नेपालको राम्रो प्रदर्शन


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६


काठमाडौँ । अहिले विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज भइरहेको छ । आज भइरहेको दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध राम्रो बलिङ गरेको छ ।

चार ओभरको खेल सकिएको छ । चार ओभरमै नेपालले ४ विकेट लिएको छ। यस क्रममा अमेरिकाले १३ रन मात्र बनाएको छ । सन्दीप लामिछाने र करन केसीले समान २÷२ विकेट लिए ।

यसअघि सन्दीपले यस प्रतियोगितामा लिएको प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतम बुद्ध क्रिकेट रंगशालालाई सहयोग गर्ने बताएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology