कृषि विश्वविद्यालयकाे साताैँ आङ्गिक  क्याम्पस रोल्पामा


  • कामना न्यूज
  • प्रकाशित मिति : बुध, माघ २२, २०७६

काठमाडाैँ – रोल्पाको माडीचौरमा स्नातक तहको कृषि क्याम्पस सञ्चालनमा आएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले क्याम्पस उद्घाटन गरेका थिए । उक्त क्याम्पस कृषि तथा वन विज्ञान विश्वविद्यालयको सातौँ आङ्गिक क्याम्पसको रूपमा सञ्चालनमा आएको हो ।

चार वर्षे स्नातक तहको बी एस्सी एजी लगाएतको पढाइ हुने, क्याम्पसको आफ्नै भवन नभएकाले हाललाई रोल्पा नगरपालिकाको संग्रहालय भवनमा क्याम्पस स्थापना गरिएको छ । आगामी फाल्गुन १४ गतेदेखि नियमित पढाइ सञ्चालन हुने क्याम्पस प्रमुख सुमन ढकालले बताए । स्थानीयले क्याम्पस निर्माणका लागि करिब १ सय रोपनी जग्गा उपलब्ध गराएका छन् ।

क्याम्पसको उद्घाटन गर्दै मन्त्री पुनले विगतमा हाम्रो शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने खालको भएकाले हाल सरकारले प्राविधिक विषयको पढाइलाई प्राथमिकता दिएको बताए । मन्त्री पुनले भने, ‘सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिएको छ । त्यही सिलसिलामा देशभरि नै प्राविधिक विषय पढाइ हुने स्कुल तथा क्याम्पस स्थापना हुने क्रम बढ्दो छ ।’

क्याम्पसलाई जनशक्ति उत्पादन, अनुसन्धान र प्रचार गरी देशकै नमुना क्याम्पस बनाउन कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन जयप्रकाश दत्तले सुझाव दिएका छन । उक्त क्याम्पसमा हाल ५४ जना विद्यार्थी भर्ना भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology