सरकारद्वारा २५ उद्योगीलाई सम्मान


  • कामना न्यूज
  • प्रकाशित मिति : मङ्ल, माघ २८, २०७६

भीमा पन्थी, 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा काठमाडौँको राष्ट्रिय सभा गृहमा आज महत्वपूर्ण व्यावसायिक व्यक्तिको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा बोल्दै सरकार निजी लगानीको साथमा रहेको बताए । देशमा कुनै किसिमको तानाशाही अवस्थामा नरहेको भन्दै उनले भने, ‘लगानीका लागि सरकारले कमिसनको माग गर्दैन तर कानुनको पालना सबैले गर्नु पर्छ ।

नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रहेको र सरकार मानव स्रोत र साधनको पनि व्यवस्थापन गर्दै भएको उत्पादन लाई बढावा दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । देश विकासका लागि नयाँ उत्पादन र अन्वेषण गरिनुपर्नेमासमेत प्रधानमन्त्रीले बताए । हरेक कठिनाइहरूको सुनुवाइ र सम्बोधन सरकारले गर्ने बताउँदै उनले व्यापारी तथा उद्योगीहरूलाई लगानीमा ठुक्क भएर लाग्न समेत आग्रह गरेका छन् ।

महत्वपूर्ण व्यावसायिक व्यक्तिको सम्मान कार्यक्रममा सम्मानित हुने व्यक्ति, संस्था तथा उद्योगको विवरण

तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम ५ वस्तुहरूको सबैभन्दा बढी निकासी गर्ने निर्यातकर्ता÷उद्योगीहरूको तर्फबाट सम्मानित हुनेमा छापापिपरा बाराको त्रिवेणी स्पिनिङ मिल्स प्रालि रहेको छ । जसले ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको धागो निर्यात गरेको थियो ।

त्यस्तै काठमाडौँको ऊनी गलैँचा निर्यातकर्ता दि सांग्रीला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डष्ट्रि पनि सम्मानित भएको छ । जसले ९४ करोड १७ लाख बराबरको गलैँचा निर्यात गरेको थियो । त्यसैगरि यस विधा अन्तर्गत सम्मानित हुने अर्को कम्पनी तयारी पोशाक निर्यातकर्ता कम्पनी स्टार फेसन प्रालि ललितपुर रहको छ । जसले ८२ करोड ८७ लाख रुपैयाँ बराबरको तयारी पोशाक निर्यात गरेको थियो । यसै विधा अन्तर्गत सम्मानित हुने अर्को कम्पनी एभरेष्ट पश्मिना निटिङ एण्ड वेभिङ इष्ट्रष्टीज प्रालि रहेको छ । कम्पनीले ४८ करोड १४ लाख रुपैयाँ बराबरको ऊनी तथा पश्मिना सल निर्यात गरेको छ । त्यस्तै यसै विधाबाट सम्मानित हुने अर्को कम्पनी एभरेष्ट फेशन ललितपुर रहेको छ । यस कम्पनीले ६९ करोड ७१ लाख रुपैयाँ बराबरको ऊनी फेल्टका उत्पादनको तर्फबाट निर्यात गरेको छ ।

भारततर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता÷उद्योगको तर्फबाट—प्रथम डावर नेपाल प्रा.लि. जितपुर, बाराले रु. १२ अर्ब ७० करोड ६७ लाख बराबरको निर्यात गरेको छ । उक्त कम्पनीको विजेनेश हेड हरिकिरत सिंह बेदी रहेका छन् ।, दोस्रो आरती स्ट्राईप्स प्रालि, विराटनगर, मोरङले रु. ५ अर्ब ३ करोड ३५ लाख बराबरको निर्यात गरेको छ । उक्त कम्पनीको महाप्रबन्धक दिव्यराज सापकोटा रहेका छन् । र, तेस्रो हुलास पायर इण्डस्ट्रजि, विराटनगर, मोरङले रु ४ अर्ब ९५ करोड ६० लाख बराबरको निर्यात गरेको छ । कम्पनीका निर्देशक युक्ति गोल्छा रहेका छन् ।

चीनतर्फ रकमको आधारमा प्रथम, दास्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता/उद्योग

न्यु हस्तकला एक्सपोर्ट, बौद्ध, काठमाडौँले रु ४३ करोड ६० लाख बराबरको निर्यात गरेको छ । गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि ठमेलले ३९ करोड ३३ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ भने न्यु प्यागोडा ईन्टरप्राइजेज काठमाडौँले २२ करोड ४२ लाख रुपैयाँ बराबरको सामग्री निर्यात गरेको छ ।

त्यसैगरी नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने पिपुल्स क्राफ्ट एक्सपोर्ट, बाँनियाटार, काठमाडौँको तर्फबाट कम्पनीका प्रोपाइटर गोपी प्रसाद कँडेल सम्मानित भएका छन् । कम्पनीले रु १७ करोड ३७ लाख बराबरको निर्यात गरी सम्मान पाएको हो ।

वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुहरुमध्ये सबैभन्दा बढी निर्यात गर्ने निर्यातकर्ता÷उद्योगहरूमा कृषिजन्य वस्तुहरूको तर्फबाट मनराम हिमालय ह्याण्डीक्राफ्टस प्रालि बालुवाटारले रु. ८३ करोड ८४ लाख बराबरको निर्यात गरेको छ ।

जडीबुटी वस्तुहरूको तर्फबाट सिजी बायोटेक प्रालि ललितपुरले रु. ३१ करोड ८५ लाख बराबरको निर्यात गरेको छ । निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता हुलास वायर्स इण्ड लि विराटनगरकी प्रबन्धक निर्देशक राजलक्ष्मी गोल्छा रहेकी छन् । कम्पनीबाट रु. ४ अर्ब ९५ करोड ६० लाख बराबरको रहेको छ ।

सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता एलआइएस नेपाल प्रालि मानभवन, ललितपुरका कार्यकारी निर्देशक दीपेश प्रधान रहेका छन् । कम्पनीले रु १९ करोड ११ लाख बराबरबको निर्यात गरेको छ ।
उद्योग स्थापना भई सञ्चालन रहेका सबैभन्दा बढी लगानीगर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने) उत्पादन मूलक उद्योगका उत्कृष्ट व्यावसायी होङसी शिवम् सिमेन्ट प्रालि नक्साल काठमाडौका प्रवन्धक निर्देशक लिऊ शु कुवाङ रहेका छन् । कम्पनीले रु.१० अर्ब ७१ करोड बराबरको लगानी गरेको छ ।

सबैभन्दा रोजगारी सृजना गर्ने उद्योगी व्यावसायी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड कमलादी, काठमाडौँका अध्यक्ष तथा प्रवन्धक सञ्चालक पवन कुमार गोल्याण रहेका छन् । कम्पनीले ४ हजार १ सय २८ जनालाई रोगजारी प्रदान गरेको छ । बैँकिङ प्रणालिमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्राउने विप्रेषण कम्पनी व्यावसायी आई एम ई लि. पानिपोखरी काठमाडौका अध्यक्ष चन्द्रप्रशाद ढकाल रहेका छन् । कम्पनीले रु २६१ अर्ब ९८ करोड ५१ लाख बराबरको विप्रेषण भित्राएको छ ।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायी तारागाऊँ रिजेन्सी होटल लि. (ह्यात रिजेन्सी) बौद्ध काठमाडौका कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठले सम्मान पाएका छन् । होटलले १ अर्ब ३ करोड २५ लाख बराबरको योगदान दिएको छ । युवा उद्यमी/व्यावसायीहरूमध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने महिला सुनिता शेर्पा रहेकी छन् । उनी फेल्ट एण्ड यार्न प्रालि नयाँबजार काठमाडौँकी प्रबन्ध निर्देशक हुन् । कम्पनीले रु ८ करोड ८८ लाख बराबरको निर्यात गरेको छ ।

युवा उद्यमी/व्यावसायीहरूमध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने पुरुष अक्षय गोल्याण रहेका छन् । उनी रिलायन्स स्पिनिङ मिल्स प्रालि कमलादी काठमाडाैँका सञ्चालक हुन् । कम्पनीले रु. ८ अर्ब ७ करोड योगदान गरेको छ । निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख योगदान पुर्याएका व्यावसायीका प्रतिनिधिमुलक संघ/संस्थाका अध्यक्ष –मानार्थ) को तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, टेकु, काठमाडौँ अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्स, जमल, काठमाडौँका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघ, थापाथली, काठमाडौँका अध्यक्ष सतिशकुमार मोर सम्मानित भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology