Logo

सोमवार, आश्विन १२ गते २०७७

सुरक्षाको माग गर्दै पानीजहाज सेवा बन्द

सुरक्षाको माग गर्दै पानीजहाज सेवा बन्द

  • 190
    SHARES

  • काठमाडौँ - असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतरामा सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिक रुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । सञ्चालकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङलगायतक माग राखेर जहाज सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नु परेको जनाएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नगरिएसम्म सेवा बन्द गर्ने उनीहरुले जानकारी दिएका छन् । जेटबोट (पानीजहाज)मा करोडौँको लगानी रहेको, यसले मुलुकको पर्यटन प्रवर्द्धनमा सेवा दिएको र स्थानीयलाई आवागमनमा सहज भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सञ्चालक राजेन्द्र कार्कीले सप्तकोशी नदीमा तीन सिटका तीन, आठ सिटका दुई, ७० सिटको एक र १८ सिटको एक गरी सात पानीजहाज सञ्चालन भएको जानकारी दिए । पानीजहाजमा एक यात्रु बराबर पाँच लाख रुपैयाँको दुर्घटना बिमा रहेको छ । बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालि गरी सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । जहाजबाट सुनसरीको चतराबाट भोजपुरको सीमाना सिम्मेसम्म सञ्चालन हुँदै आएको थियो ।

    • बिहिवार, फाल्गुण १ २०७६०८:१२:३१
    सम्बन्धित समाचार
    विशेष सबै
  • प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै