चल्ने भयो नारायणीमा पानीजहाज


  • कामना न्यूज
  • प्रकाशित मिति : बिहि, फाल्गुन १, २०७६

केही समयपश्चात नै नेपालकै पहिलो पानीजहाज नारायणी नदीमा चल्ने भएको छ ।

सरकारले पानीजहाज सञ्चालनका विभिन्न तयारी स्वरूप नारायणी नदी क्षेत्रमा जग्गा प्रयोगका लागि स्वीकृति दिएको छ । चितवनको भरतपुर महानगरपालिका–१६ मा पर्ने राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा पानीजहाज सञ्चालन गर्नका लागि प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो ।

गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषदको बैठकले क्रुज आयोजना (पर्या पर्यटन पानी जहाज आयोजना) का लागि उक्त जग्गा प्रयोग गर्न दिने निर्णय गरिएको हो । निजी क्षेत्रबाट नारायणी नदीमा पर्या पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सानो आकारको पानी जहाज निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

त्यस्तै सोही प्रयोजनका लागि बुर्तिवाङ पहुँदी अमराई तम्घास गोरुसिङ्गे १३२ केभी प्रसाराण लाइनतर्फको अर्घाखाँची खण्डको ‘राइट अफ वे’ सहित केही टावर संरचना तयार गर्न अर्घाखाँची जिल्लाको विभिन्न सामुदायिक वन क्षेत्रको कूल ४७ दशमलव ६६० हेक्टर राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति दिइएको छ । त्यस्तै तल्लो लिखु जलविद्युत् आयोजनाको इन्टेक पावर हाउस सर्जसाफ्ट र पेनस्टक लगायतका स्थायी संरचना निर्माणका लागि रामेछाप र ओखलढुङ्गा जिल्लाको राष्ट्रिय वन क्षेत्रको केही जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology