शान्तिम् र सुम्निमा सिँहको गीत ‘कुरा हो साँचो’ सार्वजनिक


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

शान्तिम् र सुम्निमा सिँहको गीत ‘कुरा हो साँचो’ सार्वजनिक भएको छ ।

करिब ८ वर्षअगाडि बिमल गौतमका शब्दमा ‘बोलिचाली बारे हुन्छ, बिचल्लीमा पारे हुन्छ, मनै पर्या छैन भने माया अन्तै सारे हुन्छ’ भन्दै नेपाली संगीत क्षेत्रमा पदार्पण गरेका गायक शान्तिम् कोइराला र गायिका सुम्निमा सिंहको नयाँ ड्वेट गीत ‘कुरा हो साँचो’ हिजो सार्वजनिक भएको छ । यस गीतको उदाँउदो डान्स क्रु ‘स्पार्क क्रु’ले भिडियो बनाएको छ । नृत्य निर्देशन तथा भिडियो निर्देशन स्पार्क क्रुकै राकेश तामाङले गरेका छन् । गीतमा स्पार्क क्रुका हरेक सदस्यको नृत्य प्रस्तुति रहेको छ । निर्देशक राकेश तामाङ र ‘सिनेमाटोग्राफर’ जितु तामाङले राम्रो परिश्रम गरेको देखिन्छ । जितुले ‘लोकेशन सेलेक्सन’ र ‘सिनेमाटोग्राफिक वर्क’ अब्बल ढंगले गरेका छन् ।

जस्तो भन्यो त्यस्तै गीत लेख्ने, संगीत गर्ने र अरेन्ज गर्ने नेपाली संगीतका एक मात्र ‘ट्रायो’ डिपी खनाल, शंकर थापा स्माइल र उदयराज पौडेलको टिमको अडियोमा योगदान रहेको छ ।

पहिलो चर्चित ‘सेल्फी हानौँला’देखि ‘लेटेस्ट’ ‘सेन्टी भाइरस’को ‘रूपै मदानी घुम्न थाल्यो फनफनी’ भन्ने गीतका समेत गीतकार तथा संगीत संयोजक समूहले सयौँ उत्कृष्ट गीत नेपाली संगीत जगतलाई दिइसकेका छन् । गायक शान्तिमले २०६९ सालमै ‘अत्तर’ एल्बम मार्फत बोलिचाली, त्यसपछि ‘सपना तिम्रो मेरो’, ‘साँचो माया’, ‘तिमीलाई सम्झी’ एल्बममा गीत गाइसकेका छन् । गायक शान्तिमको स्वर र गायकी ‘मेलोडियस मुड’मा ‘फिट’ र अब्बल सुनिन्थ्यो । गायिका सुम्निमा लगभग नयाँ भए तापनि उनको गायकी देख्दा परिपक्व देखिन्छिन् । मीठो नाद, परिपक्व गायकी, उच्च स्वर स्थानहरूको पनि स्पष्ट र शुद्ध उच्चारण छ ।

गायकले अब्बल गाए पनि यदि अडियो मुद्रक राम्रो नपरेमा त्यो अब्बल सिर्जना अब्बल रहँदैन । तसर्थ कुमार केसीको मुद्रणले गीतमा सुनमा सुगन्ध थपेको छ । मिक्सिङ तथा मास्टरिङको काम अशोक महर्जनले गरेका हुन् ।

 

 

 


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology