मोरङमा एकै परिवारको ४ जनाको घरभित्र आगो लगाइ हत्या, छानबिनमा प्रहरीको लापरबाही

के मेरो, आमा, दाजु—भाउजु र दिदी मारिनै पर्ने व्यक्ति थिए त ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृहमन्त्रालय लाग्नु पर्दैन ? अव कहाँ गएर न्याय खोज्ने ? यी लगातार प्रस्न थियो इन्दिरा राईको । उनी संकास्पद हत्या प्रकरणमा परेकी ८६ बर्षिय गंगामाया राईकी छोरी हुन् । घट्ना करिव एक बर्ष अघि को हो । २०७४ असोज ४ गते राति करिव १२...

...विस्तृतमा पढ्नुहोस्

मानसिक सन्तुलन गुमाएकी ६३ वर्षीया महिला बलत्कृत

मोरङको बेलबारी नगरपालिका–८ मा मानसिक सन्तुलन ठिक नभएकी एक महिला बलात्कारको शिकार भएकी छिन् । सिर्जना टोल बस्दै आएकी ६३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई बुधबार पक्राउ परेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...

...विस्तृतमा पढ्नुहोस्

बच्चा जन्माएर कुलोमा बगाउने १७ वर्षीया कुमारी आमासहित उनका प्रेमी थुनामा !

पर्वत– बच्चा जन्माएर घर नजिकैको कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन् । फलेवास नगरपालिका १०, कुर्घाकी १७ वर्षीया अविवाहित ती युवती र सोही ठाउँ बस्ने उनका प्रेमी मनबहादुर मल्ललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। बच्चा जन्माएर हत्या गरी फालेको दुई दिनपछि पक्राउ परेकी ती युवतीले प्रहरीसलाई प्रेमी मनबहादुरले बच्चा जेसुकै गर भनेपछि...

...विस्तृतमा पढ्नुहोस्

‘तीन महिने सुत्केरीलाई परिवारद्धारा हत्या’ – किन प्रहरीले मुद्दा दर्ता गर्नै मानेन ? पढ्नुहोस् !

असोज,१४/ बुटवलमा चार दिनअघि जलेर मृत्यु भएकी भनिएकी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ महुवारी निवासी २३ बर्षिय तारा बरईका माइतीले आफ्नी छोरीको हत्या पश्चात जलाएको आरोप लगाएका छन् । शनिबार मृतक बरईको माईती पक्षले भैरहवामा पत्रकार सम्मेलन गरी घर पक्षले आफ्नौ छोरीको हत्या गरी पछि जलेर आत्महत्या गरेको भनेर देखाउन जलाएको दाबी गरेको छ । मृतककी आमा राजमती बरई, बुवा राम बेलास बरई र मामा...

...विस्तृतमा पढ्नुहोस्

निर्मला पन्त हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

२० भदौ, २०७५ काठमाडौं । कञ्चपुरमा भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग बयान लिएको हो । प्रहरी स्रोतका अनुसार उनीहरुसँग प्रहरीले सोमबार र मंगलबार गरी दुई पटक सोधपुछ गरेको थियो । स्थानीयले उनीहरुमाथि आशंका गरेको सार्वजनिक...

...विस्तृतमा पढ्नुहोस्

गाउँलेलाई दु:ख दिएको आरोपमा झाँक्रीको हत्या, २४ जना जेल

धादिङ, १३ भाद्र । जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न र चार जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले आज...

...विस्तृतमा पढ्नुहोस्

यी हुन् अर्की एक निर्दयी आमा, जसले ११ दिने शिशुको माटो मुनि गाडेर हत्या गरिन – पढ्नुहोस

गोरखा, १३ भाद्र । ११ दिने शिशुको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका–२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । भदौ ८ गते थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको छोरी टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् । राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई...

...विस्तृतमा पढ्नुहोस्

आफ्नै दाजुको वंशनाश गरेर शव गायब !

९ भदौ २०७५ ,राजविराज: दाजुको वंशनाश गरेको आरोपितसहित पाँच जना पुर्पक्षका लागि थुनामा परेका छन् । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको आदेशले राजविराज नगरपालिका–१५ मुसर्नियाका मुर्जा भनिने पञ्चदेव साह, उनकी पत्नी प्रमिलादेवी साह, उनका भाइ विराटनगर–११ बस्ने सत्यनारायण साह, राजविराज–१५ का धर्मेन्द्र साह र थापा भनिने जिवछ साह राजविराज कारागारमा थुनामा परेका हुन् । घटनामा संलग्न थप सात जना पक्राउ परेका छैनन् । सप्तरीका डीएसपी भावेश रिमालका...

...विस्तृतमा पढ्नुहोस्

नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाइले बताए। उनका अनुसार पथरीशनिश्चरे( ७ का सुशील लिम्बू, गणेश सुन्दास, विजय लिम्बू, सुदीप विक, अमन श्रेष्ठ, पथरीशनिश्चरे ४ का सागर राईलगायत १० जनाको समूहले नातिसँगको रिसिवीका कारण हजुरबुवालाई खुकुरी...

...विस्तृतमा पढ्नुहोस्

४ वर्षीया बालिकालाई चकलेट दिएर बलात्कार गर्दै गरेको अवस्थामा ६५ वर्षीय वृद्ध पक्राउ

परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ मा बालिका करणी गरिरहेको अवस्थामा एकजना रंगेहात पक्राउ परेका छन्। शनिबार चार वर्षीया बालिकालाई मिठाई खान दिएर आफ्नै घरभित्र बलात्कार गर्दै गरेको गरेको अवस्थामा बालिकाको आमाले देखेपछि प्रतापपुर गाउँपालिका-९ का ६५ वर्षीय थारुलाई स्थानीयले पक्राउ गरी प्रहरीसमक्ष बुझाएका हुन्। १७ वर्षअघि श्रीमतीको मृत्यु भएपछि थारु छोरीको घरमा बस्दै आएका छन्। थारुलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा चलाउन लागिएको प्रहरी निरीक्षक बस्नेतले...

...विस्तृतमा पढ्नुहोस्