बोम्जन गुरुङ, दक्षिण कोरिया ।
१४ जनवरी २०२०
नेपाल मगर संघ गणतन्त्र कोरियाले बर्षेनी मनाउदै आइरहेको "मगर माघे संक्रान्ति विशेष कार्यक्रम" का लागी नेपालबाट पाल्नुभएकी लोक तथा दोहोरी क्षेत्रका अत्यन्त चर्चित गायिका तथा स्याङ्जाली चेली सुमन थापा मगरलाई स्याङ्जा परिवारले सम्मान गरेको छ । सो कार्यक्रम सउल स्थितको 동대문구 답십리로9 2층 영미밥상 मा (सउल मेट्रेा लाइन नं. १ छ्याङरी यक गेट नम्बर ६ बाट २० मिटर अगाडी) नेपाल मगर संघ गणतन्त्र कोरिया र शाखाको संयुक्त आयोजनामा धूमधाम साथ मनाएको हो ।
सो सम्मान कार्यक्रममा स्याङ्जा परिवारको तर्फबाट संस्थागत रुपमा अध्यक्ष युवराज गुरुङबाट सम्मान पत्र, केन्द्रीय सल्लाहकार नरेन्द्र गुरुङबाट दोसल्ला र केन्द्रीय सल्लाहकार होबिर थापा मगरबाट सोही हलमा संकलित मायाको चिनो/हौसला स्वरुप केहि रकम, उपाध्यक्ष बिपना गुरुङ, स्याङ्जा परिवार थेगु शाखाका प्रमुख सल्लाहकार रमेश मश्राङ्गी मगर, अध्यक्ष नवराज वाग्ले, वरिष्ठ उपाध्यक्ष मित्र मगर, संस्थाका भु.पू. खेलकूद संयोजक वेदना आले मगर, केन्द्रीय सह-सचिव किशु थापा मगर, कोषाध्यक्ष विजय थापा मगर, सदस्य इन्द्र थापा मगर, सक्रिय सदस्य देवी आले मगर लगायतका अन्य व्यक्तित्वहरुबाट कलाकार थापा मगरलाई दोसल्ला/खादाले व्यक्तिगत रुपमा समेत सम्मान गरिएको थियो ।
आमन्त्रित कलाकार सुमन थापा मगरको बेजोड प्रस्तुति सँगै स्थानिय चर्चित कलाकारहरु देबिन्द्र काउचा मगर, जितन भाई श्रीस मगर, स्निका थापा मगर, माया थापा मगर, एस.बी.राना.मगर, बिकास थापा, बबिता पुन, थेगु शाखाका कलाकारहरु, किम्हे/बुसान शाखा लगायतका कलाकारहरुको विशेष प्रस्तुति सो कार्यक्रम दक्षिण कोरियाको राजधानी सउल लगायत दक्षिणी भेग थेगु, बुसान, किम्हे र अन्य क्षेत्रबाट गरि ३०० जनाभन्दा धेरैको उल्लेख्य उपस्थिति रहेको केन्द्रीय अध्यक्ष सि.पी. मगरले जानकारी दिनुभएको छ ।
कार्यक्रमका अन्त्यतिर नेपालबाट आमन्त्रित कलाकार सुमन थापा मगर लाई स्याङ्जा परिवार सँगै आयोजक नेपाल मगर संघ गणतन्त्र कोरिया र संघका शाखाहरुको तर्फबाट मायाको चिनो, सम्मान पत्र सहित दोसल्ला र खादा लगाई सम्मान गरिएको थियो । अति व्यस्त समयका कारण कार्यक्रमलाई छोटो र स्फूर्तिलो बनाउने उद्वेश्यअनुरुप स्याङ्जा परिवारको तर्फ बाट अनौपचारिक सम्मान कार्यक्रमको सञ्चालन डिल्लु बिरकट्टा मगरले गर्नुभएको थियो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ