सिन्धुपाल्चोकमा ‘कोरोना भाइसर’सँग मिल्ने विरामी भेटिए, २०१ जना संक्रमित


  • कामना न्यूज
  • प्रकाशित मिति : बुध, माघ २९, २०७६

काठमाडौँ – सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएपछि गाउँपालिकाले सहयाेग गरिदिन सरकारसँग माग राखेकाे छ । जिल्लाको जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाेक बहादुर बिकले हस्ताक्षर गरेको पत्रमार्फत सहयाेग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हाे ।

गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएकाे पत्रमा उल्लेख गरिएको छ । पत्रमा जनाइएअनुसार स्थानीयबासीलाई रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षण भेटिएको छ । संक्रमित भेटिएको स्थान चीनको सीमा नजिक पर्ने जनाएकाे छ । तर त्यहाँबाट चीन जान सक्ने बाटो भने छैन ।

गाउँपालिकाका उपध्याक्ष श्रृजना तामाङका अनुसार विरामीमा रुघा खाेकी, टाउकाे दुख्ने ज्वरो आउने समस्या देखिएको छ । उनले भनिन्, ‘गाउँमा अहिलेसम्म २०१ जना विरामी भेटिएको छ, १० जनामा केही सुधार भए पनि निकाे हुन सकेको छैन ।’

संक्रमण स्थानमा गाउँपालिकाको स्वस्थ्य टोली परिचालन गरिसकेको छ । अहिले उक्त क्षेत्रमा गाउँपालिकाका जनप्रतिनिधिहरु जाँदै गरेकाे तामाङले जानकारी दिइन् ।

कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म करिब ११ सयकाे मृत्यु भइसकेको छ । साेही भाइरसको लक्षण देखिएकाले गाउँपालिकाले सरकारसँग सहयाेग मागेकाे हाे ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology