“प्रथम नेपाल भलिबल कप २०१८” मा स्याङ्जा परिवार विजयी ।

 बोम्जन गुरुङ, सउल

दक्षिण कोरियामा सन् २०१७ स्थापित एक मात्र भलिवलको साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा “हाम्रो प्रतिबद्वता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मूल उद्घोषसहित पहिलोपटक नेपाल कोरिया भलिवल संघ दक्षिण कोरियाद्वारा आयोजित यस २०१८ सिजनको चौंथो भलिवल प्रतियोगिता “प्रथम नेपाल भलिबल कप २०१८” को उपाधि स्याङ्जा परिवारले आफ्नो चुमेको छ ।

२९ जूलाई २०१८ का दिनमा सञ्चालन भएको सो प्रतियोगिता सउलस्थित दोङदेमुन गु छेयुक्वान (동대문 체육관 동대문구 답십리동 2-294) मा भव्यताका साथ सम्पन्न भएको हो । सेमिफाइनलमा गुल्मी सम्पर्क समिति लाई हराउँदै फाईनल सम्मको यात्रा तय गरेको स्याङ्जा परिवारले कालीगण्डकी ब्वाईजलाई सेमीफाईनलमा पराजित गरेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) “A” टिमसँग उपाधिका लागि प्रतिष्पर्धा गरेको थियो । प्रतियोगितामा विभिन्न संस्था र समूह-ग्रुप गरि जम्मा १८ टिमको सहभागिता रहेको थियो । जसमा उपाधि विजेता स्याङ्जा परिवार, उप-विजेता म्याग्दी प्रवासी नेपाली संघ (मोना) “A” साथै सान्तवना विजेता दुई फाईनलिष्ट टिमहरु क्रमशः गुल्मी सम्पर्क समिति र कालीगण्डकी ब्वाईज रहेका छन् । प्रतियोगितामा कोरिया स्थित नेपाली खेलमा अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिको व्यवस्था गरिएको हो ।

प्रथम उपाधि : स्याङ्जा परिवार दक्षिण कोरिया पुरस्कार : (कप, प्रमाणपत्र सहित नगद १५ लाख वन)

दोश्रो उपाधि : म्याग्दी प्रवासी नेपाली संघ (मोना) “A” पुरस्कार : (कप, प्रमाणपत्र सहित नगद ११ लाख वन)

सान्तवना उपाधि (१) : कालीगण्डकी ब्वाईज क्लब पुरस्कार : (नगद ४ लाख वन) सान्तवना उपाधि

(२) : गुल्मी सम्पर्क समिति पुरस्कार : (नगद ४ लाख वन)

विभिन्न विधाका उत्कृष्ट खेलाडीहरु

प्लेयर : सुजन गुरुङ, स्याङ्जा परिवार (ट्रफी,नगद र प्रमाण पत्र)

लिफ्टर : राम गुरुङ, स्याङ्जा परिवार (ट्रफी,नगद र प्रमाण पत्र)

ब्लकर : जिवन मगर, गुल्मी सम्पर्क समिति (ट्रफी,नगद र प्रमाण पत्र)

स्पाईकर : आशिष ठकुरी, कालीगण्डकी ब्वाईज (ट्रफी,नगद र प्रमाण पत्र)

    यस अघि स्याङ्जा परिवार यो सिजनको शुरुवाती प्रतियोगिता “प्रथम पुन समाज २०१८” को उपाधि विजेता (प्रथम), दोश्रो प्रतियोगिता बाग्लुङ सम्पर्क समितिद्वारा आयोजित “छैटौं ढोरपाटन कप-२०१८”को उप-विजेता (द्वितीय), ०८ जुलाई २०१८ मा ख्वाङ्जु नेपाली सामुदायिक समिति र ख्वाङ्जु नेपाली भलिवल टिम दक्षिण कोरियाद्वारा संयुक्त रुपमा आयोजित “ख्वाङ्जु नेपाली नकआउट भलिवल प्रतियोगिता २०१८” को उपाधि (प्रथम), “म्याग्दी रनिङ कप २०१८”को उपाधि (प्रथम) हुँदै शृंखलाबद्व रुपमा उपाधि सुरक्षित पारिसकेको छ ।

गुरुङ स्याङ्जा परिवारका सचिब हुन

यसमा तपाइको मत

समाचार बाट अन्य

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका(८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको...

नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक...

सीपी मैनालीले भने फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन, वामदेव गौतमसँग मिल्नु भूल भयो

सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा...

पूर्व राजदुत झाको हत्या, टाउकोमा तीन, घाँटीमा दुई चोट भेटियो, यस्तो रहेछ भित्रि रहस्य

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या...

देशभरका चिया उद्योग बन्द गर्ने उत्पादक सघको सरकारलाई चेतावनी, अरर्बौँको लगानी डुब्ने, यसरी हुने भो मजदुरको बेहाल

नेपालका चिया उत्पादकले सरकारलाई ताला चावी बुझाउने चेतावनी दिएका छन् । चिया उत्पादकले सरकारले ल्याएको श्रम ऐनले चिया क्षेत्र सञ्चालन गर्न नसक्ने भन्दै ताला चावी बुझाउने चेतावनी दिएका हुन् । नेपाल चिया उत्पादक संघले...

थमन विक हत्या प्रकरण – नेता र मन्त्री तारेखमा, सामान्य कार्यकर्ता जेलमा

काठमाडौं– कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन्। पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन। पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारण मिचिन गई अन्याय हुने कानुनी मान्यता छ। तर जिल्ला अदालत महोत्तरीले कर्तव्य...

माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी

काठमाडौं– नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्। कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले...

सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ – विश्वप्रकाश शर्मा

-विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार...

मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? – यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा

काठमाडौं । तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी...

कम्युनिष्ट सरकारले जनताको ढाड सेकिनेगरी, यी दैनिक उपभोग्य सामानमा मुल्य बढाउँदै, नेता तथा कार्यकर्तालार्इ दियो यस्तो कडा निर्देशन

काठमाडौँ । दुई तिहाइ बहुमतको दम्भमा वाम सरकारले सर्वसाधारण जनताको ढाड सेकिने गरी दैनिक उपभोग्य सामानमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर एक सय ११ रुपैयाँ...