Logo

सोमवार, आश्विन १२ गते २०७७

पाइलट बारिस्ताः नाङ्लोदेखि निर्यातसम्म

पाइलट बारिस्ताः नाङ्लोदेखि निर्यातसम्म

  • 888
    SHARES

  •  
    • शान्तिम् ।
    लट्टा परेको जटाधारी हुलिया, प्वाल पारिएको आँखीभौँमा फुलीजस्तो जन्तर । देख्दै कुनै अघोरी बाबा जस्तै देखिने व्यक्ति, कफी मेसिनको ह्याण्डललाई काँता सिकाइरहेजस्तो दृश्य । तर, कुनै क्याफेमा काँतावाला हाउभाउ किन पो जरुरत पथ्र्यो ? यो दृश्य कुनै सिनेमाको होइन र होइन कुनै कराँते प्रतियोगिताको । यो त कफी खुवाउने रक बिन्ज कफीका हाकिम साहेबको ‘बिजिनेस स्ट्राटेजी’ हो । अर्थात् रक बिन्ज कफीका ‘लत’ असिम खत्रीको कफी बेच्ने मौलिक ‘पारा’को हो । वास्तवमा उनले कफी बनाइरहेका हुन् । घरि कफी बनाउँछन् । घरि आगन्तुकहरूसँग अर्डर लिन आफैँ पुग्छन् । घरि कफीकप र प्लेट टिप्न पुग्छन् । कुनैबेला ढोकाछेउको कफीको बालख बिरुवा गोड्न र पात सुम्सुम्याउन पुग्छन् । जता पुगे पनि कुराकानीको फेरो नछोडी उनी काम गरिरहेकै देखिन्छन् । अभाव, दुःख र संघर्षबाट असन्तुष्ट हुँदै र फेरि सन्तुष्ट हुँदै सफलतातिरको यात्रा गर्ने कर्मयोगी प्राय यसैगरि आफ्नै पैताला र आफू उभिएको जमिनमा मस्त भेटिन्छन् । सानेपा खरिबोटबाट सय मिटरजति पूर्व बाटैबाट झट्ट आँखा त नपर्ने तर हेर्दा देब्रेपट्टिको कुनामा विभिन्न विचित्र भित्ते कलाकृतिहरूले झकिझकाउ देखिन्छ । उनले रक बिन्जको मुख्य ब्राण्ड आर्ट कालीमाताको अत्याधुनिक स्वरूपको स्प्रे आर्टलाई बनाएका छन् । संघर्ष र सफलताको कथाले दिने उत्प्रेरणाका लागि केही गफगाफ गरौँ न हौ भनेर फोनमार्फत प्रस्ताव राख्दा उनले भनेका थिए “अहिले नगरौँ न पछि गरौँला ।” तर, यो पछि गरौँ भन्ने वाक्यको ‘पछि’ कुनै ‘पछि’ थिएन– लोकल भाषामा भन्दा यो नाइँको सफ्ट भर्सन थियो । सफ्ट एक्स्प्रेसनभित्रको हार्ड मिनिङ मैले सहजै बुझेँ । किनकि यस्ता ‘पछि’को प्रयोगकर्ता मै एक जो हुँ । हैन गर्नै पर्यो भनेपछि बल्ल उनी राजी भएका थिए । ‘रूप त भयंकर भन्ने फिड्ब्याक आउँछ होला है ? गुण्डा, गँजेडी भन्दैनन् ?’ मैले प्रश्नको पुन्तुरो खोलेँ । ‘गाँजाको जङ्गलमा हुर्केको हुँ तर धुमपान, मद्यपान कहिल्यै गरिएन ब्लड टेस्ट गरेर हेर्दा हुन्छ,’ उनले भने, ‘‘मेरो रूप मात्र देखेर त ट्यापे, गुन्डा, अघोरी बाबा नै देखिदिन्छन् नि । चिन्नेहरुले मात्र चिन्छन् । वास्तवमै मेरो कुलत सुलत जुन लत भने पनि कफी हो। यही खान र अरुलाई पनि खुवाउन चाहन्छु । नशा नशाबाट म एक कफीव्यवसायी मात्र हुँ ।’ अब सुरु गरम् है भन्दा सुरुमै प्रस्ताव राखेँ । ००० ‘‘बालापन फर्पिङमै बितेको हो । पढाइमा त म स्वाँठै हो नि भन्दा सँगसँगै गलल्ल हाँसेका हामी दुवैजनाको हाँसोबाट सुरु हुन्छ हाम्रो गफगाफ । तर, पढाइमा ‘झ्याँस’ भए नि माइन्डचाहिँ ‘इडियट’ तरिकाले चल्थ्यो मेरो । वेस्टेजलाई पनि कहाँ कसरी युटिलाइज गर्ने भन्ने सोचिहाल्थेँ । घरपरिवारलाई सपोर्ट गर्ने किसिमको थिएँ । घरकरेसामा फलेका फलफूल अम्बा, लप्सी, अमिली, सागसब्जी गरेर डोकामा हालेर ल्याइन्थ्यो । लगनटोल, वसन्तपुर हनुमानढोकातिर बोरा ओछ्याएर भाग लगाएर बेचिन्थ्यो । यो सब व्यवसाय गर्छु भनेर गरेको अथवा केही कुनै योजना थिएन,’ उनी भन्छन्, ‘बस् नदीमा बगिरहेको मुढोको जस्तो यात्रा थियो। जसो जसो बहाव र बेग उसै उसै मुढोको दिशा र गन्तव्य। कुनै दुःख महसुस पनि थिएन । कुनै उत्साह पनि थिएन । बस त्यही हो आफ्नो काम भन्ने लाग्थ्यो उनलाई र गरिरहन्थेँ।’ उनलाई स्कुल जीवन सुरुवातदेखि नै गरीब तथा जेहेन्दार विद्यार्थीका लागि प्लान्निन्टरनेशनल भन्ने संस्थाको सहयोगले युरोपियन अविभावक खोजेर स्पोन्सर गराइदिएको थियो । जुन सहयोगको क्रम एसएलसी फेल भएसँगै टुट्यो । पढाइसँग खासै दिलचस्पी नभएका उनलाई घरबाट हल्का गाली खाए पनि एसएलसी फेल हुनुले मनस्थितिमा केही फरक पारेन । उनलाई फर्पिङ बस्न मनै लागेन र कीर्तिपुर बसेर जागिर खान थाले । मेटल वर्कशपमा वेल्डिङ गर्ने काम गर्न थाले । यस बखत पढ्नपर्छ कि क्या हो भन्ने कता कता मनमा लाग्यो । तर, सहयोगी संस्थासँग सम्पर्क टुटेकोले खासै पढिहालम् भन्ने सोच्न पनि सम्भव भएन मेटल वर्कशपमा जीवन यसै चलिरहेको थियो । यत्तिकैमा प्लान इण्टरनेशनलले जुराइदिएका अविभावक पुनः व्यक्तिगतरूपले सम्पर्कमा आए । असफल भएपनि पुनः पढ्ने भए सहयोग गर्ने बताए । उनी थिए नेदरल्यान्डका रोड डिभिजन इन्जिनियर हार्मेन फ्रिजो । यसपटक पढेपछि अघिल्लोपटक आफूलाई जित्ने फेलरलाई आफूले जित्न सफल भए । खुल्यो जिन्दगीको फलामे ढोका । एसएलसी पास गरेपछि पुनः सहकारीमा जागिर खान भ्याए । अझैसम्म केही गर्छु भन्ने उद्देश्यको सोच नै मस्तिष्कमा थिएन । सहकारीमा काम गर्दागर्दै प्लस टु सक्न भ्याए । अहिले लट्टाजट्टा परेको कपाल र दाह्रीको सौख यही बखत सुरु भएको थियो उनमा । तर झ्याप्प आइनसक्दै प्लस टु सकियो । पढ्ने खर्चको कुनै चिन्ता थिएन । फ्रिजो छँदै थिए, कलेजको बिल अनुसार पैसा आउँथ्यो । त्यसैले जागिर त उनलाई आउजाउ आफ्नो पकेट खर्च र अलिअलि घरमा सहयोगका लागि मात्र थियो । प्लस टुपछि ब्याचलर पढ्न भनेर डिएभी गए । त्यतिबेलासम्म कपाल र दाह्री लामो भइसकेको थियो र माया बसिसकेको थियो । कलेजमा एड्मिसन लिन हुलिया स्वीकार गरेन । अनिवार्य रूपमै दाह्री तथा कपाल काट्नपर्ने भन्ने सर्त तेर्सियो । घरदेखि नै आध्यात्मिक बहानासम्म सबै ट्राइ मारे । ज्योतिषीले काट्न हुन्न भनेको र आफूले पालेकोसम्म भन्न भ्याए । तरपनि केही लागेन । अन्ततः उनले पढेनन् । फर्किए फर्पिङ र कपाल काट्न नभन्ने कलेजमा ब्याचलरको पढाइ सुरु गरे । त्यहाँ पनि न मन, न ज्यान, छ महिनाभन्दा बढी अडिएन र पढाइ रोक्कियो । त्यसपछि सेन्ट जेभियर्स कलेजमा हुलिया नबदल्ने गरी पढ्ने जेनतेन तारतम्य मिल्यो । पढे ब्याचलर । यतिन्जेल सहकारीको जागिरले भने अहिलेसम्म टाटा बाइबाइ गरेको थिएन । बरु थप प्रगति भइसकेको थियो । मन्जुश्री सहकारीमा काम गर्नेहरू मिलेर अर्को चतुर्भुजेश्वर सहकारी खोलेर जागिरेबाट मालिक भइसकेका थिए । जिन्दगीको पहिलो लगानी वा व्यापार भनुँ या आफ्नो काम भनेको यही थियो । ब्याचलर सकियो । अब भने बिस्तारै जिन्दगीका कुइराहरू उघ्रिदै थिए । रहरहरू पलाउन लाग्दै थिए । समय मिलाएर कहिले साथीहरूको ग्याङ बनाएर कहिले एक्लै ट्रेकिङ जाने बानी भइसकेको थियो । यत्तिकैमा देशमा भुँइचालो आयो । भोल्युन्टियर भएर देशका विभिन्न भागमा पुगे । आफूले चिनेजानेका समूहसँग मिलेर सकेको सहायता गरेर फकिँदा मनस्थिति परिवर्तन भयो । देशमा केही समयअगाडि गएको भुँइचालोले मस्तिष्कमा भुँइचालो ल्यायो । अब उनलाई समय र बन्धन एउटा निश्चित जिम्मेवारीमा बाँधिएर बस्न मन लाग्न छोड्यो । आफूलाई पहिलोपटक मालिक बनाएको सहकारी बेच्दा पनि उनले आफ्नो भाग लिएर मौखिक अनुमति दिएरै काम चलाए कहिल्यै फर्केर गएनन् । ट्रेकिङ जाने नयाँ नयाँ लिंक भेट्घाटको क्रम बढ्न थाले । तर, एउटा रहरले कुत्कुत्याइरहेको थियो । सेन्ट जेभियर्स पढ्दाताकाका साथीको दाइ सिभिल एभिएसनको इन्जिनिएर रहेको भेउ पाएपछि उनले अब आफूलाई प्याराग्लाइडिङ सिक्न मन छ भन्दा साथीको दाइले दिमाग मोडिदिए । प्याराग्लाइडिङ अल्ट्रालाइट सिक न भाइ ! इन्जिन भएको प्लेन भन्या प्लेन हो पाइलट बन भने । हो कि क्या हो जस्तो लाग्यो । लालची मनमा पाइलट बन्ने मनोकामना जाग्यो अझ डिस्काउन्ट मिलाइदिने वचन पाए । हौसिए । सहकारी बेचेको पैसा र अलिकति काढेर पोखरा हान्निए । तालिम सुरु भयो । तालिम लिए । सैद्धान्तिक तालिमको सतप्रतिशत समय पूरा भइसकेको थियो । प्राक्टिकल पनि आधाउधी भइसकेको थियो । प्लेन सोलो फ्लाइ गर्ने बेला भयो । देशमा नाकाबन्दी सुरु भयो । नाकाबन्दीको मारले न अफिसियल अन्ट्रालाइट पाइलट बने न कमाएका पैसा बाँकी । उल्टै ऋण र तनाव थपियो । नाकाबन्दी सकिएपछि पाकेको फल अलिकति मिहेनत गरेर भएपनि टिप्न नखोजेका हैनन् । तर प्रोफेसनल कमर्सियल फ्लाइङतिर मोडिएर ट्रेनिङलाई समय नै जिरो भइसकेको थियो । आखिर सबैलाई नाकाबन्दीले पिरोलेकै थियो । लड्न जाँगर लागेन उनलाई र फेरि बाटो मोडियो । पोखरा हिमालयन जाभाका सन्जीव गौतमसँगको चिनजानले गर्दा डिस्काउन्टमा बरिस्ता कोर्स गरे र हिमालयन जाभा पोखरासँग जोडिए । बीचबीचमा मिलाएर ट्रेकिङहतिर पनि लागिरहेकै थिए । अलिअलि पैसा आँउथ्यो ट्रेकिङबाट । पुनः फर्किन्थे र हराउँथे कफिसँग र कफी खान आउने पाहुनासँग । उनी सम्झन्छन्, ‘त्यो बेला पर्सनल टिप्सहरू आफूले बढी पाउने पाहुनाहरू आफूसँग बढी हेलमेल हुने खुसी हुने अनि आफ्नोचाहिँ लुक्सले पनि नियम फ्लो नगरेको । ड्रेड्लक कपाल । लामो दाह्री । डिङ्गो बुट । हुलिया नै रफटफ– युनिक टाइपको । काम पनि मेरो राम्रो भएको थियो । फाइफुइँ पनि मेरै चलेको देखेर कतिपय सिनियर र समकक्षीहरू नै मसँग जेलस हुन थाले तर पनि पिना त सुकिरहेकै थियो । यसै क्रममा एकजना सिनियर दाइले क्याफे खोल्ने नाम चाहियो भन्नुभयो । मैले नाम म दिन्छु दाइ तर पैसा चाइन्छ भन्दा उनले भने रे ‘नाम जाबोका लागि नि कसैले पैसा तिर्छ, तैट !’ त्यसपछि ल ठिकै छ नि त भनेर लिएँ । तर, अवचेतन मनलाई इगो हर्ट टाइपको भएछ क्यारे ममा जोश आयो जाभामा रहँदै यता उताको को के–केमा छन् खोजी गरेर आइटीका साथीहरूलाई भिजन सुनाएर म काठमाडौँ आउने हो भनेर नाम दिएँ । लोगो डिजाइन गर्न लगाएँ । डोमेन लिन लगाएँ । सोसल मिडियामा सबैतिर एउटा अस्तित्व बनाएँ ‘रक बिन्ज कफी’। एक दिन आफ्नो सिफ्टमा जाभा तयारी गर्दै थिएँ । जाभाका तत्कालिन मालिकको फोन आयो । उनले भने, ‘असीम तिमीले ड्युटी आवरमा फोन चलाएर बसेको कम्प्लेन छ ।’ यति सुन्दै उनको दिमागको चौधै भुवन हल्लियो । ल ‘तपाईंको जागिर तपाईं नै खानुस्’ भनेर त्यही बेलादेखि नै जाभा गएनन् । ‘बाँकी स्यालरीको हिसाब पनि मैले लिइनँ ।’ उनले स्यालरी पनि त्यहीँको एउटा भाइलाई नै दिन लगाए । आफ्नै समकक्षी र अग्रज बारिस्ताहरूको जेलसीले समयको भुइँचालो ल्यायो । उक्त भुइँचालोले जाभा पोखरासँगको सम्बन्ध मात्र छुटाएको थियो । तर, कफिसँग जोडेको थियो । भावनात्मक र व्यावसायिक हिम्मत जम्मा हुनेगरि कफिसँग सम्बन्धित सबै कुराह कसैलाई सोध्नै नपर्ने भइसकेका थिए उनी । चाहे मेसिन होस्, चाहे आइटमहरू । र त बेरोजगार भएर पनि जोशले नयाँ छलाङ मार्ने सपना बोकेर फर्किए पुनः काठमाडौँ । काठमाडौँ आएर घट्टेकुलोमा साथीकोमा पुगे । त्यही घट्टेकुलो एड्रेस राखेर औपचारिक रूपमा ‘रक बिन्ज कफि’ दर्ता गरे । र भिजनमा उत्पादनको सोच थियो । तर उनमा तत्काल त्यो लगानी क्षमता र वातावरण जुटाउने अलि हिम्मत भएन । आफैँले रोस्ट प्याकेजिङ र ब्राण्डिङ गरेर सुरुमा विदेश पठाउन थाले । मान्छेहरूको फिडब्याक एकदम राम्रो आएपछि अर्डर आउन थाल्यो । देशभित्रै पनि अर्डर राम्रो हुन थाल्यो २/४ वर्षमा रक बिन्जको स्वाद खानेहरूले अबचाहिँ सधैँ रक बिन्ज खोजिरहेका थिए । यसले गर्दा आफ्नो ब्रान्ड प्रोडक्टसँगै आफ्नो सपना फक्रिदै आइरहेको महसुस भयो र सुरु गरे । ‘क्याफे खोल्ने स्थान सानेपामा भेटियो ।अलि भित्रको ठाउँ मान्छेले नदेख्ने थाहा भएकाहरू मात्र आइपुग्ने हुँदा ठाउँको फिड्ब्याक त राम्रो थिएन तर मलाई मेरो कफिको स्वाद चखाउन मन थियो,’ उनी भन्छन्, ‘आशा भरोसा राख्नपर्ने सबै राखेँ हुन्छ भन्ने नै लाग्यो । मिलेर गर्न तयार साथीहरू पनि सोचेजसरी हात नहाल्ने । सबै चलिरहेको थियो । पछि त्यहाँ सबैको कुरा मिल्यो । पार्टनर साथीहरू सबै आइटीबाट हुनुहुन्थ्यो । म चाहिँ मास्टर अफ नन भन्दिम न हाहा । आउट्लेट बन्यो । ६ महिनाजतिमा सुरु भयो क्याफे । ‘१ वर्ष नपुग्दै हामी विविध कारणले छुटियौँ । मैले छोड्न पर्ने अथवा उहाँहरू सबैलाई बिदा दिनपर्ने अवस्था भयो । मैले छोड्दा मेरो हुर्काइसँगै हुर्किएको नाम मेरो सपना जाने देखेँ । तसर्थ मनबाट अठोट गरेँ । म बिदा दिन्छु । र घर परिवार ब्याक कसरी हुन्छ ? सबै व्यवस्था गरेर सम्पूर्ण एकाधिकार मेरो मात्र रहनेगरी पार्टनर सबैलाई बिदा दिएँ र अहिले ठमेलमा पनि फैलिएको छु,’ असीम आफ्ना असिम साधनाको पेहरिस्त सुनाउँछन् । ठमेल र ‘झमेल’मा रक बिन्जमा बसेरै खान पाइन्छ । बिन्ज किन्न त जता नि पाइयो । हिजो थाहा नहुनेहरूलाई आज थाहा हुँदैछ । हरेक दिन नयाँ नयाँ कफी पारखीहरूलाई रक बिन्ज मन परिरहेको छ । भोलि झनै धेरैलाई पर्ने छ भन्ने विश्वास छउनलाई । उनको सपना काठमाडौँ मात्र होइन बाहिरका जिल्लामा रक बिन्ज लाने छ । कफी उत्पादनमा किसानहरूलाई सरकारले प्रोत्साहन गरेको छ । हामीले नेपाली कफी प्रमोट गर्दा देशकै किसानको आयस्तर उकासिएर स्वरोजगार, आत्मनिर्भर सबै सम्भव हुने अवस्था छ । कफी खानेलाई अरु कुनै पेयले चित्त बुझाउँदैन । कफीका फाइदा कफी बेच्नेले भनेर पत्याउँदैनन् । ‘आफैँले सर्च गरेर हेर्दा हुन्छ । यो अमृत हैन तर कफीका फाइदाह छन् । यत्ति भन्छु,’ उनी भन्छन् ।

    • आइतवार, माघ २६ २०७६०७:५३:३२
    सम्बन्धित समाचार
    विशेष सबै
  • प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै