ठूलो परिमाणको लागु औषधसहित युवा पक्राउ


  • कामना न्यूज
  • प्रकाशित मिति : सोम, माघ २७, २०७६

काठमाडौँ – भारतबाट नेपाल ल्याउँदै गरेकाे ठूलो परिमाणको लागु औषधसहित सप्तरीमा युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरी पोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र ६ थान सुई फेला पारेको छ । भारतबाट साइकलमा आइरहेका चौधरीमाथि श‌ंका लागि परीक्षण गर्दा लागु औषध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology