Logo

सोमवार, आश्विन १२ गते २०७७

शिशु उपचारमा आवश्यक उपकरण सहयोग

शिशु उपचारमा आवश्यक उपकरण सहयोग

  • 74
    SHARES

  • काठमाडौँ - लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी वान नेपालले बेनी अस्पताललाई १७ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको छ । क्लबहरुको पहलमा नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएको लायन्सका गभर्नर इन्दु लम्सालले जानकारी दिइन् । बेनीमा शनिबार सम्पन्न क्लबको बैठकको अवसरमा नवजात शिशुको उपचारमा प्रयोग हुने फोटोथेरापी, बच्चालाई तातो बनाउन प्रयोग हुने सक्सन, हेन्स सेनीराइटर र प्रिपेशन सेट प्रदान गरिएको थियो । अस्पतालका नर्सिङ अधिकृत खेमकुमारी पन्तले ती उपकरणले नवजात शिशुलाई जन्डिस, श्वासप्रश्वास तथा महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा उपचारमा सहज जानकारी दिइन् । यसैगरी लायन्स क्लबले करिब दुई करोडको लागतमा म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माविमा दुईतले आठकोठे पक्की भवन निर्माण गरेको छ । एक करोड ९३ लाखको लागतमा भवन निर्माण गरेको क्लबका गिरिधारी शर्माले जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीले सुरक्षित भएका प्रधानाध्यापक गणेश बानियाँले बताए । कक्षा १ देखि १२ सम्म पठनपाठन हुने सो विद्यालयमा २५६ विद्यार्थी रहेका छन् । विद्यालयमा कक्षा ८ देखि १२ सम्म प्राविधिक विषयको पढाइ हुन्छ । भवन निर्माणका लागि विद्यालयले आठ लाखमा जग्गा खरिद गरेको थियो । मालिका गाउँपालिका–७ बिमको किसानी माविमा पनि अर्को आठकोठे भवन निर्माण अन्तिम चरणमा पुगेको क्लबका सल्लाहकार संयोजक चन्द्रकुमार केसीले बताए । कृषि प्राविधिक विषयको पठनपाठन हुने किसानी माविको पुरानो भवन पनि भूकम्पले क्षति पुर्‍याएको थियो ।

    • शनिवार, माघ २५ २०७६०९:५६:४९
    सम्बन्धित समाचार
    विशेष सबै
  • प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै