होटलमा बस्न गएकी युवतीकाे शव रगताम्मे अवस्थामा, युवा ट्वाइलेटमा झुण्डिएकाे अवस्थामा !

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ ।
होटलको उक्त कोठामा भक्तपुर नगरपालिका दरबारस्क्वायर बस्ने ३० वर्षीय जीवनतोयना श्रेष्ठ र दोलखा बोच गाउँपालिका–८ बस्ने २२ वर्षीया मुन्नी तामाङको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए।

होटलमा मंगलबार दुवै सँगै बस्न गएका थिए । श्रेष्ठको कोठाको अट्याच्ड बाथरुमभित्रको नुहाउने सावरमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो भने मुन्नी तामाङको शव खाटमा रगताम्य अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान गर्ने क्रममा कोठाको खानतलासी गर्दा सिसाको टुक्रासमेत फेला परेकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ । मंगलबार हाेटलकाे कोठामा गएको मान्छे बुधबार दिउँसो २ बजेसम्म पनि बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले युवतीकाे हत्या गरेर युवकद्वारा अात्महत्या गरेकाे हुनसक्ने आशंकामा घटनाकाे अध्ययन तथा अनुसन्धान शुरु गरेको हाे ।

यसमा तपाइको मत

प्रमुख समाचार बाट अन्य

सरकारविरुद्ध कांग्रेसले देशब्यापी रुपमा सडक आन्दोलनको घोषणा

१ साउन, काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ ।मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध...

गोविन्द केसीको पक्षमा उभियो राजपा

१ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) पनि अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा उभिएको छ । अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला राजपाले उनको जीवन रक्षाका लागि भन्दै सरकारलाई लचकताका साथ...

देउवासँग नमिलेको स्पष्टीकरण ,पौडेल समूहले बोलायो भेला

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लागिरहेका बेला पौडेल आफैंले भेला बोलाएका हुन् । विहान ११ बजे...

ओली सरकारले हटाएकामध्ये पाँच जनाको मुद्दा सर्वोच्चमा सुनुवाइ हुने, के आउँला फैसाला

काठमाडौं– अघिल्लो सरकारले निर्वाचनको आचारसंहिता लागू भएको समयमा गरेका राजनीतिक नियुक्ति भन्दै केपी ओली सरकारले खारेज गरेपछि त्यसविरुद्ध सर्वोच्च पुगेकामध्ये पाँच जनाको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै छ। सुनुवाइको मौका समेत नदिई पदावधि कायमै रहेको...

डा. केसीले अफवाहकाे खण्डन गरेपछि झुक्याे सरकार, ‘खुला मञ्चमा वार्ताकाे अाह्वान’

काठमाडौं । १२ दिनदेखि चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीले वर्ताकाे लागि तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला विज्ञप्तिमार्फत खण्डन गरेपछि सरकार झुक्न बाध्य भएकाे छ। विज्ञप्तिमार्फत उक्त...

रजिस्ट्रारलाई कुटेको आरोपमा उपकुलपतिमाथि छानविन शुरु – चोरबाटो प्रयोग गरेर विदेश जाने खोजेको सरकारी आरोप

२८ असार, काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाटै पक्रेर बालुवाटारमा अपमानजनरुपमा थुनेको प्रकरण यतिबेला चर्चामा छ । यो प्रकरणले सरकारको चर्को आलोचना वौद्धिक समुदायले गरिरहेको छ । तर, उपकुलपति कोइरालासहित संस्कृत...

एकाबिहानै पाल्पाको भालेबासमा बस दुर्घटना

असार,२८/ पाल्पाको भालेभास नजिकै एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । बिहिवार बिहान पौने सात बजे दुर्घटनामा परेको बस सडकबाट १५ मिटर तल खोल्सामा खसेको छ । बुटवलबाट पोखराका लागि जादै गरेको लु १...

आतंकवादी होदाको भोली अदालतमा पेशी हुँदै, छुटाउन कसले रिझाउँदै छ अदालत र सरकारलाइ ?

बारा । कलैया निवासी समसुल होदा पाकिस्तानी आतंकवादी समूहसँग मिलेर भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी डेढ वर्षदेखि जिल्ला कारागार बारामा राखेर अनुसन्धान गरिरहेको छ । डेढ वर्षको अन्तरालमा अनुसन्धानकै दौरान प्रहरीले अदालतबाट...

स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी घाइते

असार २७/ ललितपुरको थसिखेलमा मंगलबार साँझ भएका सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। बा १ ख ९२५४ नम्बरको बसको ठक्करबाट बा ७५ प ५६४७ नम्बरको स्कुटर चालक ललितपुर बस्ने खोटाङकी ३८ बर्षीया सुनिता...

रोकिएन टिपर आतंक,राजधानीमै फेरि लियो टिपरले ज्यान अर्को ज्यान,पढ्नुहोस्

असार,२७/ राजधानीको जडिबुट्टीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय रोयल सुवेदी छन्। मंगलबार दिउँसो भक्तपुरबाट कोटेश्वर आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको टिपरले बा ८५...