इन्धनको मूल्यमा फेरी वृद्धी

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ । अब प्रतिलिटर पेट्रोल १११, डिजेल र मट्टीतेल ९५ रुपैयाँ तिर्नुपर्नेछ। यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसा र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिब्यारेल ५० डलर वृद्धि गरेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने यतावत राखेको छ। निगमले...

...विस्तृतमा पढ्नुहोस्

व्यापारी गुप्ताविरुद्ध २ अर्ब ७२ करोडको राजश्व छली मुद्दा

काठमाडौं– राज्यलाई अरबौं कर छलेर कारोबार गर्दै आएका व्यापारीविरुद्ध मुद्दा दायर भएको छ। भारतीय व्यापारी विनोद गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ कर छलीको अभियोग लगाइएको छ। बिगो र जरिवानाको मागदाबीका आधारमा राजश्व अनुसन्धानले चलाएको यो अहिलेसम्मकै ठूलो मुद्दा हो। गुप्ताले श्रीमतीको नाममा कम्पनी खोलेर कारोबार गर्दै आएका थिए। हिमालय कार्गाेका संचालक गुप्तालाई गत महिना...

...विस्तृतमा पढ्नुहोस्

मकै पोल्नेलाई दैनिक ४५ रुपियाँ र विद्यार्थीलाई मासिक २५ रुपैयाँ कर – यो ठिक हो कि हैन , तपाईलाई के लाग्छ ?

साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ ।यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्नेले डेढ सय कर...

...विस्तृतमा पढ्नुहोस्

एक वर्षमा १८ अर्बको बिजुली आयात

काठमाडौं। आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको समाचार आजको गोरखापत्रमा छापिएको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो । प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको छ । भारतबाट द्विदशीय सम्झौतबाट पनि नेपालले निःशुल्क बिजुली पाउने गरेको छ । प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका...

...विस्तृतमा पढ्नुहोस्

एनसेलको कर असुल्न सरकारले थाल्यो नयाँ पक्रिया

काठमाडौं, ३० साउन । सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ । व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलसहित अन्य...

...विस्तृतमा पढ्नुहोस्

हिमालयन बैंकमाथि तीन अर्व हिनामिना ? आखिर के हो कुरो ?

काठमाडौं। म्याक्स मनि एस.डी.एच.डिले हिमालयन बैंकका बिरुद्धमा तीन अर्व रुपैया बिगो दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस.डी.एच.डिका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि २०१६ सम्म हिमालयन बैंकले झुठो विवरण पेशगरि तीन अर्व बढि रकम भुक्तानि पेश गरेको आरोप लगाउदै उक्त बिगो दाबि गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै म्याक्स मनि एस.डी.एच.डिलेका लगानीकर्ता अब्दा हमिदले बिगत २०...

...विस्तृतमा पढ्नुहोस्

सार्वजनिक हुँदै नोकिया एक्स फाइभ के–के छन् फिचर्स

नोकिया ब्राण्डको नयाँ स्मार्टफोन नोकिया एक्स फाइभ मंगलबार सार्वजनिक हुँदैछ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले जुलाई १७ मा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । यसअघि जुलाई ११ मा एक्स फाइभ सार्वजनिक गर्ने भनिएको भएपछि ६ दिन पछि सारिएको थियो ।अघिल्लो स्मार्टफोन नोकिया एक्स सिक्स केवल चीनमा मात्रै लञ्च गरिएकोमा नोकिया एक्स फाइभ चाहीँ विश्वभर नै लञ्च गरिनेछ । नोकिया एक्स फाइभमा...

...विस्तृतमा पढ्नुहोस्

महँगी नियन्त्रण गर्न प्रधानमन्त्री ओलीद्वारा कडा निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलहरुले आगामी आर्थिक बर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिएका छन् । हिजो राति अवेरसम्म सिंहरदरबारमा आयोजित आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्ययोजनाको प्रस्तुतीकरण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिबहरुले मन्त्रालयगत कार्ययोजना प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । गृह,भौतिक पूर्वाधार तथा यातायात,उर्जा जलस्रोत तथा सिंचाइ(उर्जा तर्फ),उर्जा जलस्रोत तथा सिंचाइ (जलस्रोत र सिंचाइ तर्फ) सहरी विकास मन्त्रालयका सचिवले कार्ययोजना...

...विस्तृतमा पढ्नुहोस्

दिन दहाडै सबैको सामु १७ लाख लुटियो – पढ्नुहोस्

असार २७/ महोत्तरीको जलेश्वर–बर्दिवास सडकखन्डमा पर्ने सरपल्लोबजारनजिकै मंगलबार अपराह्न ४ बजेतिर लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतकाअनुसार मनरासिस्वा नगरपालिका–७, सरपल्लोबजारमा प्रभु मनि ट्रान्सफर सन्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रु १७ लाख २५ हजार दुईओटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर–बर्दिबास सडकखन्डको सरपल्लो गाउँको...

...विस्तृतमा पढ्नुहोस्

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि ९ वटा सहकारी समस्याग्रस्त घोषित

काठमाडौं–बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको भन्दै सरकारले नौ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले नौ वटा सहकारीलाई समस्याग्रस्तको सूचीमा राखेको हो । यसअघि एउटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । यो सँगै समस्याग्रस्त सहकारीको संख्या १० वटा पुगेको छ । समस्याग्रस्त संस्थामा चार्टड बचत तथा सहकारी सँस्था, प्यासिफिक, कन्जुमर, प्रभु, भेगास, कुँवेर, स्टाण्डर्ड, स्टाण्र्डड मल्टिपर्पोज कोअपरेटिभ छन् ।...

...विस्तृतमा पढ्नुहोस्