ग्राहकको सन्तुष्टि नै हामो सन्तुष्टिः अध्यक्ष सुवेदी


  • कामना न्यूज
  • प्रकाशित मिति : बुध, माघ २२, २०७६

भीमा पन्थी,  कामना न्यूज संवाददाता ।

काठमाडाैँ- नेपाल टेलिकमको १६ औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले ग्राहकको सन्तुष्टि नै नेपाल टेलिकमको सन्तुष्टि लगायत कम्पनीको सफलता बताएका छन् ।

बहुप्रतिक्षित फोरजी परियोजना अन्तर्गत सम्झौता सम्पन्न भई एक वर्षभित्रै देशभरि सेवा विस्तार गर्ने अत्यन्तै महत्वकांक्षी र चुनौतीपूर्ण लक्ष्यमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले भने ‘कर्मचारीहरूको कटिबद्धताले नै कम्पनी सफल भएको हो । सेवाप्रदायक कुनै एक व्यक्तिको आधारमा ग्राहकहरूको संस्थाप्रतिको धारणा बन्छ । तसर्थ, ग्राहकहरूको कम्पनीप्रतिको विश्वासले पनि आफूहरूलाई काम गर्न प्रोत्साहित गरेको उनले बताए ।

२०३२ सालबाट नेपाल दूरसञ्चार संस्थानको रूपमा स्थापना भएको टेलिकम २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको नामबाट दर्ता भई ६१ सालबाट नेपाल टेलिकमको नामले चिनिन थालेको हो । नेपाल दुरसञ्चार कम्पनी लिमिटेले हरेक वर्ष माघ २२ लाई वार्षिकोत्सवका रूपमा मनाउने गर्छ ।

नेपाल टेलिकमले २ हजारभन्दा बढी स्थानमा जडित ३६ सय बढी भल्यमभद्य सहितको अत्याधुनिक प्रविधिमा आधारित सो पूर्वाधारमार्फत हाल ७७ वटै जिल्लामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । गत एक वर्षमा मात्रै कम्पनीको मोबाइल सेवाको विस्तारको लागि करिब ३४० नयाँ टावर जडान गरी बिटिएस सेवा विस्तार गरेको छ । यसैगरी हालसम्म २८ जिल्लाका ५७ एक्स्चेञ्जहरू मार्फत १ लाख ४५ हजारको नेटवर्क जडान गरी ३६ हजार ४ सय भन्दा बढी जनसङ्ख्यामा सेवा पु¥याएको छ ।

यसरी नै सरकारी राजस्वमा समेत यस कम्पनीले उल्लेखनीय योगदान गरेको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीले गैरकरस्वरूप रु. २५.७६ अर्ब र डिभिडेण्ड वापत रु. ७.५५ गरी कुल रु.३३.३१ अर्ब राजस्व दाखिला गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology