Logo

शुक्रवार, बैशाख ३ गते २०७८

images
images
images
images

‘फरक क्षमताकी नतासा दिदी’

‘फरक क्षमताकी नतासा दिदी’


‘फरक क्षमताकी नतासा दिदी’
  • सीमा त्रिताल

जीवनमा उतारचडाव त आउँछन्, जान्छन्। कहिले सुख कहिले दुःख। कसैलाई शारीरिक पीडाको दुःख त कसैलाई मानसिक पीडाको दुःख। अहिलेसम्म आफ्नो शारीरिक पीडालाई अब्बल मानसिक चेतले दब्बाएर धेरैका लागि प्रेरणादायी जीवन बाँचिरहेकी छन्, मेनुका परियार।

बाबुआमाले नतासा नाम राखिदिएको मेनुका बताउँछिन्। आफ्नो दुःखपीडालाई बिर्सिदै प्रेरणा दिँदै सयौँको मनमस्तिष्कमा बस्न सफल भएकी छन् नतासा दिदी। लाखौँ हजारौँको बिचमा उदारणीय भएकी छन् उनी। काठमाडौँ महानगर ७ रातोपुलस्थित घरमा आफ्ना परिवारसँग बस्दै आएकी छन्।

५१ वर्षीय नतासा दिदी जन्मजात अपांग हुन्। उनका दुई हात चल्छ्न् भने दुई खुट्टाहरू खुट्टामा मात्र सीमित छन्। हिँड्ने अवस्था नभएकी दिदी घिस्रिँदा दुई हात टेकी नितम्बको सहायताले चल्ने गर्छिन्। उनी भन्छिन्, ‘हरेक मानिसलाई समस्या हुन्छ। समस्या हुन्छ भने समस्याको समाधान पनि हुन्छ।’

उनी थप्छिन, ‘समस्या हुँदैमा चुप बस्ने होइन। समाधानतिर लाग्न पर्छ। समस्यालाई कसरी आत्मसाथ गर्दै लैजाने, समस्याको समाधान कसरी हुन्छ भन्नेतिर लाग्नु पर्छ। आँखा नदेख्ने, कान नसुन्ने, हातखुट्टा नचल्ने दाजु दिदीहरू आज गाउन जान्ने गाएर, कुनै संघ संस्थामा काम गरेर आफ्नो दिनचर्या बिताइरहेका छन्।’ सबैजना आ–आफ्नो समस्याको समाधान खोज्नतिर लागिसकेको नतासा दिदी बताउँछिन्। म त आँखा देख्छु। कान सुन्छु। हात चल्छ। दुखी हुनपर्ने कारण के नै छ र। मेरो खुट्टा नचल्ने समस्याको समाधान खोज्न कता जान सक्छु, के गर्न सक्छु भन्दै खोज्दै हिँडेको हुँ म।

बाल्यावस्थादेखि नै अपांग हुनुको कष्ट भोग्दै आएकी हुन् नतासा दिदी। बाबुआमाको जेठो सन्तान थिइन् उनी। उनको शारीरिक अवस्थाका कारण पढ्न नपाएको गुनासो पोख्छिन्। आफूले ६ कक्षासम्म मात्र पढ्न पाएको सुनाउँछिन्। बाल्यकालदेखि नै रहर, इच्छा आकांक्षाहरूको हत्या गर्दै आएकी छन् नतासा दिदी। घरको आँगनीमा भाइ बहिनी नाचेको, उफ्रेको, स्कुलको आँगनीमा साथीभाइ खेलेको देख्दा कुना पसेर रोएको उनलाई अझै सम्झना छ।

2.jpg

दुई खुट्टा टेकेर खेल्दा कस्तो महसुस हुन्छ भन्ने थाहा नपाएर दुखी भएको उनी आफ्ना विगतका पानाहरू पल्टाउँदै आँखाभरि आँसु टिलपिल पार्छिन। अनि भन्छिन्, ‘सरि है, बेलाबेला विगतका पाना पल्टाउँदा नराम्रो लाग्छ र भावुक हुन्छु।’

बाल्यावस्थामा परिवार, दिदीबहिनी, दाजुभाइ, आफन्त, साथीभाइ सबैबाट भरपुर सहयोग, माया र साथ पाएकोमा खुसी व्यक्ति गर्छिन उनी। उनको जस्तो जोश, जाँगर, साहस, हिम्मत तन्दुरुस्त मानिसमा पनि सायदै पाइन्छ। केही गर्नुपर्छ, बन्नुपर्छ भन्ने ध्येयले नै आफू सक्षम भएको उनी बताउँछिन्।

उनको साहसले अरूलाई पनि प्रेरित गराउँछ। बहिनीले बेलाबेला लन्डन घुम्न बोलाउँदा एक्लै जानेआउने गर्छिन नतासा दिदी। जाँदाआउँदा कसैको सहयोग नलिने गरेकाे बताउँछिन् उनी। ‘खुट्टा त हो नि काम नगर्ने। बुद्धिविवेक लगाउन त खुट्टाको सहायता चाहिँदैन नि’, उनी थप्छन्, ‘आफ्नो दिमाग प्रयोग गरे कहीँ गाह्रो हुँदैन।’

top.jpg

त्यस्तै नतासा दिदी हजारौँ मानिसका भीडमा प्रेरणादायी कुराहरू सुनाई मानिसमा उत्पन्न हुने नराम्रा विचारहरूलाई निरुत्साहित गराउँछिन्। सबैको मन मस्तिष्कमा बस्न सफल भएकी छन् नतासा दिदी। गरीब, दुखी, असहाय मानिसहरू उनको शरणमा आफ्ना दुःखहरू बिसाउन आउँछन्, समाधान खोज्न आउँछन्।

जन्मिँदा रुदै आएनि संसारबाट विदा लिँदा हाँसेर खुसी भएर जानुपर्छ भन्ने नतासा दिदीबाट धेरैले प्रेरणा लिएका छन्। आफू अब्बल नभएमा दुखी हुने, आत्महत्या गर्ने प्रवृत्ति अपनाउन नहुने उनको धारणा छ। धर्तीमा केका लागि पैदा भयौँ, किन आयौँ सोच्दैनौँ। दुईवटा खुट्टा टेकेर हिँड्ने मानिसहरू जसरी आफ्नो काममा सफल हुन्छन्। त्यस्तै हामी पनि केही न केहीका लागि धर्तीमा आएका हौँ भन्ने उनको ठम्याइ छ।

आफूजस्तै अपांग तथा फरक क्षमता भएकाहरूलाई दुःख नमान्न, जे सकिन्छ त्यही गर्न, आफ्नो आत्मबल नघटाउन प्रेरणा दिन्छिन् नतासा दिदी। बाहिरी आवरणमा पीडित देखिए पनि उनी साहासी, निडर, मानसिक रूपमा तन्दुरुस्त देखिन्छिन्। ह्विल चेयरको सहायताले घुमफिर गर्ने नतासा दिदी वास्तवमा निकै हिम्मतिली छिन्।

1.jpg

आत्मविश्वास नै सहारा हो भन्छिन् नतासा दिदी। कुनै संघ संस्थाहरूमा काउन्सिलिङको काम पाए गर्छु भन्ने चाहाना छ उनकाे। उनी भन्छिन्, ‘केही काम गर्न त सक्दिनँ तर मानिसलाई बोलेर प्रेरित गरेर खुसी बनाउन सक्छु।’ फरक क्षमता भएकाहरूले आफ्नो देशमा सहज रूपमा हिँड्ने, बस्ने लगायतका सुविधा तथा सहुलियत पाउनुपर्नेमा उनको जोड छ। सरकारसँग उनको अपेक्षा यत्ति हो।

फरक क्षमताका दुःख

अपांगहरूलाई हेर्ने दृष्टिकोण अत्यन्तै दयनीय रहेको र अपांगहरू मानिस होइनन् भन्ने जस्ता सामजिक सोच एवं व्यवहारले कहिलेकाहीँ दुखी तुल्याउने गरेको उनको अनुभव छ। गाडी बाइकले हिँड्ने बाटो नदिएर ज्यान जोखिममा परेका पनि कयौँ दुखित उदाहरणहरू छन् उनीसँग। निराश हुँदै व्यक्त गर्छिन् उनी, ‘छुट्टै अपांगमैत्री संरचना तथा सडक हुनुपर्ने उनको माग छ।

उनले अपांगहरूले गर्नसक्ने काम प्रदान गर्न सरकारसँग अनुरोध गरेकी छन्। अरूको भरमा बाँच्न, हात फैलाउन नपरे, माग्दै हिँड्न नपर्ने अवस्था सरकार र परिवारजनले सिर्जना गर्नुपर्ने उनको माग छ । यत्ति भए हामी आफै अब्बल छौँ भन्ने आत्मविश्वास कायम रहेने र अघि बढ्नसक्ने उनको दृढ विश्वास रहेको छ।

शारीरिक पीडासँगै मानसिक पीडा भुलेर खुसी हुँदै अघि बढेका आफूहरूलाई मान्छेसरह नगनिएकाले अपांग छु भन्ने कुराले झस्काइ रहने उनको अनुभव छ। जसले गर्दा कहिलेकाहीँ इच्छा, चाहाना, हिम्मत, साहसको दागबत्ती दिन मन लाग्ने गरेको बताउँछिन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • आज नयाँ वर्ष पशुपतिनाथमा पूजाआजाका लागि विषेश व्यवस्था

    आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन