नागरिक लिन नेपाली विमान चीन जाने


  • कामना न्यूज
  • प्रकाशित मिति : सोम, माघ २७, २०७६

काठमाडौँ – कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपाली नागरिकको उद्धार गर्न नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । जहाज आगामी फागुन ३ मा चीन जाने भएको हो ।

चीनको वुहानमा कोरोना भाइरसको उदगम थलोबाट करिब १८० जना नेपालीहरूलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरू छन् ।

उनीहरूले आफूहरूको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology