काठमाडौँ । सुन्दा कुनै फिल्मको कहानी भन्दा फरक छैन सीता पराजुली (नाम परिवर्तन) को भोगाई । काभ्रेको विकट गाउँमा जन्मेकी सीता मध्यमवर्गीय परिवारबाट प्रतिनिधित्व गर्छिन् । सानैमा आमा बितेकी सीतालाई बुबाले हुर्काए–बढाए । आफ्ना केही सपना र परिवारप्रतिका केही जिम्मेवारी बोकेर सहर छिरेकी एउटी गाउँले केटीको कहालीलाग्दो वास्तविक आहान हो यो । त्यो छ महिना लामो अन्धकारमय कालखण्ड रह्यो सीताको जीवनमा । आफ्नै कोठाभित्र पनि बन्दीले जसरी सजाय काटेर निस्सासिनु पर्यो उनले । सबैभन्दा घीन लाग्ने त्यो अनुहारको दैनिक सामना गर्नुपथ्र्यो उनले; जसले उनको कलिलो शरीरलाई निचोरेर छिया छिया पारिदिएको थियो । गतवर्षको मङ्सिर महिनामा गाउँका एकजना दाइले काठमाडौँमा सेक्युरिटी गार्डको काम लगाइ दिन्छु भनेपछि केही गरेर आत्मनिर्भर बन्ने सपना बोकेर काभ्रे छाडी काठमाडौँ छिरेकी थिइन् सीता । सेक्युरिटी गार्डको जागिरका लागि प्रहरी सिफारिस चाहिने भएपछि सीता रिपोर्ट बनाउन ललितपुर चापागाउँस्थित प्रहरी वृत्तमा पुगिन् । चापागाउँ वृत्तका डिएसपी राजकुमार ख्युजुले प्रहरी सिफारिसका लागि सीतालाई जावलाखेल जानुपर्छ भने । बिरानो सहरमा अन्जान सीतालाई केही सजिलो भयो; जब डिएसपी ख्युजुले जावलाखेलमा सिफारिसका लागि आफूले भनसुन गरिदिने बताए । केही ढुक्क बनेपछि सीतालाई डिएसपी ख्युजुले चिया खान भनी आफ्नो क्याबिनमा लिएर गए । क्याबिनमा प्रहरीका एकजना स्टाफले चिया बनाएर ल्याएपछि ख्युजुले उनलाई बाहिर पठाएर एकाएक क्याबिनको ढोकाको चुक्कुल लगाए । ‘झ्यालहरू सबै बन्द थिए; डिएसपी एकैपटक मेरो जीउ समात्न आइपुगे । म कराउन लाग्दा मेरो मुख थुनिदिएर तल लगाएको कपडा जबरजस्ती खोली मलाई करणी गरे ।’ गतवर्षको मङ्सिर महिनाको त्यो कहालीलाग्दो घटना सम्झिँदै सीता भन्छिन्, ‘मलाई थाङथिलो बनाएपछि मैले बाहिर गएर सबैलाई भन्छु भन्दा भिडियो गरेको छु । पब्लिस गरिदिन्छु भनेर धम्क्याएपछि म पीडाले हलचल नै गर्न नसक्ने भए । बाहिर आउँदा म थाङथिलो भएकी थिए । पछि त्यही डिएसपी ख्युजुले सीता बिमारी छ, घर पुर्याइदेऊ भनेर प्रहरीकै गाडीमा बसाइ मलाई मेरो बानेश्वरको कोठासम्म पु¥याइदिए ।’ रक्षक नै भक्षक बच्चाबेलादेखि नै प्रहरी रक्षक भनेर सुन्दै आएकी सीताले त्यसदिन आफ्नै नाङ्गो आँखाले रक्षकको भक्षक रूप देखिन् । आफूमाथि बलात्कार भएको थाहा पाउँदा पाउँदै बाहिर बसेका जवानहरू तथा अन्य प्रहरी अधिकारीहरूले पनि नाङ्गो नाँच हेरेर बसे । नेपालको सबैभन्दा ठूलो पुलिस नै डिएसपी होला भन्ने निर्दोष भ्रम थियो सीतालाई त्यो बेला । आफूमाथि भएको अन्याय र डिएसपी पदको बल अगाडि अन्जान ठाउँमा कहाँ जाने ? कता जाने ? के गर्ने ? उनलाई कुनै भेऊ नै भएन । सीतामाथिको त्यो घृणित व्यवहार अब त्यो दिनमात्र सीमित रहेन । डिएसपी ख्युजुले सीतालाई उनको भिडियो भाइरल गरिदिने धम्की दिँदै आफूलाई भेट्न आउन पटक–पटक दबाब दिन थाले । फोन गर्ने, फोन रिसिभ नगर्दा कोठामै गाडी लिएर आउने गर्न थाले । सीतामाथिको अत्याचारले त त्यो बेला सीमा नाघ्यो जब डिएसपी ख्युजु दिनमा तीनदेखि चारपटक सम्म आएर उनीमाथि जबर्जस्ती गर्न थाले । सीताले आँशु पुछ्दै आफ्नो वेदना पोखिन् । ‘मेरो कामको सिफ्ट अनुसार फुर्सदको समय थाहा पाएर डिएसपी दिनहुँजसो कोठामा आउन थाले । मैले फोन रिसिभ गरिन् वा अफ् गरे भने गाडी लिएर कोठामै आउथे’ सीता भन्छिन् । मङ्सिरदेखि सुरु भएको सीतामाथिको त्यो अत्याचार लगातार ६ महिनासम्म चलिनै रह्यो । सिधासाधा सीताले न कसैलाई भन्न सकिनँ न त केही गर्न नै । ‘त्यो छ महिनाको बीचमा मैले धेरै औखतीहरू खाए । मैले मर्न धेरै कोसिस गरे, सकिनँ ।’ गत बैशाख महिनामा ख्युजुको विराटनगरमा सरुवा भएपछि पिँजडाको चरा जस्तै मुक्त भएकी थिइन् सीता । तर टाढा रहेर पनि डीएसपी ख्युजुले सीतालाई आफ्नो गिद्धे नजरबाट बच्न दिएनन् । जोन नामको फेक आइडी बनाएर धम्की दिने तथा अस्लिल शब्द प्रयोग गरी गाली गर्ने गर्न थाले । फोन उठाउन धम्काउँदै बेलाबखत भिडियो कल गरेर गुप्ताङ्ग देखाउने, ब्ल्याकमेल गर्ने क्रम रोकिएन । सीताले आफू बाहिर गएर डिएसपीको कर्तुतको पर्दाफास गर्ने धम्की दिएपछि डिएसपीले आफ्नी श्रीमती र छोरीद्वारा आफूलाई पिटाएको समेत सीताले बताइन् । आफूमाथि अन्याय गरेर नारकीय जीवन बनाउने ती डिएसपीले आफ्नै आँखा अगाडि सजाय पाएको देख्ने उनको एउटै इच्छा थियो । तर, कहाँ जाने, के गर्ने कुनै बाटो नदेखेकी सीतालाई न्यायको झिनो आशा त्यतिखेर जाग्यो जब उनले आफ्नो फेसबुकमा साथी रहेका दाङका एकजना पत्रकारसँग कुराकानी गर्ने मौका पाइन् । उनको दुःखद बेलिबिस्तार सुनेपछि ती पत्रकारले काठमाडौँका पत्रकार साथीलाई सम्पर्क गरिदिए । काठमाडौँका पत्रकारमार्फत सीता राष्ट्रिय महिला अधिकार मञ्चसम्म पुगिन् । लोभलालच, धम्की तथा आश्वासन सीताले आफूमाथि भएको ज्यादती अधिकार मञ्चमा सुनाएपछि डिएसपी ख्युजुले मान्छेहरु परिचालन गरेर उनलाई धम्की दिने गर्न थाले । राजु बस्नेत नामका एकजना पत्रकार पनि डिएसपीका पक्षबाट सीतालाई लोभलालच, धम्की तथा आश्वासन दिएर घटना मिलाउन बार्गेनिङ गर्न थाले । तर सीताले केही प्रवाह नगरी, कसैलाई नसुनी राष्ट्रिय महिला अधिकार मञ्चकी अभियन्तालाई आफूसँग ६ महिनासम्म भएको घटनाको जाहेरी दिन महानगरीय प्रहरी वृत्त टेकु पुगिन् । तर प्रहरी अधिकारीमाथि नै लगाइएको आरोपको जाहेरी प्रहरीले लिन मानेन । प्रहरीले जाहेरी दिने भए प्रमाण चाहिने भनेपछि सीताले मोबाइलमा भएका केही दसि प्रमाण प्रहरीलाई देखाइन् । तर प्रहरीले सीताको मोबाइल खोसी घटनासँग सम्बन्धित प्रमाणको रूपमा प्रस्तुत गर्न सकिने भिडियो, अडियो, तस्वीर लगायतका सामग्रीहरू डिलिट गरिदिए । रक्षकबाट नै लुटिएकी सीताले न्याय खोज्दा जिम्मेवार निकायबाट नै सकस भोग्नुपरकोे राष्ट्रिय महिला अधिकार मञ्चकी अभियन्ताले बताइन । ‘मेरो घरपरिवारलाई धम्की दिइयो । मैले म माथि भएको अन्यायको पर्दाफास गर्छु भनेर बाहिर आउँदा प्रहरी प्रशासनले नै मलाई घटना लुकाउन दबाब दियो । डिएसपी ख्युजुलाई जेल पु¥याएर सजाय दिएको हेर्न मन छ ।’ सीताले भावुक हुँदै भनिन् । याे पनि पढ्नुहाेस्ः डिएसपी राजकुमार ख्यूजुद्वारा युवती बलात्कार
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ