बुबाको किरिया छोरीले गर्ने कि काकाले ? ममताले पाइनन् छोरासरह अधिकार

१३ साउन, २0७५ पोखरा । शुक्रबार त्रिशुली नदीमा खसेर भएको कार दुर्घटनामा पोखराका पर्यटन व्यवसायी मधु सुवेदीको मृत्यु भयो । मधुका छोरा छैनन्, दुई छोरीमात्रै छन् । जिउँदो हुँदा मधुले भन्ने गरेका थिए, मेरा यी दुई छोरीहरु छोरासरह हुन्, म मरेपछि यिनै छोरीले किरिया गरे हुन्छ ।

तर, मधुको सपना पूरा भएन । संविधान र कानूनले छोराछोरीलाई समान हैसियत दिए पनि सामाजिक मान्यताले समान हैसियत दिएन । मधुकी छोरी ममताले छोरासरह आफ्ना पिताको काजकिरिया गर्न पाइनन् । छोराले पाउने हक छोरीमा हैन, काकातिर सर्‍यो ।

काका वा ठूलोबुबाहरु जिउँदै भए पनि छोराहरुले आफ्ना पिताको काजकिरिया गर्न निर्वाध रुपमा पाउँछन् । तर, छोरीको हकमा भने सामाजिक मान्यताअनुसार काका र ठूलोबुवा बाधक बनेका छन् । र, यही सामाजिक मान्यताकै कारण मधुको तेह्रदिने काजकिरिया घरमा छोरी हुँदाहुँदै काकाले गरेका छन् ।

मधुकी जेठी छोरी ममता कोरामा नगएकी होइनन् । तर, पण्डितले काका-भतिजी सँगै कोरामा बस्न नमिल्ने सुझाए । ठूलोबुबा एवं काकाहरुले पनि छोरी नै बस्ने भए हाम्रो के काम भन्दै उनलाई सम्झाए । पण्डित नन्दराम अधिकारीले काका किरिया बसिरहँदा भतिजी पनि सँगै बस्न नमिल्ने सामाजिक मान्यता बताएपछि ममता पछि हटिन् । उनी अहिले बेग्लै बसेर पिताको शोक मनाइरहेकी छिन् ।

पण्डित, ठूलोबुबा तथा काकाहरुले सँगै बसेर किरिया गर्न नमिल्ने बताएपछि ममता ढिकुरोमा नगई पोखरा महानगरपालिका ६ नारेश्वर लेकसाइडस्थित घरमै बसिरहेकी छिन् ।

तिमीहरुले नै हो मेरो किरिया गर्ने भनेर बुबाले भन्ने गरेको ममता सम्झिन्छिन् । बुबाको सोही वचनअनुसार उनी किरिया बस्ने तयारीमा थिइन् । तर, सामाजिक परम्पराले छेक्यो ।

बुबालाई सम्झँदै ममताले भनिन्, ‘मेरो इच्छा त उहाँले भन्ने गरेजस्तै छोरासरह तेह्र दिने कर्म गर्ने थियो, ‘तर, पुरोहितले काकासँगै बसेर कर्म गर्न मिल्दैन भनेकाले घरमै बसेर कर्म गरिरहेकी छु ।’

सुवेदी परिवारका चार दाजुभाइमध्ये माइला मधुको शुक्रबार काठमाडौंबाट पोखरा आउँदै गर्दा त्रिशुली नदीमा कार खस्दा मृत्यु भएको थियो । उनको शनिबार रामघाटमा अन्त्येष्टि गरिएको थियो । उनको तेह्र दिने किरिया मधुका भाइ हरि सुवेदीले गरिरहेका छन् ।

मधुका श्रीमती लक्ष्मी, १७ वर्षीया छोरी ममता र ९ वर्षीया छोरी एञ्जिला छन् । ममता पोखरा मासवारमा रहेको मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत छिन् ।

‘घरायसी मामिला’ मा मानवअधिकारकर्मीको चासो

यसैबीच सुवेदी परिवारको यो घटनाबारे स्थानीय मानवअधिकारकर्मीले समेत चासो दिएका छन् । स्थानीय महिला अधिकारकर्मीहरुले मधुकी श्रीमती लक्ष्मीलाई आफन्तले अन्त्येष्टिका लागि घाटमा जानसमेत नदिएको आरोप लगाएका छन् । उनीहरुले सती जाने हो भनेमात्रै घाट आउनु नत्र घरमै बस्नु भनेपछि लक्ष्मी चुप लागेको मानवअधिकारवादी अभियन्ताको दाबी छ ।

ममतालाई किरिया बस्न अगाडि सारे परिवारबाट मधुको परिवारलाई बहिस्कार गर्ने चेतावनी दिइएको अधिकारकर्मी सीता पहारीले बताइन् । उनले यो सामाजिक कुसंस्कार हटाउनुपर्ने भन्दै अधिकारकर्मीहरुले दबाव दिए पनि परिवारको दवाबका अगाडि जोर नचलेको बताइन् ।

सुवेदी परिवारले भने यो विषय परिवारभित्रैको आन्तरिक भएकाले सार्वजनिक गरिराख्नु नपर्ने प्रतिक्रिया दिएको छ । ममताकी आमा लक्ष्मी सुवेदीले छोरीको इच्छा तेह्र दिने किरिया गर्ने भएता पनि सामाजिक संस्कारका कारण सम्भव नभएको बताइन् । तर, यो घरभित्रको कुरा भएकाले बाहिर लानुपर्ने विषय नभएको लक्ष्मीले बताइन् ।

त्यसैगरी ममताले छोरी भएकै कारणले भन्दा पनि किरिया बस्ने निर्णय ढिलो गरेका कारण कोरा बस्न नपाएको ठूलो बुबाको प्रतिक्रिया छ ।

‘पहिलो दिनमै निर्णय गरेर किरिया बस्छु भनेको भए दिन्थ्यौं’ ममताका ठूलोबुबा खेम सुवेदीले भने, ‘आज आएर भन्दाखेरि काका र छोरी सँगै बसेर किरिया गर्न नमिल्ने भयो, त्यसैले छोरीले किरिया बस्ने भए हाम्रो काम रहँदैन, हामी निस्कन्छौं भनेका हौं ।’

यसमा तपाइको मत

समाचार बाट अन्य

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका(८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको...

नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक...

सीपी मैनालीले भने फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन, वामदेव गौतमसँग मिल्नु भूल भयो

सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा...

पूर्व राजदुत झाको हत्या, टाउकोमा तीन, घाँटीमा दुई चोट भेटियो, यस्तो रहेछ भित्रि रहस्य

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या...

देशभरका चिया उद्योग बन्द गर्ने उत्पादक सघको सरकारलाई चेतावनी, अरर्बौँको लगानी डुब्ने, यसरी हुने भो मजदुरको बेहाल

नेपालका चिया उत्पादकले सरकारलाई ताला चावी बुझाउने चेतावनी दिएका छन् । चिया उत्पादकले सरकारले ल्याएको श्रम ऐनले चिया क्षेत्र सञ्चालन गर्न नसक्ने भन्दै ताला चावी बुझाउने चेतावनी दिएका हुन् । नेपाल चिया उत्पादक संघले...

थमन विक हत्या प्रकरण – नेता र मन्त्री तारेखमा, सामान्य कार्यकर्ता जेलमा

काठमाडौं– कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन्। पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन। पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारण मिचिन गई अन्याय हुने कानुनी मान्यता छ। तर जिल्ला अदालत महोत्तरीले कर्तव्य...

माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी

काठमाडौं– नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्। कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले...

सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ – विश्वप्रकाश शर्मा

-विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार...

मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? – यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा

काठमाडौं । तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी...

कम्युनिष्ट सरकारले जनताको ढाड सेकिनेगरी, यी दैनिक उपभोग्य सामानमा मुल्य बढाउँदै, नेता तथा कार्यकर्तालार्इ दियो यस्तो कडा निर्देशन

काठमाडौँ । दुई तिहाइ बहुमतको दम्भमा वाम सरकारले सर्वसाधारण जनताको ढाड सेकिने गरी दैनिक उपभोग्य सामानमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर एक सय ११ रुपैयाँ...