Logo

सोमवार, आश्विन १२ गते २०७७

वाग्मती प्रदेशको राजधानी हेटौँडाः जनभावना विपरीत

वाग्मती प्रदेशको राजधानी हेटौँडाः जनभावना विपरीत

  • 226
    SHARES

  •   विभिन्न कालखण्डमा भएका राजनैतिक परिर्वतन व्यवस्था अनुसार देशको भौगोलिक नक्सामा पनि परिवर्तन हुँदै आएको छ । विसं २०६२/०६३ को जनआन्दोलनले देशलाई संघीय संरचनामा धकेलिदिएको छ । यो आफैँमा नयाँ राजनैतिक व्यवस्था थियो । संघीय मोडलमा नेपाललाई लैजाने कुरामा सबै राजनैतिक दलका अधिकांश नेता अनाभिज्ञ थिए । चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा पार्टी लगायत अन्य केही दलले त सडकदेखि संसदसम्म संघीय व्यवस्थामा मुलुकलाई लैजान नहुने भन्दै सशक्त आवाज उठाए; आन्दोलन गरे । थुप्रै बाधा अड्चनलाई पन्छाउँदै मुलुक संघीय व्यवस्थामा प्रवेश गर्याे र देशलाई ७ प्रदेशमा विभाजन गरियो । लामो समयदेखि देशमा कुनैपनि निर्वाचन हुन सकेको थिएन । करिब २० वर्षपश्चात भएको स्थानीय, प्रदेश र केन्द्र तिनै तहको निर्वाचनबाट जनताले हजाराैँको संख्यामा आफ्ना जनप्रतिनिधिहरूलाई चुने । निर्वाचनका क्रममा विभिन्न आश्वासन र प्रतिबद्धता गरेका जनप्रतिनिधिहरूको बोली र संकल्पको काउनडाउन गर्न जनताले सुरु गरिसकेका छन् । जनताले चुनावमा गरेको बाचा अनुरूपको हिसाब किताब माग्न सुरु गरिसकेको छन् । बढ्दो सूचना प्रविधिको पहुँच, राजनैतिक चेतनामा भएका परिवर्तनले गर्दा जनप्रतिनिधिहरूलाई पहिलेकाले जस्तै चुनावी बाचा हो भनेर हेलचेक्य्राइँ गरी भाग्न सजिलो छैन । लामो समयपश्चात् भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूको काँधमा समस्याहरू बिस्कुनको चाङ बनेर बसेका छन् । जनप्रतिनिधिले ती चाङहरूलाई व्यवस्थापन कसरी गर्दा छन् त्यसैले उनीहरूको कार्यक्षमता र नेतृत्वको कसीलाई उजागर गर्दछ । जनताका मुल मुद्दा, अपेक्षा र आकांक्षाप्रति जनप्रतिनिधि थप अभ्यस्त र जानकार हुने मौका पनि मिल्छ । तत्कालीन नेकपा एमाले र माओवादीको संयुक्त प्यानलले केन्द्रीय संसदमा दुईतिहाइको नजिक विजय प्राप्त गरेको थियो । सात प्रदेशमध्ये छ प्रदेशमा दुई पार्टीको ‘एलायन्स’ विजयी भएको थिए । वाग्मती प्रदेशमा हालको नेकपाले ११० मा ८० सिटमा विजय हासिल गर्याे तर प्रदेशको राजधानी तोक्ने विषयमा सत्तारूढ नेकपाभित्रै चरम विवाद देखा पर्याे । एक कार्यक्रममा सरकार प्रवक्ता गोकुल बाँस्कोटाले भौगौलिक अवस्था नियाल्दा हेटाैँडा उपयुक्त प्रदेश राजधानी नहुने सार्वजनिक रूपमै बताएका थिए । सत्तारूढ नेकपाको सचिवालयले यसअघि नै प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने काम गरिसकेको थियो । अधिकांश सांसदहरूको चर्काे विरोधका बावजुद त्यही निर्णयलाई नेपाली काङ्ग्रेस, राप्रपा, राप्रपा संयुक्त र नेकपाले समर्थन गरी प्रदेश सभाबाट वाग्मती प्रदेशको राजधानी हेटाैँडा राख्ने निर्णय गरेको थियो । काभ्रेको धुलिखेललाई राजधानी होस् भनेर प्रस्ताव गरेका विवेकशील पार्टी र स्वतन्त्र सांसद प्रेमबहादुर तामाङको पक्षमा जम्मा ३ मत मात्रै खसेको थियो । प्रदेश सभाका १ सय १० सदस्यमध्ये नेकपाका ८०, काङ्ग्रेसका २२, विवेकशीलका ३, नेकपाका २, राप्रपा र स्वतन्त्रका १/१ जना छन् । राप्रपा र काङ्ग्रेसको संयुक्त सरकारले अस्थायी राजधानी तोकेको हेटौँडा भौगोलिक रूपमा यस प्रदेशका अधिकांश जिल्लालाई अपायक पर्ने भन्दै खारेजीको माग गरेका अधिकांशहरू पछि हट्दै पार्टीको ह्विप शिरोधार्य गर्न पुगे । पार्टीको सचिवालयको निर्णय अनुसार विरोधबाट पछि हटेर जनआकांक्षा विपरीत काम त गरेनन् भन्ने विषयमा वाग्मती प्रदेशका जनप्रतिनिधिहरूसँग उज्ज्वल कडरियाले गरेको कुराकानीकाे सम्पादित अंशः शान्तिप्रसाद पौडेल, प्रदेश सांसद, प्रदेश ३ अधिकांश सांसदको विरोधको बावजुद पनि हेटाैँडा राजधानी के–कति कारणले राख्नु पर्यो ? प्रदेश नं ३ को सबैभन्दा धेरै जनसङ्ख्या भएको ठाउँ उपत्यका हो । ११० सांसद मध्ये ५० जना उपत्यकाको हुनुहुन्छ । काठमाडौँ नजिक राजधानी हुँदा उपत्यकाले अझ जनघनत्वको भार बेहोर्नुपर्ने हुन्छ भन्ने उहाँहरूको धारणा आयो । नेपाली काङ्ग्रेसको पनि हेटाैँडा नै प्रस्ताव आयो । नेकपाको सचिवालयको पनि राजधानी हेटौँडा हुनुपर्छ भन्ने धारणा आयो । हामी पार्टी ह्विपभन्दा बाहिर गएर निर्णय गर्न नमिल्ने अवस्था बन्यो । चारवटा जिल्लाहरू उपत्यका र काभ्रे मध्यविन्दुमा पर्छ । जनघनत्वको कारण देखाउँदै उपत्यकाका सांसदहरू विपक्षमा उभिनु भयो यिनै कारणले हेटौँडालाई राजधानी तोक्नु परेको हो । अधिकांश जनताको चाहना विपरीत हेटौँडालाई राजधानी तोक्नु भएको छ । तपाईंको क्षेत्रको जनतालाई कन्भेन्स गर्न सक्नुहुन्छ ? सबैलाई पायक पर्ने ठाउँ सदरमुकाम हुने विधि एउटा हो । त्यस्तै टाढा हुँदा पनि नजिक कसरी पर्ने अर्काे विधि हो । नजिक पार्नको लागि अहिले भइरहेका पूर्वधारहरूका संरचनाहरूलाई चाँडो भन्दा चाँडो व्यवस्थित गर्नु पर्छ । पूर्वधारहरू पनि हेटौँडामा प्राप्त देखिन्छ । जनताकोे लागि उपयुक्त नभए पनि पुर्वाधारका लागि उपयुक्त हो । हेटौँडा नाका पनि हो । देशमा संकट आइपरेको खण्डमा भारतसँग सीमा जोडिएको मकवानपुर उपयुक्त देखिन्छ । खुल्ला सिमानाको कारण पनि माथिल्लो निकायले चासो राखेको हुनुपर्छ । यिनै कुरा मुख्य विषय हुन् । राजधानीबाट प्रवाह हुने सेवा सुविधालाई कसरी गाउँगाउँमा पुर्याउने स्थानीय निकायहरूमा कसरी सर्वसुलभ बनाउने कुरामा सहमति भइसकेको छ । मुख्यमन्त्री र सम्बन्धित निकायले हामी हेटौँडाबाट उपलब्ध हुने सेवा र सुविधा सबै जिल्लाका जनतालाई सहज तरिकाले उपलब्ध गराउँदैछाैँ भन्ने वाचा गर्नुभएको छ । यी वाचाहरू पूरा भए भने जनताले गुनासो गर्ने ठाउँ बाँकी नबस्ला । गाउँपालिकाको कार्यालय बनाउन दुई वर्षभन्दा बढी लाग्छ । राजधानीका संरचना निर्माण गर्न अन्य ठाउँमा तत्काल हुनसक्छ जस्तो छैन । हामी पनि आम नागरिक नै भएकाले जनतासँग यिनै प्रकारका सल्लाह हुन्छन् । शेरबहादुर सुनुवार, अध्यक्ष, उमाकुण्ड गाउँपालिका, रामेछाप हेटाैँडा राजधानी भौगौलिक रूपमा ल्याएकोमा गाउँपालिकालाई कतिको सहज छ ? राजधानीको विषयलाई हामीले खासै औचित्य देखेका छैनाैँ । काभ्रे, भक्तपूर, नुवाकोट र हेटौँडा जहाँ भएपनि हामीलाई तात्विक रूपमा असर नगर्ने भएकाले हामीले चासो राखेका छैनाैँ । राजधानी कहाँ राख्ने भन्ने बारे प्रदेश सांसदहरूसँग तपाईंको छलफल भएको थिएन ? नजिक भए राम्रो हुन्थ्यो भन्ने हाम्रो धारणा थियो । प्रदेश राजधानी जहाँ भएपनि स्थानीय तहमा प्राय काम हुने भएकाले राजधानी जहाँ भए पनि फरक पर्दैन । तर प्रदेशमा नै गर्नु पर्ने काम गर्न हामीलाई प्रस्ताव गरिएका काभ्रे, भक्तपुर, हेटौँडा वा नुवाकोट सबै उस्तै पर्थ्याे । उमाकुण्ड गाउँपालिका ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्छ । यहाँबाट जुन ठाउँ जान पनि एकदिन लाग्छ । त्यसैले जहाँ भएको भए पनि हाम्रो लागि असहज नै हुन्थ्यो । लक्ष्मी पौडेल, उपाध्यक्ष, सुनकोशी गाउँपालिका, सिन्धुपाल्चोक वाग्मती प्रदेशको राजधानी हेटौँडा तोकिएको छ । यसले तपाईंहरूलाई सहज स्थिति छ कि असहज ? प्रदेशको चुनाव भइनसकेको अवस्थामा हेटौँडालाई अस्थायी राजधानी तोकियो । प्रदेशको नामकरण राजधानी र जनताका समस्याहरूको समाधान गर्ने एजेन्डा सहित जनताले आफ्नो प्रतिनिधिलाई मतदान गरेका थिए । सबैलाई सहज हुने गरी राजधानी तोक्नु जनप्रतिनिधिहरूलाई जनताले आह्वान गरेका थिए तर विडम्बना पैसा, पद र शक्तिको दुरुपयोग गर्दै जबरजस्ती शैलीमा राजधानी तोकियो । हामी दूरदराजका मान्छे पनि मानव हौँ भन्ने समेत हेक्का नराखी हेटौँडालाई राजधानी तोकियो । दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका जनतालाई हेटौँडा उपयुक्त स्थान होइन । राजधानी सबैलाई दामासाही सेवा पुग्ने गरी तय गर्नुपर्ने थियो । जनता खुसी छैनन्; यो विडम्बना हो । सिन्धुपाल्चोकबाट हेटौँडा पुग्न दुईदिन लाग्छ । कर्मचारी जनप्रतिनिधि लगायतको उत्साहमा गिरावट आएकाले काममा ढिलाइ हुँदा र फर्किंदा पुरै हप्ता सिद्धिन्छ । तर पनि काम हुँदैन हामी सोच्न सक्छौँ; यस्तो बेला जनताको मनमस्तिष्कमा के दौडिरहेको हुन्छ ? कसैको लागि हेटौँडा राजधानी उपयुक्त छैन । प्रदेश सांसदहरूसँग हेटौँडा उपयुक्त छैन भनेर छलफल गर्नुभएन ? हामी स्थानीय सरकारको जनप्रतिनिधि हौँ । जसरी स्थानीय सरकारलाई केन्द्र कहाँ तोक्ने भनेर अधिकार दिइएको छ; त्यसै गरी प्रदेश सभालाई पनि प्रदेशको राजधानी आफैँ तोक्ने अधिकार हुन्छ । हामीले सांसदसँग छलफल गर्यौं । तर दुई तिहाइले निर्णय गरेपछि हामीले हाम्रो क्षेत्राधिकार भन्दा बाहिर निस्कन मिल्दैन । धम्काएर राजनीतिक यात्राको अन्त्य गरिदिने ‘ध्वाँस’ लगाएर र कुनै समस्या निम्त्याइदिन्छु भन्दै धम्क्याएर जनप्रतिनिधिहरूलाई बहकाउ, दबाबमा पारेर राजधानी तोक्ने काम भएको छ । जनमतसंग्रह गर्दा पनि ९० प्रतिशत जनता अन्य कुनै ठाउँमा राजधानी चाहन्छन् । सुनकोशी गाउँपालिकको जनताको प्रतिक्रिया के छ ? हामीलाई भन्दा सांसद अरुण नेपाल र सरेश नेपाललाई यसबारे थाहा हुन्छ । उहाँहरूसँग प्रतिक्रिया लिँदा उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई । हामीसँग सम्पर्कमा हुनुहुने, भेटघाट हुने सधैँ भेट्ने जनताहरू गर्न नहुने काम प्रदेश सभाले गरेको छ भन्नुहुन्छ । आफूले गरेको मतदानप्रति आत्मग्लानि गर्नुहुन्छ । सिर्जना तामाङ, उपाध्यक्ष, जुगल गाउँपालिका, सिन्धुपाल्चोक हेटौँडा राजधानी तोकिएको छ । तपाईंहरूलाई सहज/असहज के छ ? सिन्धुपाल्चोकलाई हेटौँडा राजधानी टाढा पर्छ । कुनै कार्यक्रमका लागि राजधानी जान करिब ५ दिन छुट्याउन पर्छ । यसबाट पनि सिन्धुपाल्चोकलाई हेटाैँडा कति असहज छ बुझ्न सकिन्छ । सहज नभएका कारण आम जनता यस विषयमा चिन्तित देखिएका छन् । दुःखका साथ असहज छ भन्नु पर्ने हुन्छ । प्रदेशका सांसदलाई राजधानी सम्बधी जनकारी गराउनुभएन ? हामीले सांसदलाई बारम्बार दबाब दिइराख्यौँ । ताकेता गरिराख्याैँ । सबै जिल्लालाई समेट्ने गरी राजधानी तोक्न सल्लाह पनि दियौँ । काभ्रे धुलिखेललाई राख्ने दबाब दिँदादिँदै पनि सम्भव भएन । जुगल गाउँपालिकाका जनताको प्रतिक्रिया के छ ? हेटौँडा राजधानी धेरै टाढा हुन्छ भनेर म आफैँ पनि महसुस गर्छु । फास्टट्रयाक खोलिसकेपछि असहजतामा कमी आउँछ । तर, भौतिक संरचनाको पर्याप्त उपलब्धता भएको कारण पनि हेटाैँडा उपयुक्त भएको हुनसक्छ ।  

    • मंगलवार, माघ २८ २०७६०८:०७:३०
    सम्बन्धित समाचार
    विशेष सबै
  • प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै