उत्कृष्ट दावेदारिका साथ स्याङ्जा परिवार “म्यादी रनिङ कप २०१८” मा भाग लिदै

बोम्जन गुरुङ, सउल दक्षिण काेरिया ।

नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर कोरियामै सर्वप्रथम भलिवल खेलको शुरुवात गरेको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाद्वारा आयोजित यस २०१८ सिजनको तेश्रो भलिवल प्रतियोगिता “म्याग्दी रनिङ कप २०१८” मा स्याङ्जा परिवारले दृढ संकल्पका साथ गौरवमय सहभागिता जनाउने भएको छ । यही आउँदो १५ जूलाई २०१८ सञ्चालन हुन गईरहेको सो प्रतियोगिता सउलस्थित गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टरमा हुने भएको छ । यो सिजनको तेश्रो प्रतियोगिताको उपाधि चुम्न साथै श्रृंखलाबद्व सफलताको सुनौलो इतिहास दोहोर्याउनका निमित्त स्याङ्जा परिवार भलिवल टिम तम्तयार छ ।

हामी सबैको माया र हौसलाले हाम्रो स्याङ्जा परिवारको टिम निश्चय नै उपाधि चुम्न सफल हुनेछ यसर्थ समग्र स्याङ्जाको शानसँगै हाम्रा स्याङ्जाली खेलाडीहरुको हौसलाको लागि खेलमैदानमा सबैको उत्साहजनक तथा महत्वपूर्ण उपस्थितिको निमित्त विनम्र आग्रह गर्दै स्याङ्जाली खेलाडीहरुलाई विजयको निमित्त अग्रिम अनेकौं शुभकामना छ । विश्वस्त छौं, विगतमा जस्तै सम्पूर्ण खेलप्रेमी महानुभावहरुले होस्टेमा हैसे गरेर समग्र स्याङ्जाको गरिमा अझै उचाईमा पुर्याउन सबैले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ ।

स्मरण रहोस्, यो सिजनको शुरुवाती प्रतियोगिता “प्रथम पुन समाज २०१८” को उपाधि विजेता (प्रथम) र दोश्रो प्रतियोगिता बाग्लुङ सम्पर्क समितिद्वारा आयोजित “छैटौं ढोरपाटन कप-२०१८” मा उपविजेता (द्वितीय) र आज ०८ जुलाई २०१८ मा ख्वाङ्जु नेपाली सामुदायिक समिति र ख्वाङ्जु नेपाली भलिवल टिम दक्षिण कोरियाद्वारा संयुक्त रुपमा आयोजित “ख्वाङ्जु नेपाली नकआउट भलिवल प्रतियोगिता २०१८” को उपाधि स्याङ्जा परिवारले चुमेको छ । यसरी स्याङ्जा परिवारले शृंखलाबद्व रुपमा उपाधि सुरक्षित पार्दै पुरस्कारमा कब्जा जमाउदै आइरहेको छ ।

“स्याङ्जा परिवार भलिवल टिम-२०१८”

खेल संयोजक – लेसन गुरुङ
स्याङ्जाली रेफ्री/एम्पायर – डिल्लु बिरकट्टा मगर
टिम क्याप्टेन – अमित राना

स्पाईकर – कुमार गुरुङ
स्पाईकर – सुजन गुरुङ
स्पाईकर – विक्रम कुँवर
स्पाईकर – सुमन नेपाली
स्पाईकर – उत्तम थापा मगर
स्पाईकर – देवेन्द्र न्यौपाने
लिफ्टर – विशाल थापा
लिफ्टर – राम गुरुङ
लिफ्टर – प्रकाश मास्की मगर

भलिवल प्रतियोगिता हुने मिति, समय र स्थान :

मिति : २०१८ जूलाई १५ तारिक आईतबार ।
समय : बिहान ९:०० बजेदेखि बेलुका ७:०० बजेसम्म ।
स्थान : गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान युथ सेन्टर (서울시 강북구 4.19 로 74)

कृपया, स्याङ्जा परिवारको टि-शर्ट लगाएर खेलमैदानमा स्याङ्जाली खेलाडीहरुलाई हौसला प्रदान गर्नुहुन/खेलको मनोरञ्जन लिनुहुन सम्पुर्ण स्याङ्जाली तथा खेलप्रेमी महानुभावहरुमा हार्दिक आग्रह गर्दछौं ।विज्ञप्तिमा भनिएको छ।

अन्ततः यो सिजनको पहिलो तेश्रो प्रतियोगिता आयोजना गर्ने म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियालाई कार्यक्रम सभ्य र भव्यताको साथ कार्यक्रम सफलताको शुभेच्छा सहित स्याङ्जा परिवारले हार्दिक शुभकामना व्यक्त गरेको छ ।

यसमा तपाइको मत

प्रवास बाट अन्य

म्याग्दी रनिङ कप २०१८” मा उपाधि सुरक्षित पार्दै स्याङ्जा परिवार शानदार विजयी

     बोम्जन गुरुङ, सउल ।१५ जूलाई २०१८ नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर कोरियामै सर्वप्रथम भलिवल खेलको शुरुवात गरेको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाद्वारा आयोजित यस २०१८ सिजनको तेश्रो भलिवल प्रतियोगिता “म्याग्दी रनिङ...

चेपुवामा अभिषेक ! ऐश्वर्या र प्रियंकाको दुश्मनीले

बलिउड नायिकाद्वय ऐश्वर्या राय र प्रियंका चोपडाबीच कुनै झैझगडा परेको त होइन, तर उनीहरु एक अर्कालाई दुश्मनको व्यवहार गर्छन् । यसको कारण हो उनीहरुको समान पृष्ठभूमि । ऐश्वर्या र प्रियंका केही वर्षको अन्तरालमा मिस वल्र्ड...

चीनले भन्यो – अमेरिकाको दादागिरी व्यापारमा एकलौटी चल्दैन

काठमाडौ असार २८।चिनियाँ सामानमा पछिल्लोपटक आएर अमेरिकाले फेरि पनि व्यापार कर थोपरेपछि चीनले अब विश्व व्यापार र विश्व बजारमा अमेरिकाको एकलौटी दादागिरी नचल्ने चेतावनी दिएको छ । अमेरिकाले लहडी रुपमा पटकै पटक चिनियाँ सामानहरु...

इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा

एजेन्सी । क्रोएसिया इतिहास रच्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । क्रोएसियाले विश्वकपको उपाधिका लागि अब फ्रान्ससँग...

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता, को–को परे जेल, अब बाँकी को–को ? – नामसहित

–रमेश लम्साल काठमाडौं– नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्वमै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता...

नेपाली कांग्रेसका प्रभाब शाली युवा नेता प्रदिप पौडेल कोरिया आउने

 नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने । नेपाली  कांग्रेसका प्रभाब शाली युवा नेता प्रदिप पौडेल कोरिया आउने। नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने ।| कामना संवाददाता , दक्षिण काेरिया नेपाली कांग्रेसको...

अन्तिममा रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र,जसले सबैलाई नतमस्तक बनायो – पूर्ण पत्रसहित

असार२७/ स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भए। १ सय १२ मिलियन पाउन्डमा रोनाल्डो चारवर्षका लागि यूभेन्ट्स पुगेसँगै उनको रियल मड्रिडको ९ वर्षे...

युलिया भन्छिन्, नेपाल र रुसबीच फुटबल खेलाउनेबारे सोच्दैछौं – नेपालीको फुटबल क्रेजलाई द्वीपक्षीय सम्बन्धमा उपयोग गर्ने रुसको इच्छा

२७ असार, काठमाडौं । रसियाले विश्वकप फुटबलको एक्काइसौं संस्करण आयोजना गरिरहँदा विगत एक महिनादेखि सारा संसारको ध्यान त्यही देशमा केन्दि्रत छ । रसिया क्षेत्रफलको हिसाबले संसारको सबभन्दा ठूलो देश त हुँदै हो, विश्व राजनीतिमा पनि...

नेयमार हुन सजिलो छैन ! ब्राजिलले खेल हारेपछि नेयमारले लेखे सारालाई रुवाउने स्टाटस – हेर्नुहोस् जस्ताको तस्तै

नेइमारले रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलबाटै ब्राजिल बाहिरिनु आफ्नो खेल जीवनको सबैभन्दा नरमाइलो अनुभव र समय रहेको बताएका छन् । नेइमार रुसमा विश्वका एक यस्ता खेलाडीले जसले खेलमा आफ्नै बलमा प्रभाव पार्न सक्छन् र टिमलाई...

ब्राजिललाई हराउन सक्छौँ भने अरु कसैसँग डराउनुपदैन : फ्रान्सलाई चाड्लीको चेतावनी

एजेन्सी । मंगलबार विश्वकपको सेमिफाइनलमा भिड्दा बेल्जियमले फ्रान्ससँग डराउनुपर्ने कुनै कारण नरहेको मिडफिल्डर नासेल चाड्लीले बताएका छन् । रेड डेभिल्सले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो । वेस्ट ब्रोमका मिडफिल्डरका अनुसार...