कांग्रेसको आरोपमा कुनै सत्यता छैन – प्रचण्ड

दश बर्षे जनयुद्धबाट शान्तिप्रक्रिया हुँदै दुई पटक सत्ता नेतृत्वमा रहेका दाहालले समाजवादउन्मुख आर्थिक सामाजिक विकासका आधारमा ‘समृद्ध नेपाल विकशित चितवन’ ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पुत्र प्रकाशको निधनपछि केही समय चुनाव प्रचारमा सुस्तता आए पनि शुक्रबारदेखि दाहालले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

चुनावी सभामै दाहालले चितवनलाई विकासको नमुना र एसियाकै समृद्ध सहरमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दाहालले चितवनको विकासका लागि सात वटा नगरपालिका एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने, पाँच वर्षभित्र ५० हजार रोजगारी सिर्जना गर्ने, भूमिहीन २० हजार सुकुम्बासीका लागि आधुनिक आवास गृह निर्माण गर्ने, राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग वा फ्लाई ओभरमध्ये एक निर्माण गर्ने, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

वाम गठबन्धनलाई लोकतन्त्रविरोधी र अधिनायकवादतर्फ उन्मुख भन्ने आरोप लगाइएको छ यो आरोपप्रति तपाईंको धारणा के छ ?
शान्तिप्रक्रियाको कट्टर हिमायती र संविधान निर्माण गरी कार्यान्वयनका लागि चुनावमा जाने पार्टी अधिनायकवादी शक्ति हुनै सक्दैन । शान्तिप्रक्रियाका दुई अनुयायीमध्ये एक म भएकोले अधिनायकवाद सोच्न पनि सक्दिनँ । कांग्रेसलगायत दक्षिणपन्थीको आरोपमा कुनै सत्यता छैन । त्यसैले मैले भनिसके एमाले र माओवादीको पार्टी एकीकरणको उद्देश्य राष्ट्र र जनताको आर्थिक समृद्धि नै हो ।


एमालेसँगको चुनावी गठबन्धन र लगत्तै हुने पार्टी एकताका लागि भएको भद्र सहमति कार्यान्वयन हुन्छ ?

हुन्छ । म र ओली दुवै नेता सहमतिमै कार्यकारी भूमिकामा जान्छौं । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता पद आपसी सहमतिमा बाँडफाँट हुनेछ । नेपालको राज्यसत्तामा वामपन्थीको एकमाना सरकार सात दशकदेखिको आम नेपालीको चाहना हो ।

छिमेकीप्रति एकीकृत पार्टीको रणनीति कस्तो हुनेछ ?
उत्तर स् आगामी दिनमा कुनै पनि छिमेकीको स्वार्थमा नेपालमा सत्ता स्वार्थका लागि विभाजन हुँदैन । चीन र भारतसँग सन्तुलित सम्बन्ध हुनेछ । नेपालले दुवै छिमेकीबाट कसरी फाइदा लिने भन्ने आधारमा विदेश नीति तय गरिनेछ ।

प्रतिनिधि र प्रदेशसभा भावी परिणामबारे केही बताइदिनु हुन्छ ?
स्पष्टै छ, वामपन्थी गठबन्धनको सानदार जित हुनेछ । आम जनता परिवर्तनपछिको राजनीतिक अस्थिरताबाट वाक्क भइसके । शान्ति, स्थायित्व र सुशासन आम जनताको मागका रूपमा आफूले हेरिरहेको हुँदा वामपन्थीको पक्षमा दुई तिहाइ मत हुने कुरामा आशंका नगरे हुन्छ । यो निर्वाचन परिवर्तनलाई संस्थागत गराउनु रहेको मेरो बुझाइ छ ।

तपाईंका ३० बुँदे चुनावी प्रतिबद्धता पूरा गर्ने आधार र प्रक्रिया के के हुन् ?
स्थानीयमा झैं प्रदेश र केन्द्रमा पनि स्पष्ट दुई तिहाइको मत, परिवर्तन अनकूलको राज्य संयन्त्रको सञ्चालन र ठूला परियोजनाको निरन्तरता नै हो । माओवादी र एमालेले आगामी केही दिनमा सञ्चालन गर्ने राज्य व्यवस्थाले चाँडोभन्दा चाँडो जनताबीच त्यसको सन्देश दिनेछन् ।

यसमा तपाइको मत

समाचार बाट अन्य

सरकारविरुद्ध कांग्रेसले देशब्यापी रुपमा सडक आन्दोलनको घोषणा

१ साउन, काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ ।मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध...

गोविन्द केसीको पक्षमा उभियो राजपा

१ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) पनि अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा उभिएको छ । अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला राजपाले उनको जीवन रक्षाका लागि भन्दै सरकारलाई लचकताका साथ...

देउवासँग नमिलेको स्पष्टीकरण ,पौडेल समूहले बोलायो भेला

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लागिरहेका बेला पौडेल आफैंले भेला बोलाएका हुन् । विहान ११ बजे...

बेइजिङमा नेपाल–चीन परामर्श बैठकः भयो यस्तो सहमति

काठमाडौँ– नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ...

सिटीईभीटीको भर्ना प्रक्रियामा अवरोध गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ –भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको...

सगरमाथाको पानी बेच्ने यस्तो छ मन्त्री विनाको तयारी

काठमाडौं । खानेपानी मन्त्रालयले सगरमाथाको पानी पिउन योग्य भएको भन्दै व्यवसायिक रुपमा बिक्रि बितरणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको छ । सगरमाथाको मुहानको पानी व्यवसायिक रुपमा बिक्रि बितरणको लागि छलफल भैरहेको मन्त्री विना मगरले जानकारी...

बाटोमै धान रोप्ने र डुँगा बनाएर मजाक उडाउन थालेपछि जागे प्रधानमन्त्री, मन्त्री र सचिवलाई बोलाएर दिए यस्तो निर्देशन

काठमाडौं । सडकको बेहाल अवस्थाका कारण सर्वसाधारणले सडकमै धान रोप्ने, कागजको डुंगा बनाएर मजाक उडाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली तातेका छन् । उनले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री...

महँगी नियन्त्रण गर्न प्रधानमन्त्री ओलीद्वारा कडा निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलहरुले आगामी आर्थिक बर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिएका छन् । हिजो राति अवेरसम्म सिंहरदरबारमा आयोजित आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्ययोजनाको प्रस्तुतीकरण...

ओली सरकारले हटाएकामध्ये पाँच जनाको मुद्दा सर्वोच्चमा सुनुवाइ हुने, के आउँला फैसाला

काठमाडौं– अघिल्लो सरकारले निर्वाचनको आचारसंहिता लागू भएको समयमा गरेका राजनीतिक नियुक्ति भन्दै केपी ओली सरकारले खारेज गरेपछि त्यसविरुद्ध सर्वोच्च पुगेकामध्ये पाँच जनाको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदै छ। सुनुवाइको मौका समेत नदिई पदावधि कायमै रहेको...

ओ हो ! नेकपासँग कति धेरै पैसा, नेकपा राजनीतिक पार्टी कि ‘कम्पनी’ ?

काठमाडौँ– तत्कालीन दुई ठूला दल एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधानको सुरुवातमै लेखिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गका जनता र राष्ट्रको राजनीतिक प्रतिनिधि संस्था...