अर्काकी पत्नी, अर्काकी प्रेमिका : मध्यारातमा काठमाडौं मै यसरि चल्छ यौन मस्ती ,तपाई हाम्रो श्रीमती नि हुन् सक्छन,एक पटक पढ्नुहोस

निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् । कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो । घरि–घरि शारिरीक सम्बन्ध पनि जोडियो । निर्मला अमेरिका पुगिन्, बिक्रम काठमाडौंमै आफ्नो पेशा व्यावसायमा व्यस्त छन् । उनीहरूको अहिलेको सम्बन्ध अपरिचित जस्तै छ । उनीहरूको सम्झौताको सम्बन्ध डिस्कोबाट सुरु भएको थियो ।

‘अफिसको काम अबेर सकिएपछि दरबारमार्गको क्लव छिर्ने गर्थें, उनी पनि त्यहाँ एक्लै बसेको देखेपछि डान्सका लागि अफर गरें । केही घुट्की पियौं त्यसपछि परिचय बढ्यो’, बिक्रम विगत कोट्याउँछन्,‘एउटा सम्झौताको सम्बन्धमा केही समय रमाइलो गरौं भन्ने सल्लाह भयो । र, हामी अफेयरमा थियौं ।’

निर्मलाका पति अमेरिकामा थिए, बिक्रमकी पत्नी गृह सहरमा बैंकर थिइन् । यो सम्बन्धको सीमा सबै कसीसम्म पुग्यो । अहिले दुवैबीच सम्बन्ध छैन । यो सम्बन्ध अस्थायी नै थियो । बिक्रमले यस्तो प्रकारको अस्थायी सम्बन्ध झन्डै ६ जना महिलासँग राखिसकेका छन् । उनको सम्पर्कमा आएका महिलाका विषयमा भने जानकार छैनन् । खर्चालु स्वभावका उनी भन्छन्,‘ठाउँमा पुगेपछि त्यहिअनुसारको सम्बन्ध स्थापित हुन्छ । मन मिल्यो भने तन मिल्नलाई समय लाग्दो रहेनछ । कतिपयको त आवश्यकता मिल्यो भने फटाफट काम हुन्छ ।’

ठमेलको एउटा व्युटी पार्लर सञ्चालन गरेकी अस्मिता (नाम परिवर्तन)सँग वानेश्वरको एक होस्टेलमा बस्ने गुरु अधिकारी (नाम परिवर्तन)को भेट सामाजिक सञ्जालमा भएको थियो । उनीहरू क्लवमा भेट्ने योजना बन्यो । ठमेलको एउटा क्लवमा राम्रो चिनजान भएपछि अस्मिताले नै सम्बन्धमा रहनका लागि गुरुलाई प्रस्ताव गरिन् । आफ्ना पति अस्ट्रेलियामा रहेको र ६ महिनामा फर्किने बताउँदै गुरुसँग त्यसबेलासम्मको सम्बन्ध कायम राख्ने सहमति बनेको थियो । एक्लै बस्ने अस्मिताको घरमै गुरुका धेरै समय बिते । अहिले दुवैको सम्पर्क छैन । गुरु भन्छन्,‘यस्तो पनि सम्बन्ध र प्रेम गाँसियो, ६ महिनासम्म माय पनि गरियो मस्ती पनि गरियो ।’

विवाह उत्तरका सम्बन्धको कमी छैन, सहरमा । यो एक जोडीको अस्थाई सम्बन्धको मात्र कथा हो । कतिपय नाम चलेका सेलिब्रिटीसँगै यस्तो सम्बन्ध राख्नेहरू पनि छन् । आवश्यकता र अवसरको यस्ता सम्बन्ध प्रायः कामकाजी पतिका बेगारी पत्नी र टाढा रहेकी पत्नीका अवसरवादी पतिबीच हुने गरेको देखिन्छ । ‘आफ्ना पतिसँग सन्तुष्ट नभएका, यातना पाउने गरेका महिलाले सहानुभुति, माया र सम्बन्ध चाहेका हुन्छन् । त्यस्ता महिलालाई प्रेम दिनु पनि राम्रो काम हो’, अभिमान खड्का (नाम परिवर्तन) भन्छन्,‘यस्तो सम्बन्ध ताकेर होइन, संयोगले नै बन्छन् ।’

विवाहपछिको फरक सम्बन्ध भन्दा केही भिन्न हुन्छ सम्झौताको सम्बन्ध । तत्कालिक आवश्यकताको एउटा समयसीमासम्म सम्बन्ध गाँस्ने र त्यसपछि कुनै सरोकार नराख्ने प्रवित्ति अहिले सहरमा व्याप्त हुन थालेको छ । यस्तो सम्बन्धले परिचय, प्रेम र अपराध कर्म पनि गराउने गरेका नेपालमा प्रशस्त उदाहरण छन् ।

यस्ता सम्बन्धहरूको बारेमा खुलाउने ठाउँ प्रहरीको अपराध शाखा पनि हो । एक अधिकारी भन्छन्,‘थोरै समयमा सम्बन्ध बनाएर सबै कारोबार गर्ने अनि ठगी भयो भनेर पनि उजुरी आउने गरेका छन् । बुझ्दै र खोज्दै जाँदा प्रेमीप्रेमिकासम्म भएको पाएका छौं ।’

छिटो रकम कमाएका, धनाड्य परिवारका छोराछोरी, अकुत सम्पत्ति कमाउनेहरू र युरोप अमेरिकामा आफ्ना जोडी भएका धेरै युवायुवतीको सम्बन्ध डिस्को लगायतका महँगा ठाउँमा बन्छन् । त्यहिँ एउटा सम्झौता हुन्छ र केही वर्ष, महिनाको अन्तरालमा टुट्छ । यस्तो सम्बन्धको खास उदाहरण त सुन तस्करीमा संलग्नता रहेका सनम शाक्यकै पनि बनेको प्रमाणित भइसकेको छ । जसको निशा सेन ठकुरीसँग अफेयर रहेको बनिसकेको बताइएको थियो ।

सुन काण्डकै मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको पनि रक्षा भण्डारीसँग सम्झौताको सम्बन्ध रहेको अनुसन्धानले खुलाइसकेको छ । छिटो पैसा कमाउने र खर्च गर्न सिपालुहरूका लागि अस्थायी सम्बन्ध साधारण बन्ने गरेको समाजशास्त्रीहरू बताउँछन् । यस्ता सम्बन्धमा निहीत स्वार्थ पनि हुन्छन् । तर, इमान्दार सम्झौता हुने गरेको पाइन्छ । यी देखिएका प्रतिनिधि पात्र मात्र हुन् । सम्झौताको सम्बन्धको मुख्य आधार लिभिङ टुगेदर पनि हो । जुन काठमाडौंमा व्याप्त भइसकेको छ । ‘यौन आशक्तिमा केन्द्रित रहेर यस्ता सम्बन्ध बढि से बढि कायम हुने गरेका छन् । युरोप अमेरिका तिर यस्ता सम्बन्धलाई सामान्य ठानिन्छ ।’

आर यम खबर बाट साभार

यसमा तपाइको मत

समाचार बाट अन्य

सरकारविरुद्ध कांग्रेसले देशब्यापी रुपमा सडक आन्दोलनको घोषणा

१ साउन, काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ ।मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध...

गोविन्द केसीको पक्षमा उभियो राजपा

१ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) पनि अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा उभिएको छ । अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला राजपाले उनको जीवन रक्षाका लागि भन्दै सरकारलाई लचकताका साथ...

देउवासँग नमिलेको स्पष्टीकरण ,पौडेल समूहले बोलायो भेला

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लागिरहेका बेला पौडेल आफैंले भेला बोलाएका हुन् । विहान ११ बजे...

बेइजिङमा नेपाल–चीन परामर्श बैठकः भयो यस्तो सहमति

काठमाडौँ– नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ...

सगरमाथाको पानी बेच्ने यस्तो छ मन्त्री विनाको तयारी

काठमाडौं । खानेपानी मन्त्रालयले सगरमाथाको पानी पिउन योग्य भएको भन्दै व्यवसायिक रुपमा बिक्रि बितरणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको छ । सगरमाथाको मुहानको पानी व्यवसायिक रुपमा बिक्रि बितरणको लागि छलफल भैरहेको मन्त्री विना मगरले जानकारी...

बाटोमै धान रोप्ने र डुँगा बनाएर मजाक उडाउन थालेपछि जागे प्रधानमन्त्री, मन्त्री र सचिवलाई बोलाएर दिए यस्तो निर्देशन

काठमाडौं । सडकको बेहाल अवस्थाका कारण सर्वसाधारणले सडकमै धान रोप्ने, कागजको डुंगा बनाएर मजाक उडाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली तातेका छन् । उनले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री...

महँगी नियन्त्रण गर्न प्रधानमन्त्री ओलीद्वारा कडा निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलहरुले आगामी आर्थिक बर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिएका छन् । हिजो राति अवेरसम्म सिंहरदरबारमा आयोजित आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्ययोजनाको प्रस्तुतीकरण...

ओली सरकारले हटाएकामध्ये पाँच जनाको मुद्दा सर्वोच्चमा सुनुवाइ हुने, के आउँला फैसाला

काठमाडौं– अघिल्लो सरकारले निर्वाचनको आचारसंहिता लागू भएको समयमा गरेका राजनीतिक नियुक्ति भन्दै केपी ओली सरकारले खारेज गरेपछि त्यसविरुद्ध सर्वोच्च पुगेकामध्ये पाँच जनाको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै छ। सुनुवाइको मौका समेत नदिई पदावधि कायमै रहेको...

ठुलाे पानी पर्ने संभावना बढ्दै, उच्च सतर्कता अपनाउन अनुराेध

काठमाडाैं । नेपाल बाढी सर्तकता केन्द्रले मध्यमपश्चिम क्षेत्रमा ठुलाे पानी पर्ने संभावना बढ्दै गइरहेकाे अनुमान गरेकाे छ। नेपाली आकाशमा ठूलो पानी पार्ने बादल तीब्र गतिमा फैंलदै गएकाेले केन्द्रले उक्त अनुमान गरेकाे हाे। मौसम पूर्वानुमान गर्ने...

मुटु काप्ने तथ्यांक सार्वजनिक,पर्वतमा सात बालबालिकासहित १०९ जना एचआइभी संक्रमित,कसरी लाग्यो यति धेरैलाई एचआईभी?

असार २८/ पर्वतमा १०९ जनामा एचआइभीको संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये सात जना बालबालिका रहेका छन्। संक्रमित बालबालिकामध्ये दुई जना पाँच वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतकी निमित्त कार्यालय प्रमुख सजीना महर्जनले जानकारी दिए। उनका...