बुसान-किम्हेको नेतृत्व जीबलाल काफ्लेको काधमा

 

बोम्जन गुरुङ, सउल ।

दक्षिण कोरियामा स्याङ्जालीहरुको आपसी सद्भावलाई अझ मझबुत बनाउदै विविध समस्याहरुमा सहज रुपले हातेमालो गर्ने र संस्थागत महिमालाई अझ फराकिलो बनाउँदै आईरहेको यस संस्थाको बुसान-किम्हे शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । कोरियाको राजधानी सउलबाट गएको यस स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रिय कार्यसमिति/थेगु शाखा कार्यसमिति सहित सल्लाहकार, विभागीय प्रमुख लगायत सक्रिय अग्रज व्यक्तित्वहरु र बुसान-किम्हे आसपासका सम्पूर्ण स्याङ्जालीहरुको बाक्लो उपस्थितिका विच ०५ अगष्ट २०१८ मा किम्हे स्थित लुम्बिनी रेष्टुरेन्टमा दोश्रो अधिवेशन सम्पन्न भएको हो । बुसान-किम्हे कार्यसमितिका सल्लाहकार राजकुमार आलेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा केन्द्रिय समितिका कार्यवाहक अध्यक्ष वाई.बी. राना, संस्थाका पूर्वाध्यक्ष तथा सल्लाहकार गुप्त गुरुङ, निवर्तमान अध्यक्ष तथा सल्लाहकार धर्म गुरुङ, थेगु कार्यसमितिका अध्यक्ष बीरेन्द्र नौभाग्य, सोही शाखाका वरिष्ठ सल्लाहकार रमेश मश्रान्ङ्गी राना लगायतले स्याङ्जाली एकतासँगै हरेक क्षेत्रमा अझै निरन्तर अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै अधिवेशन सफलतामा धेरै खुशी व्यक्त गर्दै नव गठित दोश्रो कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणमा कार्यक्रम विभाजित गरिएको थियो । जसमा पहिलो चरणमा बुसान-किम्हे शाखाका अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेको सभापतित्व, दोश्रो चरणमा नवगठित दोश्रो अध्यक्ष जीबलाल काफ्लेले सभापतित्व ग्रहण गरेका थिए र प्रमुख अतिथिमा केन्द्रिय कार्यवाहक अध्यक्ष वाई.बी. राना रहेका थिए भने केन्द्रिय/बुसान-किम्हे शाखाका सल्लाहकार नवराज वाग्ले र दोश्रो अधिवेशन सम्पन्न पश्चात नव समितिका सचिव सन्तोष पोख्रेलले क्रमैसँग कार्यक्रम संचालन गरेका थिए । दोश्रो बन्द सत्रका लागि निर्वाचन मण्डल केन्द्रिय कार्यवाहक अध्यक्ष वाई.बी. रानाको संयोजकत्व सँगै गुप्त, गुरुङ, धर्म गुरुङ, रमेश मश्रान्ङ्गी राना, बीरेन्द्र नौभाग्य, बोम्जन गुरुङ लगायतको टिमले विधिवित रुपमा नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेका थिए । सोही कार्यक्रमको अवसर पारेर ईपीएस प्रणाली अन्तर्गत वैधानिक रुपमा रहेर ४ वर्ष १० महिनाको सफल कोरिया बसाई पूरा गरेकोमा निवर्तमान शाखा अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेलाई केन्द्रिय कार्यसमिति, थेगु शाखा/बुसान-किम्हे शाखाद्वारा सम्मान पत्र सहित दोसल्ला/खादाले सम्मान गर्नुका साथै स्याङ्जा भलिवल टिमलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । यस दोश्रो अधिवेशनलाई सभ्य र भव्य रुपमा सु-सम्पन्न गर्न कार्यक्रममा उपस्थित समस्त स्याङ्जाली, गैर स्याङ्जाली महानुभावहरुलाई आयोजक बुसान-किम्हे शाखाले धन्यवाद र आभार व्यक्त गरेको छ ।

बुसान-किम्हे शाखाको दोश्रो अधिवेशनबाट सर्वसम्मत १३ सदस्यीय कार्यसमितिको संरचना यसप्रकार छ l

अध्यक्ष – जीबलाल काफ्ले

वरिष्ठ उपाध्यक्ष – कमल अर्याल

उपाध्यक्ष – नवराज खाँण

सचिव – सन्तोष पोख्रेल

सह-सचिव – रेशम लाल मरासिनी

कोषाध्यक्ष – प्रबिन तिवारी

सह-कोषाध्यक्ष – नमुना पौडेल

सदस्य – गोविन्द पौडेल

सदस्य – शंकर पौडेल

सदस्य – विक्रम कुँवर

सदस्य – हिमाल न्यौपाने

सदस्य – भुवन थापा

सदस्य – पार्वती अधिकारी

यसमा तपाइको मत

समाचार बाट अन्य

मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका(८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको...

नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक...

सीपी मैनालीले भने फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन, वामदेव गौतमसँग मिल्नु भूल भयो

सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा...

पूर्व राजदुत झाको हत्या, टाउकोमा तीन, घाँटीमा दुई चोट भेटियो, यस्तो रहेछ भित्रि रहस्य

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या...

देशभरका चिया उद्योग बन्द गर्ने उत्पादक सघको सरकारलाई चेतावनी, अरर्बौँको लगानी डुब्ने, यसरी हुने भो मजदुरको बेहाल

नेपालका चिया उत्पादकले सरकारलाई ताला चावी बुझाउने चेतावनी दिएका छन् । चिया उत्पादकले सरकारले ल्याएको श्रम ऐनले चिया क्षेत्र सञ्चालन गर्न नसक्ने भन्दै ताला चावी बुझाउने चेतावनी दिएका हुन् । नेपाल चिया उत्पादक संघले...

थमन विक हत्या प्रकरण – नेता र मन्त्री तारेखमा, सामान्य कार्यकर्ता जेलमा

काठमाडौं– कानुनको नजरमा सबै आरोपितहरु बराबर हुन्छन्। पद, चिनजान र पहुँचको आधारमा न्याय दिन मिल्दैन। पहुँचको आधारमा न्याय वितरण हुँदा कानुनको अवधारण मिचिन गई अन्याय हुने कानुनी मान्यता छ। तर जिल्ला अदालत महोत्तरीले कर्तव्य...

माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी

काठमाडौं– नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्। कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले...

सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ – विश्वप्रकाश शर्मा

-विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा पास मात्र भएको बताएको छ । जस्ट पास भएर सम्बृद्धिको सपना पुरा नहुने भन्दै उसले कमजोरी सच्याउन सरकारलाई आग्रह गरेको छ । आइतबार...

मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? – यी कुरामा ध्यान दिनुहोस् नत्र परिएला कारबाहीमा

काठमाडौं । तपाईं मोटरसाइकल चलाउँदै हुनुहुन्छ ? तपाईंको मोटरसाइकलको आवाज कत्रो छ ? ख्याल गर्नुहोस् नत्र परिएला कारबाहीमा । ठूलो आवाज निक्लने बाइक चलाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी...

कम्युनिष्ट सरकारले जनताको ढाड सेकिनेगरी, यी दैनिक उपभोग्य सामानमा मुल्य बढाउँदै, नेता तथा कार्यकर्तालार्इ दियो यस्तो कडा निर्देशन

काठमाडौँ । दुई तिहाइ बहुमतको दम्भमा वाम सरकारले सर्वसाधारण जनताको ढाड सेकिने गरी दैनिक उपभोग्य सामानमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटर १ रुपैयाँले बढेर एक सय ११ रुपैयाँ...