Logo

सोमवार, आश्विन १२ गते २०७७

हात्तीपाइले, कार्यक्रम र अवस्था

हात्तीपाइले, कार्यक्रम र अवस्था

  • 80
    SHARES

  • एक प्रकारको सानो धागो आकारको जुकाजस्तै फाइलेरिया जातको उच्चे्ररिया ब्याँक्रोफ्टी नामक परजीवी मानव शरीरमा प्रवेश गरेपछि मानिसलाई अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक प्रकारको रोगलाई हात्तीपाइले रोग (फाइलेरिया) भनिन्छ । यो रोग संक्रमित पोथी लामखुट्टे (क्युलेक्स) र कालो झिँगाको टोकाइबाट सर्छ । लामखुट्टेको टोकाइपछि मानव शरीरको लसिका प्रणालीमा असर पर्न गई अस्वाभाविक रूपमा शरीरका अंगहरू सुनिन थाल्छन् र यो रोगले भयावह स्थिति सृजना गर्दछ । शीघ्र अवस्था वा देखापर्ने लक्षणहरू -सुरुको अवस्थामा बिस्तारै अंगहरू सुनिँदै गएर नरम वा थिच्दा थिचिने खालको हात्तीको जस्तो पाइला (सुजन) देखापर्छ । -पछिल्लो अवस्थमा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जान्छ । -ठूलो खालको सुजन बन्छ । -छालामा पत्र हुँदै जाने वा गाँठागुठी पलाउन थाल्छन् । -सुन्निएको अंगमा मुसाहरू पलाउन थाल्छन् । -घाउहरू आउन थाल्छन् । (सुरुको अवस्थामा भने संक्रमित मानिसमा कुनै किसिमको लक्षणहरू देखिँदैन तर राता रक्त नमुना संकलन गरी जाँच गराएमा रगतमा परजीवी देखिन सक्छ वा भिडियो एक्स—रे गरेर हेर्दा lymph vessel हरु फैलिएको र वयस्क जुकाहरूको झुप्पाहरू देखिन सक्छ । रोकथामका उपायहरू -लामखुट्टेको टोकाइबाट बच्ने -वर्षको एकपटक लगातार छ वर्षसम्म हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्ने । -संक्रमित व्यक्तिको रगतप्रति रजक रहने । प्रयोग हुने औषधीहरू  
    • DEC( diethyl carbamazine)
    • Albendazole
    हात्तीपाइले रोगविरुद्ध औषधी सेवनमा ध्यान पु¥याउनु पर्ने कुराहरू -दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरू (कुनै कडा रोग लागी औषधी सेवन गरिरहेका व्यक्ति जस्तै क्यान्सर, मुटुरोग, कलेजो रोगी, मृगौला रोगी, फोक्सोका दीर्घ रोगी, छारे रोगीहरू, कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिका) तथा ज्वरो आएको २४ घण्टा भित्रमा औषधी सेवन गर्नु हुँदैन । -खाली पेटमा खानु हुँदैन । -शरीरमा रोगको परजीवी भएका व्यक्तिहरूमा औषधी सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ । यसलाई औषधीको सकारात्मक प्रभावको रूपमा लिइने भएकाले डराउनु हुँदैन । लामो समयसम्म समस्या भएमा नजिकैको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारको लागि सम्पर्क गर्ने । नेपालमा हात्तीपाइलेको अवस्था सन् २००१ को सर्वेक्षण अनुसार जोखिममा रहेका ६३ जिल्लाहरूमा (गुल्मी, मुगु, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मनाङ, मुस्ताङ, रसुवा, दोलखा, सोलुखुम्बु, खोटाङ, सङखुवासभा र ताप्लेजुङ बाहेक) रोगको प्रीभालेन्स १३ प्रतिशत रहेको थियो । अहिले २.५ करोड जनसंख्या जोखिममा रहेको छ भने रुग्णता प्रतिवेदन गरिएको जनसंख्या भने ३० हजार भन्दा बढी रहेको छ । जसमा धेरैमा हाइड्रोशिलको समस्या देखिएको छ । नेपालमा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम लक्ष्य -सन् २०२० सम्म रोगलाई जनस्वास्थ्यमा समस्याको रूपमा रहन नदिने । -सन् २०१४ सम्म सबै इन्डेमिक जिल्लामा आम औषधी सेवन अभियान सुरू गरी सक्ने । -सन् १०१८ सम्म रोगको प्रीभ्यालेन्स १ प्रतिशत भन्दा तल झार्ने । रणनीतिहरू वर्षको १ पटकका दरले ६ वर्षसम्म आम औषधी सेवन अभियान सञ्चालन गर्ने र रोग सर्ने प्रक्रिया अवरुद्ध गराउने रोगीहरूको व्यवस्थापन तथा अंगभंग हुन बाट रोक्ने । कार्यक्रमहरू -९ हजार ८० जनामा हाइड्रोशिलको निःशुल्क शल्यक्रिया २०७६÷७७ सम्म । -२१ वटा जिल्लामा बिरामीहरूको नक्सांकन,स्वास्थ्यकर्मीहरू र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई बिरामी व्यवस्थापन बारे तालिम प्रदान । -समुदाय स्तरमा तालिम प्रदान (धादिङ, बर्दिया र कपिलवस्तु, २०१६ सम्म । -कुष्ठरोग र हात्तीपाइले रोगको संयुक्त व्यवस्थापन (लालगढ अस्पताल) । -सन् २००१, २००९, २०१२ मा रोगको नक्सांकन । -भौगोलिक कभरेज १०० प्रतिशत सन् २०१३ सम्म । -११ करोड भन्दा बढी मात्रा औषधी सेवन गराइएको । कार्यक्रममा चुनौतीहरू -आम औषधी सेवनबारे गलत धारणा । -गर्भिलेन्सका क्रममा पास हुन नसकेका जिल्लाहरू । -सहरी क्षेत्रमा औषधी सेवनको प्रगति सन्तोषजनक नहुनु । -नयाँ संरचनामा आमसेवन अभियान संचालन । -उपलब्धिलाई दिगो बनाइराख्नु एकीकृत भेक्टर व्यवस्थापन । -बिरामीहरूको नक्सांकन तथा व्यवस्थापनको गति । विश्वमा हात्तीपाइले रोगको अवस्था -हाल ५० देशका ८५.६ करोड मानिसहरू यस रोगको जोखिममा छन् । -सन् २००० सम्म १२ करोड मानिसहरू संक्रमित तथा ४ करोड मानिसहरू अंगभंग भएका छन् । -दक्षिण पूर्वी एसियाका ११ देश ब्रुनाइ, म्यानमार, कम्बोडिया, टिमोर, लिष्टे, इन्डोनेशिया, लाओस, मलेशिया, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाममध्ये ९ देशमा यो रोगको जोखिम पाइएको छ । -संसारमा जोखिममा रहेका मध्ये ६५ प्रतिशत मानिसहरू यिनै ९ देशमा रहेका छन् । विश्वमा हात्तीपाइले रोग निवारणको अवस्था -विश्व स्वास्थ्य संगठनले २०२० सम्म आम औैषधी सेवन मार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । -संसारका ७१ मध्ये २१ संक्रमित देशहरूले आम औषधी सेवन कार्यक्रम सम्पन्न गरिसकेका छन् । -हालसम्म ४०.९ करोड मानिसहरूले पूर्ण उपचार पाएका छन् । ६७ अर्ब मात्रा औषधी खुवाइ सकिएको छ । यस रोगलाई मध्यनगर गर्दै नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको कार्यक्रममा सहभागी हुँदै सन् २००३ देखि राष्ट्रिय आम औषधी सेवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । सुरुमा ६३ जिल्लामा औषधी सञ्चालन गरिएको थियो भने हाल ५० जिल्लामा बन्द गरिएको छ । बाँकी १३ जिल्ला (झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ्ग, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा यही माघ २५ गते देखि कार्यक्रम सञ्चालन हुन गइरहेको छ । आम औषधी सेवन कार्यक्रमको लागि १३ जिल्लामा ७४ लाख ६१ हजार जनसंख्या लक्षित गर्दै रु २१ करोड ५३ लाख ७८ हजार बजेट विनियोजन गरीएको छ । जसअन्र्तगल संघमा ३ करोड ३२ लाख, प्रदेशमा ७ करोड ३३ लाख ४२ हजार र स्थानीय तहमा १० करोड ८८ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ । भने यसको लागि ५ हजार ८ सय ८५ स्वास्थ्यकर्मीरू र १० हजार ८ सय ३८ महिला स्वास्थ्य स्वयमसेविका परिचालन हुनेछन् ।

    • शुक्रवार, माघ २४ २०७६०६:०२:०३
    सम्बन्धित समाचार
    विशेष सबै
  • प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै