सिटीईभीटीको भर्ना प्रक्रियामा अवरोध गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ –भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीका सिटिईभिटी संयोजक हर्कबहादुर बिकले विहीबार एक विज्ञप्ति जारी गरी शिक्षामन्त्री केही शैक्षिक माफियाको प्रभाव परेर शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शूल्क वृद्धिको षड्यन्त्र गरेको बताएका छन् ।
“भर्नाको मुखमा आएर ‘शूल्क निर्धारण तथा छात्रवृत्तीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा शूल्क बढाउने चलखेल गरेको छ । सिटिईभिटी अन्तरगतका शैक्षिक संस्था केही संचालक र माफियाको मिलेमतोमा शिक्षामन्त्रीले शूल्क बढाउने गरेको तयारीप्रति हाम्रो संगठन घोर आपत्ति व्यक्त गर्दछ” बिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजवाद उन्मुख भनिएको सरकारका शिक्षामन्त्रीले प्राविधिक शिक्षालाई जनताका छोरोछोरीको पहुँचबाट टाढा पुर्याउने गरी शूल्क वृद्धि गर्न लागेको षड्यन्त्र गरेको भन्दै फिर्ताको लागि माग गरेका छन् ।

प्राविधिक जनशक्ति तयार गर्न महत्वपूर्ण भूमिका हुँदाहुँदै सिटिईभिटी शैक्षिक दलाल र माफियाको चंगुलबाट बच्न नसकेको बताए । राज्य संचालकका कारण सिटिईभिटी केही व्यक्तिहरुको स्वार्थ पूरा गर्ने माध्यम बनेको बताउँदै संयोजक बिकले दलालीकरण र माफियाका कारण थिलोथिलो भएको बताएका छन् ।
जनताका छोराछोरीलाई प्राविधिक शिक्षाबाट टाढा गराउने षड्यन्त्रका साथ शूल्क वृद्धिको तयारीलाई फिर्ता नलिए संगठनले भर्ना प्रक्रिया र पठनपाठनलाई रोक्ने चेतावनी दिएका छन् ।

त्यसैगरी सिटिईभिटीले मापदण्ड पूरा नभएका केही शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिने तयारी गरेको बताउँदै संयोजक बिकले त्यसविरुद्ध पनि संघर्षमा जाने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

शिक्षा बाट अन्य

सरकारविरुद्ध कांग्रेसले देशब्यापी रुपमा सडक आन्दोलनको घोषणा

१ साउन, काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ ।मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलाप गरिरहेको भन्दै विरोध...

गोविन्द केसीको पक्षमा उभियो राजपा

१ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) पनि अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा उभिएको छ । अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला राजपाले उनको जीवन रक्षाका लागि भन्दै सरकारलाई लचकताका साथ...

देउवासँग नमिलेको स्पष्टीकरण ,पौडेल समूहले बोलायो भेला

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लागिरहेका बेला पौडेल आफैंले भेला बोलाएका हुन् । विहान ११ बजे...

सगरमाथाको पानी बेच्ने यस्तो छ मन्त्री विनाको तयारी

काठमाडौं । खानेपानी मन्त्रालयले सगरमाथाको पानी पिउन योग्य भएको भन्दै व्यवसायिक रुपमा बिक्रि बितरणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको छ । सगरमाथाको मुहानको पानी व्यवसायिक रुपमा बिक्रि बितरणको लागि छलफल भैरहेको मन्त्री विना मगरले जानकारी...

बाटोमै धान रोप्ने र डुँगा बनाएर मजाक उडाउन थालेपछि जागे प्रधानमन्त्री, मन्त्री र सचिवलाई बोलाएर दिए यस्तो निर्देशन

काठमाडौं । सडकको बेहाल अवस्थाका कारण सर्वसाधारणले सडकमै धान रोप्ने, कागजको डुंगा बनाएर मजाक उडाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली तातेका छन् । उनले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री...

ओ हो ! नेकपासँग कति धेरै पैसा, नेकपा राजनीतिक पार्टी कि ‘कम्पनी’ ?

काठमाडौँ– तत्कालीन दुई ठूला दल एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधानको सुरुवातमै लेखिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गका जनता र राष्ट्रको राजनीतिक प्रतिनिधि संस्था...

काँग्रेस गुटबन्दीका कारण ईतिहासमै कमजोर बन्दै:शेखर कोईराला

काठमाडौं– नेपाली काँग्रेसका नेता शेखर कोइरालाले मुलुक राणा र पञ्चायती युग भन्दा पनि निरंकुश बाटोमा अग्रासर भएको बताएका छन्। राजधानीमा मंगलबार बालकृष्ण दाहालद्धारा लिखित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तक बिमोचन कार्यक्रममा...

जनतासँग डरायो कम्युनिस्ट सरकार, सिंहदरबारमा सहज पहुँच नदिने

काठमाडौं – केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको हरेक गलत क्रियाकलाप र गतिविधिको पत्रकारहरूले समाचार प्रकाशित गरेपछि आत्तिएका गृहमन्त्री रामबहादुर थापाले अंकुश लगाउने गरेर नयाँ व्यवस्था गर्न लागेका छन् । पत्रकारहरूलाई सिंहदरबार र मन्त्रालयमा सहज पहुँच...

कांग्रेसको आरोपमा कुनै सत्यता छैन – प्रचण्ड

दश बर्षे जनयुद्धबाट शान्तिप्रक्रिया हुँदै दुई पटक सत्ता नेतृत्वमा रहेका दाहालले समाजवादउन्मुख आर्थिक सामाजिक विकासका आधारमा ‘समृद्ध नेपाल विकशित चितवन’ ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पुत्र प्रकाशको निधनपछि केही समय चुनाव प्रचारमा...

अखिल क्रान्तिकारीले गर्यो सारा नेपालीको मन जित्ने काम

असार,२८/अखिल क्रान्तिकारीले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अबिरल वर्षाका काण प्राकृतिक विपत्ती सृजना भएको भन्दै सबै नेता-कार्यकर्ताहरुलाई प्रभावित क्षेत्रमा परिचालन...