प्रिति आलेको साथमा “ङोलो ङोल्स्यो(सोल्टी-सोल्टीनी) लाईभ दोहोरी साँझ” हुने

बोम्जन गुरुङ, सउल ।

नेपाली लोक तथा दोहोरी गीतको सम्बर्द्वन र प्रबर्द्वन गर्ने उद्देश्यका साथै कोरियामा रहेका लोक तथा दोहोरी गीत-संगीतका पारखीहरुलाई विशेष लक्षित गरि ङोलो ङोल्स्यो (सोल्टी-सोल्टीनी) ग्रुप दक्षिण कोरियाको आयोजनामा पहिलोपटक “ङोलो ङोल्स्यो(सोल्टी सोल्टिनी)लाईभ दोहोरी साँझ” साथमा डान्स धमाका २०१८ कार्यक्रम हुने भएको छ ।

यही आउँदो कोरियान महान पर्व छुसकको पहिलो दिन २३ सेप्टेम्बर २०१८ को बेलुका ०७:०० बजेदेखि शुरु भई २४ सेप्टेम्बर बिहान ०५:०० बजेसम्म छङर्याङरी कार्यक्रम हलमा हुने सो कार्यक्रममा नेपालबाट आउनुहुने राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा कोरिया स्थित चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति ,लाईभ नेपाली संगीत साथमा डान्स धमाका २०१८ हुने भएको हो ।

लोक तथा दोहोरी फाँटका राष्ट्रिय स्तरका अत्यन्त चर्चित र व्यस्त गायिका प्रिति आले र गायक राजन गुरुङ यस कार्यक्रमको लागि कोरिया आउने भएका छन् । फूल्यो बामरी, दोहोरी ब्याटल लगायतका गीत बाट अति चर्चाको शिखरमा चुलिएकी गायिका प्रिति आले बेली डान्सरको रुपमा पनि परिचित छिन्। त्यसैगरी २०१७ वर्षकै सुपरहिट मौलिक लोकगीत उहि खोलीमा पानी, मै जन्मेको गीत लगायतबाट दर्शक/श्रोताको ढुकढुकि बन्न सफल राजन गुरुङ उक्त कार्यक्रममा सबैको आकर्षण रहेको आयोजकको दावी छ ।

यसैगरि कोरिया स्थित मौलिक सालैजो “पर्ख नानी”, विदेशियका छोरीको व्यथा-वेदना बोकेको “प्रदेशी छोरी” जस्ता एल्बम मार्फत सुरिलो आवाजले सबैको मन जित्न सफल गायिका शान्ती गुरुङ, लोकदोहोरी गायक गोमेश केसि,कृष्ण पाण्डे क्षेत्री, पुरन गुरुङ साथै लोकदोहोरी गायिका रमिला गौतमको दोहोरी घम्सा घम्सी साथमा रोधीं ब्याण्डका संगीतकार दिलिप गुरुङ र साथीहरुको प्रत्यक्ष संगीतको विशेष प्रस्तुति रहनेछ ।

मनोरञ्जनात्क यस “ङोलो ङोल्स्यो लाईभ दोहोरी साँझ” को कार्यक्रमा प्रवेश शुल्क स्वरुप २०,०००/-वोन तोकिएको छ जसमा एउटा क्यान बियर निःशुल्क उपलब्ध हुने आयोजकले जनाएको छ । दक्षिण कोरियाको इतिहासमै पहिलो पटक सुबिधा सम्पन्न कार्यक्रम हलमा नेपालीहरुको मौलिक लोक गीत र लाईभ दोहोरी घम्साघम्सी हुने भएकोले कोरियामा रहनुहुने समस्त नेपाली गीत-संगीत पारखी दाजुभाई, दिदीबहिनीहरुलाई कार्यक्रम भव्यताका साथ सफल पार्नुहुन आयोजक ङोलो ङोल्स्यो ग्रुप दक्षिण कोरियाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०१८ सेप्टेम्बर २३ (छुसकको पहिलो दिन)
समय :बेलुका ७:०० बजेदिखि बिहान ५:०० बजे सम्म
स्थान :छङर्याङरी प्रोगाम हल
जाने तरीका : सौल मेट्रो लाईन नं १ 청량리역 (छङर्याङरी स्टेशन) गेट नं १ बाट निस्केर (पैदल १ एक मिनेट)
서울 동대문구 왕산로 185 길

(नोट: सउल मेट्रो लाईन १ र ४ दोङ्देमुन स्टेशन गेट नं. ३ र ४बाट नि:शुल्क बसको व्यवस्था छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका(८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको...

नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक...

सीपी मैनालीले भने फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन, वामदेव गौतमसँग मिल्नु भूल भयो

सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा...

पूर्व राजदुत झाको हत्या, टाउकोमा तीन, घाँटीमा दुई चोट भेटियो, यस्तो रहेछ भित्रि रहस्य

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या...

देशभरका चिया उद्योग बन्द गर्ने उत्पादक सघको सरकारलाई चेतावनी, अरर्बौँको लगानी डुब्ने, यसरी हुने भो मजदुरको बेहाल

नेपालका चिया उत्पादकले सरकारलाई ताला चावी बुझाउने चेतावनी दिएका छन् । चिया उत्पादकले सरकारले ल्याएको श्रम ऐनले चिया क्षेत्र सञ्चालन गर्न नसक्ने भन्दै ताला चावी बुझाउने चेतावनी दिएका हुन् । नेपाल चिया उत्पादक संघले...

थमन विक हत्या प्रकरण – नेता र मन्त्री तारेखमा, सामान्य कार्यकर्ता जेलमा

काठमाडौं– कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन्। पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन। पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारण मिचिन गई अन्याय हुने कानुनी मान्यता छ। तर जिल्ला अदालत महोत्तरीले कर्तव्य...

माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी

काठमाडौं– नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्। कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले...

सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ – विश्वप्रकाश शर्मा

-विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार...

मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? – यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा

काठमाडौं । तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी...

कम्युनिष्ट सरकारले जनताको ढाड सेकिनेगरी, यी दैनिक उपभोग्य सामानमा मुल्य बढाउँदै, नेता तथा कार्यकर्तालार्इ दियो यस्तो कडा निर्देशन

काठमाडौँ । दुई तिहाइ बहुमतको दम्भमा वाम सरकारले सर्वसाधारण जनताको ढाड सेकिने गरी दैनिक उपभोग्य सामानमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर एक सय ११ रुपैयाँ...