जनप्रतिनिधि–कर्मचारीबीच नै हानाहान – मर्यादाक्रम विवाद

जेठ,३१/ सरकारले केही समयअघि लागू गरेको मर्यादाक्रमका विषयमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद देखिएको छ । नगरपालिका, गाउँपालिका तथा प्रदेशका मन्त्रालय र निकायमा जनप्रतिनिधि र कर्मचारीबीच मर्यादाक्रममा विवाद बढेपछि सरकारले मर्यादाक्रम संशोधनको गृहकार्य थालेको हो ।

शेरबहादुुर देउवा नेतृत्वको तत्कालीन सरकारले अघिल्लो वर्षको २६ माघदेखि राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वको मर्यादाक्रम लागू गरेको थियो । सो मर्यादाक्रमले आफूहरूको अपमान गरेको जनप्रतिनिधिले गुुनासो गर्दै आएका छन् ।

केही दिनअघि दाङको घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत चक्रपाणी पाण्डेले उपमेयरभन्दा अगाडि आफू रहने भन्दै कार्यक्रममै विवाद गरेका थिए । सरकारले लागू गरेको मर्यादाक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृतका रूपमा रहने सहसचिव उपमेयरभन्दा माथि पर्छन् । यस्तै, अन्य कतिपय पदमा पनि जनप्रतिनिधिभन्दा कर्मचारी मर्यादाक्रममा माथि राखिएपछि समस्या हुँुदै आएको छ ।

मर्यादाक्रममा महानगरपालिकाका मेयरलाई प्रमुुख प्रशासकीय अधिकृतका रूपमा रहने सरकारको सचिवभन्दा पछि राखिएको छ । विश्वका प्रायः सबै देशमा महानगरपालिकाका मेयरलाई सचिवभन्दा माथि राखिने प्रचलन छ । नेपालमा भने त्यसको उल्टो भएकाले समस्या भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुुरेश अधिकारीले कर्मचारीभन्दा जनप्रतिनिधि नै मर्यादाक्रममा माथि रहने गरी मर्यादाक्रममा संशोधन आवश्यक रहेको बताए ।

मर्यादाक्रममा भएका गल्ती र समस्याबारे मन्त्रिपरिषद्मा छलफल थालिएको छ, छिट्ट संशोधन गरिनेछ ः लालबाबु पण्डित, संघीय मामिलामन्त्री

मर्यादाक्रममा प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशका उपसभामुुख, उच्च अदालतका न्यायधीश, प्रदेश लोकसेवा आयोगका अध्यक्षलगायतलाई समेत सचिवका रूपमा रहने कर्मचारीभन्दा तल राखिएको छ । यी सबै विषयमा संशोधन जरुरी रहेको संघीय मामिला मन्त्रालयका प्रवक्ता अधिकारीले बताए । अधिकारीका अनुुसार विभिन्न जिल्लाका जनप्रतिनिधिले मन्त्रालयमा आएर मर्यादाक्रममा आफूहरूलाई अन्याय गरिएको भन्दै गुुनासो गर्ने क्रम पछिल्लो दिनमा बढेको छ ।

अघिल्लो सरकारले हचुुवाका आधारमा मर्यादाक्रम निर्धारण गरेको भन्दै जनप्रतिनिधिले संघीय मामिलामन्त्री लालबाबुु पण्डितसँग गुुनासो गर्दै सच्याउन माग गर्ने गरेका छन् । संघीय मामिलामन्त्री पण्डितले मर्यादाक्रममा भएका त्रुटिबारे मन्त्रिपरिषद्मा छलफल थालिएको जानकारी दिए । ‘मर्यादाक्रममा भएका गल्ती र समस्याबारे मन्त्रिपरिषद्मा छलफल थालिएको छ, सम्भवतः छिट्टै संशोधन गरिनेछ’, मन्त्री पण्डितले भने ।अन्नपुर्णबाट

यसमा तपाइको मत

समाचार बाट अन्य

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका(८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको...

नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक...

सीपी मैनालीले भने फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन, वामदेव गौतमसँग मिल्नु भूल भयो

सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा...

पूर्व राजदुत झाको हत्या, टाउकोमा तीन, घाँटीमा दुई चोट भेटियो, यस्तो रहेछ भित्रि रहस्य

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या...

देशभरका चिया उद्योग बन्द गर्ने उत्पादक सघको सरकारलाई चेतावनी, अरर्बौँको लगानी डुब्ने, यसरी हुने भो मजदुरको बेहाल

नेपालका चिया उत्पादकले सरकारलाई ताला चावी बुझाउने चेतावनी दिएका छन् । चिया उत्पादकले सरकारले ल्याएको श्रम ऐनले चिया क्षेत्र सञ्चालन गर्न नसक्ने भन्दै ताला चावी बुझाउने चेतावनी दिएका हुन् । नेपाल चिया उत्पादक संघले...

विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् – गगन थापा

प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगन थापाले सरकारलाई विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्ने सुझाब दिएका छन् । सांसद थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा...

थमन विक हत्या प्रकरण – नेता र मन्त्री तारेखमा, सामान्य कार्यकर्ता जेलमा

काठमाडौं– कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन्। पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन। पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारण मिचिन गई अन्याय हुने कानुनी मान्यता छ। तर जिल्ला अदालत महोत्तरीले कर्तव्य...

माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी

काठमाडौं– नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्। कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले...

सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ – विश्वप्रकाश शर्मा

-विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार...

मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? – यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा

काठमाडौं । तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी...