएको छ । आ–आफ्नो टिमको जर्सी लगाएर शहरमा यूवायूवतीको हिडिरहेको देखिन्छ । विश्वकप फुटबलले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ । फुटबलको क्रेजले नायक अनमोल केसीलाई...

ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडी पत्नीको सुझाव

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी रुई प्याट्रिसिकोकी पत्नीले विश्वकपमा ठूला खेल अगाडि हस्तमैथुन गर्न खेलाडीहरुलाई सुझाव दिएकी छिन् । पोर्चुगलका गोलरक्षक प्याटि्रसियोकी पत्नी भेरा रिबेरिया सेक्स थेरापिस्ट हुन् । ठूला खेल अगाडि हस्तमैथुन गरेमा खेलाडीहरु...

पोर्चुगल र स्पेनबीच प्रतिष्पर्धा हुँदै, रोनाल्डो र इनिएष्टा चर्चामा : हेड टु हेडमा स्पेन अघि

एजेन्सी । विश्ववकप फुटबलअन्तर्गत समूह सि को खेलमा पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दैछन् । एक पटक विश्वकप विजेता स्पेन र उपाधि विहीन पोर्चुगलबीच यो विश्वकपमा आ–आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । रसियाको सोची...

फिफा विश्वकपमा आयोजक रसियाको शानदार विजयी शुरुवात, साउदी अरेबिया ५- ० ले पराजित

१ असार ,२०७५  काठमााडौं । उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु...

सेतो बिरालाेले गर्‍याे विश्वकपको भविष्यवाणी – भविष्यवाणीमा यो देशले जित्नेछ विश्वकप फुटबल

जेठ,३१/ अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे। अाज राति पौने ८:४५ बजे...