नेपालद्वारा अमेरिका ३५ रनले पराजित


  • कामना न्यूज
  • प्रकाशित मिति : शनि, माघ २५, २०७६


काठमाडौं– आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गराएको छ ।

आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनले जित दर्ता गराएको हो ।

टस जितेर फिल्डिङ रोजेको अमेरिकाले नेपालले ४९ दशमलब दुई ओभरमा १९० रनमा सीमित गराएपनि अमेरिकाले १९१ रनको लक्ष्य भेटाउन सकेन । उसले ४४.१ ओभरमा १५५ रन बनाउँदै सबै विकेट गुमाएपछि खेल नेपालको कब्जामा परेको हो ।
अमेरिकाका लागि इआन होल्यान्डले सर्वाधिक ७५ रनको पारी खेले । उनले ७ चौका हानेका थिए । त्यस्तै क्यामेरोन स्टेभेन्सनले १९ रन तथा करिमा गोरले १० रन जोड्नबाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंक स्कोर बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट लिएका थिए त्यस्तै सन्दीप लामिछानेले दुई तथा कुशल मल्लले एक विकेट हात पारे ।
नेपालले ब्याटिङतर्फ आफ्नो फितलो पारीले केही समय निराश पारेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले शून्य रन, पारस खड्काले १९ रन बनाइ आउट भएका थिए । त्यस्तै कुशल मल्लले ५० रन बनाए । कुल ५१ बल खेल्दै अर्धसतक हानेका मल्ल एकदीवसीय क्रिकेटको डेभ्युमा सबैभन्दा कम उमेरमा अर्धशतक हान्ने खेलाडीका रूपमा कीर्तिमान समेत राखेका छन् ।
त्यस्तै खेलमा विनोद भण्डारीले ५९ रन, करण केसीले १२ तथा सुशन भारीले ११ रनको योगदान दिएका थिए ।

अमेरिकाका लागि क्यामरोन स्टिभले तीन तगा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई–दुई विकेट लिए भने करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक–एक विकेट लिए।

यसअघि बुधबार नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology