बस दुर्घटनामा १० घाइते


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

कास्की । पोखराबाट बुटवलको लागि छुटेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिद्दार्थ राजमार्गको गल्याङ नगरपालिका ११ मा लु १ ख ४६९१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार सबै (दश) घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेहरुको गल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकाहरुको हात तथा खुट्टामा चोटपटक लागेको छ । बस चालक रामकृष्ण श्रेष्ठले सडकमा भएको खाल्टोमा बसको टायर धस्सिँदा पट्टा भाँच्चिएर दुर्घटना भएको बताए । बस सडक छेउको ढिस्कोमा ठोक्किए पनि ठूलो मानवीय क्षतिबाट जोगिएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology