झुप्री भण्डारीको स्वर रहेका पहिलो गीत बजारमा


  • कामना न्यूज
  • प्रकाशित मिति : बुध, माघ २९, २०७६

काठमाडौँ । चर्चित रियालिटी सो ‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी दृष्टिविहीन नवगायिका झुप्री भण्डारीको स्वर रहेका पहिलो गीत बजारमा आएको छ । झुप्रीको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सडक मिडियामार्फत् बजारमा ल्याइएको छ ।

झुप्रीले आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। देउडा गायक पाण्डव विष्टको पुरानो भाका ‘वचपनको मुले’ बोलको गीतबाट लिइएको छ।

विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङले खिचेका हुन् । गीत आएसँगै झुप्रीले भनिन्, ‘आँखा देख्ने भए, मलाई हेप्ने समाज हेर्ने थिएँ ।’

दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमश बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ । गीतको निर्देशन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन् ।

 

 


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology