जापानका चिनेत्सु विश्वकै धेरै उमेर भएका जीवित व्यक्ति, गिनिज बुकमा नाम दर्ता


  • कामना न्यूज
  • प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६

काठमाडौँ – जापानका चितेत्सु वतनाबे विश्वकै सबैभन्दा धेरै उमेर भएका जीवित मानिसका रुपमा रेकर्ड बनाएका छन् । उनी हिजाेदेखि (१२ फेब्रुअरी २०२०) १ सय १२ वर्ष ३४४ दिन भएका छन् ।

चितेत्सुकाे जन्म ५ मार्चमा जापानकाे निगाताभन्ने स्थानमा सन् १९०७ मा भएको थियो । उनले गिनिज वल्ड्र रेकर्डमा वर्तमान समयमा विश्वकै जीवित मानिसको रुपमा आफ्नाे नाम दर्तासमेत गराएका छन् ।

चितेत्सुका ८ जना छोराछोरी रहेका छन् । उनका छोराछोरीले भनेका छन्, ‘बुवा कहिले रिसाउनु हुँदैन, तर ठूलाे आवाजमा बाेल्नुहुन्छ, मुस्कुराइहरनु हुन्छ, जुन हाम्रो लागि खुसीको कुरा हो ।’

उनले दोस्रो विश्व युद्धमा युद्ध लडेका थिए । पछि उनी सेनाबाट रिटायर भएका थिए । अहिले उनी आफ्नै फार्ममा काम गर्दै आएका छन् । यसअघि जापानमा मासाजो नोना विश्वकै सबैभन्दा बढी उमेरका थिए । उनको निधन १ सय १३ वर्ष ५४ दिनमा भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology