पिकनिकबाट फर्किँदै गरेको टेम्पो दुर्घटना, पाँचजनाको मृत्यु


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, मंसिर २१, २०७६

२१ मङ्सिर २०७६ , चितवन । चितवनमा भएको अटो टेम्पो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको अटो टेम्पो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाका अनुसार दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बेलुका सवा ६ बजे दुर्घटना भएको थियो

ना १ ह ६४०९ नम्बरको टेम्पो पिकनिकबाट फर्किँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा एकजनाको मात्रै नाम खुलेको छ । कुस्माका श्यामप्रसाद तिवारीको सनाखत भए पनि बाँकी चार जनाको सनाखत हुन सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology