वुहानमा रहेका नेपालीलाई फर्काउने तयारीः ज्ञवाली


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, माघ १७, २०७६


परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरसग्रस्त चीनको वुहान क्षेत्रमा रहेका नेपालीलाई नेपाल फर्काउने तयारी भइरहेको बताएका छन् ।

केही दिनअघि चीनको वुहानमा रहेका नेपालीहरूले अरू देशका साथीहरूलाई सम्बन्धित सरकारले उद्दार गरेर घर फर्काए पनि आफूहरू कोरोनाग्रस्त वुहानमा अलपत्र र त्रसित भएर बस्नु परेको गुनासो गरेका थिए । सँगैका साथीहरू फर्किएपछि डर र त्रासका कारण तनाव बढेको उनीहरूले बताएका छन् ।

परराष्ट्र मन्त्री ज्ञवालीले भने ‘हामीले बेइजिङ्ग र काठमाडौंमा उहाँहरूलाई फर्काउने तयारी गरिरहेका छौँ । वुहानमा रहेका सबै नेपालीलाई म आग्रह गर्छु तपाईंहरू नआत्तिकन बस्नुस्, सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको छ ।’


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology