स्थानिय तहमा राणा शासनको झझल्कोः सावाँ भन्दा व्याज बढी ? – दलियो कालो मोसो !

गुल्मी । गणतन्त्रको उदयपछि लोकतन्त्र संस्थागत गरिदैछ र गाउँ गाउँमा सिंहदरबार आयो भनिदैछ । ती गाउँ गाउँ सिंहदरबारहरुले राणाकालिन न्याय–निसाफको झल्को दिने गरेको हामीलाई प्राप्त समाचारले स्पष्ट पारेको छ । त्यही राणाकालिन शासनकालको झल्को दिएको छ, गुल्मीको छिमेकी जिल्ला बाग्लुङ्गको एक वडा कार्यालयमा भएको घटनाले ।

गल्कोट नगरपालिका वडा नम्वर ११ को वडा कार्यालयमा २०७४ फागुन २६ गते गरिएको कागज पत्रमा साविकको रिघा गाविस वडा नम्वर ४ की दिलमाया बिक विरुद्ध साविकको वडा नम्वर ५ निवासी खगी बिकले आफुलाई गाली बेईजति गरेको र त्यस विषयमा जनप्रतिनिधिहरुले बृहत छलफल गरेको उल्लेख छ ।

उनिहरु माईति चेलिका आफन्त थिए । दिलमाया बिक भाई वुहारी हुन भने खगी बिक नाताले अमाजु हुन् । माघ २८ गते आईतबार राति उनिहरुबीच भनाभन भएको विषयमा आरोप लागेपछि ७ दिन पछि दुवै पक्षलाई जुटाएर वडा कार्यालयमा मिलापत्र गराईएको थियो ।

सो मिलापत्रमा वडाध्यक्ष डम्वर बहादुर श्रीसको रोहवरमा सामुदायिक मेलमिलाप केन्द्रका सहजकर्ताहरु बसेर खगी बिक माथी लगाईएको आरोप सरासर गलत भएको र दिलमाया बिकले लगाएको आरोप झुुटो भएको ठहर गर्दै क्षमयाचना गराउँदै आगमी दिनमा यस्तो भनेको सुन्नमा आए यसै कागजले पटके कार्वाही गर्ने उल्लेख गरिएको छ ।

कागजमा मिठो भाषा, भित्रि रुपमा क्रुरता

माघ २८ गते भएको घटनामा ७ दिनपछि मिलापत्र भएको छ । फेरी त्यसको ७ दिन पछि खगी बिकले उनै भाई बुहारी विरुद्ध लेनदेनको उजुरी गरे पनि दोश्रो मिलाप पत्रमा समेत त्यसै २६ गतेको मिति राख्दै एउटा यस्तो कागज गरिएको छ, जुन् कागज हेर्दा जनप्रतिनिधिहरुले जे गरे पनि हुँदो रहेछ भन्ने महशुस हुन्छ ।

दिलमायाका श्रीमान यमबहादुर बिक बैदेशिक रोजगारका लागि कतारमा रहेको बेला उनलाई गाउँको ठुलो हिस्सालाई उठाएर उनको घर घेर्न गईयो, दिलमाया भक्कानिदै भन्छिन्–‘मलाई केही पनि थाहा छैन, मलाई सप्पै आएर घर घेरे । मेरा छोरा छोरी पनि आत्तिए । धेरैका सामु केही लाग्दो रहेनछ । छोरा छोरीसहित म गएँ । वडा कार्यालय भित्र दिनभर राखेर अमाज्ु र उहाँका श्रीमान अमाज्ु दाईले हुक्नु हुके । सबैलाई एकाहो¥याई सकेका रहेछन् ।’

उनले थपिन्, ‘छोरा छोरी माथि हातपात भयो, मुखमा थुकियो । उहाँहरुले कालोमोसो लगाउँदै जुत्ताको माला लगाउँदै गाउँ घुमाउँछौ भने । त्यहाँ त्यसो गर्न हुँदैन भनेर मेरो पक्षमा बोलिदिने वडाध्यक्ष डम्मर रीमेवाजे र र मेरी सम्दीना मात्रै हुनुहुन्थ्यो । मैले के नै गल्ती गरेकी छु र ? भनेर भन्दा अमाजु दिदी र दाजु, उहाँका छोरा छोरीलेसमेत हातपात गर्न खोजे ।’

‘मलाई खुट्टा ढोगाउन लगाईयो, म बाहिर निस्कें, त्यही बेलामा अमाजु दाईले मलाई पछाडिबाट समात्नु भयो । त्यही बेलामा अमाजुले कालोमोसो दल्न सुरु गर्नु भयो । साँझ परिसकेको थियो । मैले कसैबाट गुहार पाईन । त्यहाँ वडा सदस्य रुपा बिक, डम्मर श्रीस पनि थिए । त्यस अघि मलाई तेरो श्रीमानले लगेको ऋण भन्दै कागजमा सईन (हस्ताक्षर) गर्न लगाए ।’
‘उहाँले ऋण लिएको भए उहाँ आएपछि हिसाब किताब गर्नुस् भन्दा पनि मेरो कुरा सुन्ने वडाध्यक्ष, रीमेवाजे बाहेक अरु कोही भएनन् । मलाई कालो मोसो दलेर पनि जुत्ताको माला लगाई दिन खोजेका थिए । त्यही बेलामा एक जनाले त्यो जुत्ताको माला थुतेर फाली दिए । मेरी छोरी र छोरालाई पनि कालो मोसो लगाउन खोजियो । म तिन दिनसम्म आँखा हेर्न सकिन । आत्मा हत्या गरेर मरौंकी जस्तो लाग्यो । म अहिले पनि रोएर बसेकी छु । मैले न्याय पाउन सकिन ।’

बिदेशमा रहेका उनका श्रीमान यमबहादुर बिकले पनि आफुलाई ठुलो तनाव भएको बताए । उनले भने –‘मैले दिदी भेनाबाट एक चोटी ४६ हजार अर्को चोटी बुटवल जाँदा ३ हजार लिएको सत्य हो । तर मेरो श्रीमतिलाई एक्लो पारेर दुई लाख भन्दा बढीको कागज गराएका छन् रे । कालोमोसो दले देखि श्रीमति रुँदै फोन गर्छि्रन । अर्काको देशमा छु । भनेको बेला आउन पनि नसकिने । वडाबाट न्याय नपाएपछि सञ्चार माध्यम गुहारेको हुँ ।’

पञ्चायत काल देखि समाज सेवा गर्दै आएका रिघाका रीमेवाजे अर्थात ७८ वर्षिय रीमबहादुर पुन भन्छन्–‘यत्रो वर्ष समाज सेवा गरियो । पञ्चायत कालमा पनि यस्तो कसै माथी द्ुब्र्यवहार भएन, मैले त राणाकालमा समेत यस्तो गरिएको सुनिन । म दिनैभर त्यस छलफलमा थिएँ । मैले भनेको थिएँ खाएको पैसा तिर्नै पर्छ तर उनका श्रीमानले लिएको ऋण उनी नआई हिसाब किताब गर्न हुन्न भनेकै हो । म साँझ पर्नै थाले पछि घर आएँ । कालोमोसो दल्ने भन्दै थिए मैले त्यसो गर्न हुँन्न भन्दै उठेर घर आएँ । पछि कालोमोसो दलेछन् । त्यो सुनेर म फेरी जाँदा रातपरेकोले मुहार देख्न सकिन तर उनको लुगामा कालोमोसो थियो । के गरम गर्नै नहुने काम गरे । उनी माथि साह्रै अन्याय भएको छ ।’

‘दलीत समुदायको तर्फबाट वडा सदस्य हुँदै जिल्ला समन्व्य समितिको सदस्य समेत रेहेकी रुपा बिकसँग सम्पर्क राख्दा दुवै पक्षलाई राखेर मेलमिलाप गरिएको बताईन् । दिलमायासँगै उनकी छोरीलाई समेत कालोमोसो दल्न खोज्दा बचाएकी सदस्य बिकले हिसाब किताब गर्ने बेलामा दुवै पक्ष राजी भएरै कागज गरिएको दाबी गरिन् ।’

गलकोट नगरपालिका उपमेयर रेनुका काउछाको ध्यानकृष्ट गराउँदा उनले यस विषयमा फेरी दुवै पक्षलाई राखेर छलफल गरिने बताईन् । उनले भनिन्– ‘त्यो परिवारले तपाई सञ्चारकर्मीलाई जस्तै मसँग गुनासो गर्दै आएका छन् र म पनि पुनः छलफल गरेर मेलमिलाप गराउने पक्षमा छु । छिट्टै यसवारे पहल गरिनेछ ।’

‘त्यस दिनको छलफलमा दिलमायालाई खगी बिक र उनका सबै परिवारले पटक पटक गालि गलौज गर्दा त्यस वडाका वडा सचिव कर्मप्रसाद गौतम भने दिलमायाका पक्षमा बोलेको थिए । उनले भनेका थिए तपाईहरु मात्रै बोलेको बेलै र जथाभावी धेरै गाली गलौज नगर्नुहोस् उनका बोल्ने मान्छे छैनन् भन्दैमा ।’

साँवा भन्दा ब्याज बढी

वडा कार्यालयका जिम्मेवार जनप्रतिनिधि र मेलमिलापकर्ताले गरेको कागजमा २३ वर्ष अघि देखिको ब्याज जोडिएको छ, सयकडा दुईका दरले । २०५१ सालमा ४ हजार ८ सय लिएको भन्दै २३ वर्षको ब्याज २६ हजार ४ सय ९६ बनाईएको छ । सोही सालमा फेरी ३ सय ८० को ब्याज १९ सय ३२ रुपैयाँ बनाईएको छ । २०६७ सालमा लिएको भनिएको १ हजार ५० रुपैयाँको ब्याज १६ सय ८० बनाईएको छ ।

अन्य सबै लेनदेन विवरण मध्ये कतिपयत कहिले काँही आवत जावत गर्दा पाहुँना हुन आउँदा काटेर खुवाईएका कुखरा र राजीखुशी दिईको घाँस र खरको समेत जोडेर नगदमा परिणत गरिएको छ । सबै जोडेर उनिहरुले दिलमायाबाट खगी बिकलाई साँवा १ लाख १४ हजार ७ सय ३० रुपैयाँ बनाएका छन् भने ब्याज १ लाख ८२ हजार ३ सय ६८ बनाएका छन् ।

साँवा ब्याज गरेर २ लाख ९७ हजार ९८ रुपैयाँ दिलमायाबाट असार मशान्त भित्र असुल्ने कबुलियत बनाईको छ । खगी बिकका श्रीमान श्याम बहादुर बिक भारतिय सेनाका अवकास प्राप्त ब्यक्ति भएकोले उक्त दिनको छलफलमा उनले भनेको कुरा सहभागी एक महिलाले सुनेको बताउँदै भनिन – ‘मलाई पैसाको मतलव छैन, यसलाई कालोमोसो दलेर जुत्ताको माला लगाउँदै गाउँ डुलाउन दिए पुग्छ ।’ यस बाट आर्थिक चलखेल भएको आशंका समेत दिलमायाका परिवारले गरेका छन् ।

वडाध्यक्ष श्रीस्सँग सम्पर्क राख्दा हिसाब किताबको जुन कागज गरिएको छ, त्यो आफुले नमानेर हस्ताक्षर समेत नगरेको बताए । ‘हिसाब किताबको कुरा उनका श्रीमान आएर मात्र गर्नुपर्छ भनेर म उठेको हुँ, त्यसैले मैले पनि त्यस कागजमा हस्ताक्षर गरिन र अरु जनप्रतिनिधिहरुले पनि नगरेका हुन् उनले भने–‘हिसाब किताबमा उनि माथी अन्याय भएको पाईए फेरी छलफल गरेर मिलाईनेछ वा उनिहरुलाई चित्ता नबुझे अदालतमा समेत जान सक्नेछन् ।’

उनले कालोमोसो दल्ने कुरा भित्र छलफलमा गरेका थिए तर मैलो त्यसो गर्न हुन्न भनेर रोकेर उनकी भाई बुहारी भएकोले खुट्टा ढोग्नसम्म लगाएको तर कुनै जनप्रतिनिधिले कालोमोसो दल्न उत्तेजित नपारेको दाबी गरे । कालोमोसो दल्ने खगी बिक र दिलमायालाई समात्ने उनका श्रीमान श्यामबहादुर बिकसँग सम्पर्क राख्दा उनले भने सही नसक्नु गालि गलौज गरेको र खुट्टा ढोग्न नमानेपछि कालोमोसो दलेको स्वीकार गरे ।

उनले आफुले दिएको पैसा उठाउन समेत गाह्रो परेको गुनासो गर्दै भने–‘जात्रै मुख छाडेपछि कालोमोसो दलेको हो । खगी बिकको पक्ष लिदै उनिहरुलाई उत्तेजित पार्न अगुवाई गरेको आरोप लगाईका शंकर पुन त्यस मेलमिलाप केन्द्रका सदस्य हुन् । उनि त्यसो गर्न नहुने पक्षका रीमेवाजेका छोरा पनि हुन् । यो विषयमा बुझ्नका लागी हामीले पटक पटक उनलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

यो समाचार तयार पार्ने क्रममा वडाअध्यक्षसहितका विभिन्न ब्यक्तिहरुलाई टोलिफोन सम्पर्क राखेपछि तत्काल उनै दिलमायालाई वडा कार्यालयमा बोलाएर फेरी थर्काउन थालेको समाचार प्राप्त भएको छ ।

यो समाचार तयार पार्दापार्दै उनकी छोरी धनी बिकले फोनमा रुँदै भनिन–‘सर फेरी आमालाइ्र्र वडामा बोलाएर झपार्न लाग्दै छन्, फेरी पनि केही गर्ने हुन् कि भनेर डर लाग्यो, हजुरहरु आई दिन प¥यो ।’

हाम्रो गोप्य श्रोतले दिएको जानकारी अनुसार वडाध्यक्ष डम्वर श्रीसले ती महिलालाई –‘ए तैले पत्रकारकहाँ कु्रा पुराउने ? अब तँ पुलिस कहाँ जान्छेस् भनेर तर्साउँँदै छन् । उनले अरु के के भनेर ती एक्ली महिलालाई तर्साए त ? तर्साउनुको कारण के हो ? यो विषयमा फलोअप जारी रहनेछ ।

source – news24nepal

यसमा तपाइको मत

समाचार बाट अन्य

सार्वजनिक हुँदै नोकिया एक्स फाइभ के–के छन् फिचर्स

नोकिया ब्राण्डको नयाँ स्मार्टफोन नोकिया एक्स फाइभ मंगलबार सार्वजनिक हुँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले जुलाई १७ मा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । यसअघि जुलाई ११ मा एक्स फाइभ...

सरकारविरुद्ध कांग्रेसले देशब्यापी रुपमा सडक आन्दोलनको घोषणा

१ साउन, काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ ।मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध...

गोविन्द केसीको पक्षमा उभियो राजपा

१ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) पनि अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा उभिएको छ । अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला राजपाले उनको जीवन रक्षाका लागि भन्दै सरकारलाई लचकताका साथ...

देउवासँग नमिलेको स्पष्टीकरण ,पौडेल समूहले बोलायो भेला

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लागिरहेका बेला पौडेल आफैंले भेला बोलाएका हुन् । विहान ११ बजे...

बेइजिङमा नेपाल–चीन परामर्श बैठकः भयो यस्तो सहमति

काठमाडौँ– नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ...

सगरमाथाको पानी बेच्ने यस्तो छ मन्त्री विनाको तयारी

काठमाडौं । खानेपानी मन्त्रालयले सगरमाथाको पानी पिउन योग्य भएको भन्दै व्यवसायिक रुपमा बिक्रि बितरणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको छ । सगरमाथाको मुहानको पानी व्यवसायिक रुपमा बिक्रि बितरणको लागि छलफल भैरहेको मन्त्री विना मगरले जानकारी...

बाटोमै धान रोप्ने र डुँगा बनाएर मजाक उडाउन थालेपछि जागे प्रधानमन्त्री, मन्त्री र सचिवलाई बोलाएर दिए यस्तो निर्देशन

काठमाडौं । सडकको बेहाल अवस्थाका कारण सर्वसाधारणले सडकमै धान रोप्ने, कागजको डुंगा बनाएर मजाक उडाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली तातेका छन् । उनले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री...

महँगी नियन्त्रण गर्न प्रधानमन्त्री ओलीद्वारा कडा निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलहरुले आगामी आर्थिक बर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिएका छन् । हिजो राति अवेरसम्म सिंहरदरबारमा आयोजित आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्ययोजनाको प्रस्तुतीकरण...

ओली सरकारले हटाएकामध्ये पाँच जनाको मुद्दा सर्वोच्चमा सुनुवाइ हुने, के आउँला फैसाला

काठमाडौं– अघिल्लो सरकारले निर्वाचनको आचारसंहिता लागू भएको समयमा गरेका राजनीतिक नियुक्ति भन्दै केपी ओली सरकारले खारेज गरेपछि त्यसविरुद्ध सर्वोच्च पुगेकामध्ये पाँच जनाको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै छ। सुनुवाइको मौका समेत नदिई पदावधि कायमै रहेको...

ठुलाे पानी पर्ने संभावना बढ्दै, उच्च सतर्कता अपनाउन अनुराेध

काठमाडाैं । नेपाल बाढी सर्तकता केन्द्रले मध्यमपश्चिम क्षेत्रमा ठुलाे पानी पर्ने संभावना बढ्दै गइरहेकाे अनुमान गरेकाे छ। नेपाली आकाशमा ठूलो पानी पार्ने बादल तीब्र गतिमा फैंलदै गएकाेले केन्द्रले उक्त अनुमान गरेकाे हाे। मौसम पूर्वानुमान गर्ने...