नयाँ बन्दै गरेको ग्रहको पहिलो प्रमाणित तस्वीर सार्वजनिक

एजेन्सी । पहिले असम्भव ठानिएको ग्रहको जन्मको क्षणको तस्वीर खगोलशास्त्रीहरुले खिच्न सफल भएका छन् ।

लामो विश्लेषण पछि खगोलविद्हरुले यो तस्वीर जन्मदै गरेको ग्रहकै भएको प्रमाणित गरे पछि यो कुनै ग्रहको जन्मको पहिलो प्रमाणित तस्विर बनेको हो ।

यो अद्भुद तस्वीरमा भर्खर जन्मेको ग्रहलाई एक पानीको फोका उठ्दाको जस्तो प्रकाशको आकृतिमा देखिन्छ । धुलो र ग्यासले हुँदै यात्रारत यो ग्रह पीडीएस्७० नामक एक युवा तारा वरपर घुमिरहेको छ । यो तारा पृथ्वीबाट ३७० प्रकाश वर्ष टाढा रहेको छ ।

ग्रहको देब्रे र तस्वीरको केन्द्रमा रहेको कालो बृत्त भने ताराबाट आएको प्रकाशको फिल्टर गर्ने उपकरणको हो । यसले गर्दा प्रक्रियाको बाँकी हिस्सा देख्न सकिन्छ ।

स्फेर इन्स्ट्रुमेन्ट अफ युरोपियन साउदर्न अब्जरभेटरीको भेरी लार्ज टेलिस्कोप नामको विशाल दुरदर्शक यन्त्रबाट यस ग्रहको फोटो खिचिएको हो ।

यो ग्रह हाम्रो सौर्यमण्डलको युरेनसजस्तै ग्यासले बनेको, आफ्नो ताराबाट सूर्यबाट युरेनस रहेकै दुरीमा रहेको छ । साथै पिण्डमा भने यो ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिभन्दा केही ठूलो देखिन्छ । थप अध्ययनले

यसको वातावरण बादलले ढाकिएको र सतहको तापक्रम १००० डिग्री सेल्सियस भएको देखाएको छ ।

यो ग्रहले परिक्रमा गरिरहेको तारा ६० लाख वर्ष पुरानो भएकाले ग्रह झनै नयाँ भएको अनुमान गरिएको छ ।

खगोलविदहरुले भावी दिनमा ग्रहको विकासको बारेमा जानकारी लिनु अझ महत्वपूर्ण हुने बताएका छन् ।

“खगोलविदहरुले धेरै अवसरहरुमा खगोलीय घटनाको तस्विर देखाउन सक्दैनन् । त्यस्तो अवसरमा हामीले अधिकांश समय विश्लेषणमा भर पर्नु पर्ने हुन्छ । तर यो तस्वीर अस्वीकार गर्नै नसकिने प्रमाण हो । यो निक्कै उत्साहजनक छ । यसले हालको ग्रह निर्माणबारेमा हाम्रो सिद्धान्त ठीक भएको देखाएको छ,” डा. जोई लेनहर्डले भनिन् ।

उनी युनिभर्सिटी अफ ब्रिस्टोलमा ग्रह निर्माणको विशेषज्ञ प्राप्त कम्प्युटेशनल एस्टोफिजिसिस्ट हुन् ।

यसमा तपाइको मत

अचम्मको संसार बाट अन्य

यी हुन् ६० वटी श्रीमती भएका पुरुष

दुई श्रीमतीको पोई कुनो बसी रोई भन्ने उखानलाई मान्ने हो भने कुनै पनि पुरुषले एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्न कठीन छ । तर यो दुनियाँमा एकजना यस्ता मानिस छन् जसले एकदुई जना होइन पूरै ६०...

बच्चालाई दुध चुसाउने दुनियाँकै पहिलो पुरुष

गत जून २६ । अमेरिकाको विस्कन्सिनमा बस्ने एक परिवारको घरमा एक नयाँ पाहुना आउनेवाला थियो । अस्पतालको त्यो रात केवल आमाका लागि मात्र फरक थिएन, पिताको हकमा पनि यस्तो भयो कि जुन उनले सपनामा...

रोचक घटनाः श्रीमानको लिङ्ग सानो भएको भन्दै सम्बन्ध विच्छेद !

सुनसरी । समाजमा सम्वन्धका विच्छेदका अनेकन उदाहरण पाइन्छ । सम्वन्ध विच्छेद हुनुमा पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु प्रमुख कारकका रुपमा रहँदै आएका छन् । तर सुनसरीमा सम्वन्ध विच्छेदको फरक...

श्रीमतीले ‘मेस्सीभन्दा राेनाल्डाे राम्राे’ भनेपछि श्रीमानले गरे डिभाेर्स, १६ वर्षे दाम्पत्य टुट्याे

एजेन्सी । स्टार खेलाडी लियाेनल मेस्सी र क्रिस्टियानाे राेनाल्डाेका फ्यानहरूकाे क्रेज कतिसम्म छ भने मत बाझिँदा श्रीमान-श्रीमतीबीच नै डिभाेर्स भएकाे छ । रसियामा जारी विश्वकप फुटबलकाे नकअाउट चरणबाटै अर्जेन्टिना र पोर्चुगल बाहिरिसकेका छन् । तर...

दिनमा दुईपटक हराउने अनौठो सडक

के तपाइले हेर्दा हेर्दै गायब हुने सडक देख्नुभएको छ ? सुन्दा अचम्म लाग्छ तर फ्रान्समा एउटा यस्तो सडक छ, जुन एक दिनमा दुईपटक हराउँछ । फ्रान्सको मूख्य भूमिलाई नोइरमोटियर क्षेत्रसँग जोड्न पेसेज डु गोइसे नामक...

यौनसम्पर्क गरेर जीवन साथी रोज्ने परम्परा

कतिपय कुराहरू सुन्दै अनौठो लाग्छ । आ–आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनु पर्ने हुन्छ। यस्तै छ कम्बोडियाको सुन्दा आश्चर्य लाग्ने खालको परम्परा जहाँ छोरीलाई आफ्नो जीवनसाथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न...

फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने एक अनौठो रुख

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यलय जलविरेका रेञ्जर...

अचम्मको घटना सार्वजनिक,बाबुले जिन्स लगाउन नदिएको भन्दै आमासँग मिलेर छोरीहरुले गरे बाबुको हत्या,पढ्नुहोस्

असार,१९/ एक भारतीय प्रहरी अधिकारीको हत्याको आरोपमा उनकी पत्नीसहित चार जना छोरीहरु पक्राउ परेका छन् । रिपोर्टका अनुसार जिन्स पाइन्ट लगाउन नदिएको निहुँमा उनीहरुले भाडाका अपराधीहरुलाई हत्या गर्ने जिम्मा दिएका थिए । सब इन्सपेक्टर मेहरबान अलीको...

यस्तो ठाउँ, जहाँ बिहेअघि कुमारित्वको प्रमाणपत्र मागिन्छ

इरान एक कठोर इस्लामिक कानून भएको देश मानिन्छ । समाजमा कडा मुस्लिम परम्परा तथा कानून हावी छ । गत वर्ष देशमा यस्ता कतिपय परम्परामा परिवर्तनको कोसिस गरियो । तरपनि रुढीवादी सोँच आजपनि हावी छ ।...

अनौठो प्रेमः दाईको बिवाहकै दिन दोस्रो श्रीमती बनेर आईन बहिनी !

गुल्मी । केही दिन अघि विवाहको दोश्रो दिन बिहान रुपन्देहीको एक होटलमा मृत फेला परेका एक युवाको घटनालाई पछ्याउँदै जाँदा थप रहश्य फेला परेको छ । जेठ २४ गते राती बुटवलको एक होटलमा सुहागरातका...