‘सुर्खेत :एक सांस्कृतिक तथा प्राकृतिक खुला संग्रहालय’


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

रोहित श्रेष्ठ
काठमाडौं । बुलबुले ताल मध्यपश्चिमाञ्चलको सुर्खेत जिल्लामा अवस्थित प्राकृतिक ताल हो । जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएकाले यो तालको नाम बुलबुले ताल राखिएकोे किवंदन्ती छ । यो समुन्द्री सतहबाट लगभग ६ सय ५७ मिटर उचाइमा अवस्थित छ । बुलबुले ताल र कांक्रेबिहार एकै सुर्खेत उपत्यकामा अवस्थित छन् ।

पर्यटकहरु बुलबुले ताल पुगेपछि त्यहाँको सुन्दरताले आनन्दित हुने गर्दछन् । झन त्यसमाथि कांक्रेविहारको आकर्षणले यो ठाउँमा पर्यटकहरुको ओइरो नै लाग्ने गरेको छ । जसलाई दोस्रो लुम्बीनीका नामले पनि चिनिन्छ । सुर्खेत सदरमुकाम विरेन्द्रनगरबाट लगभग आधा घण्टाको जीप यात्रापछि काँक्रेविहार पुग्न सकिन्छ ।

कला सस्कृंतिमा धनी मानिने सुर्खेतको पैसरी, गर्रा, पञ्चेबाजा तथा खुँडा नाच सुर्खेत जिल्लामा मात्र नभई देशकै सँस्कृतिक पहिचान हुन् । राष्ट्रिय पोशाकमा सजिएर नाच्ने पैसरी नाच अत्यन्तै उत्कृष्ट मानिन्छ ।

पश्चिम नेपालमा बजाइने पञ्चेबाजा, गर्रा नाच, भेषभूषा र तालमा अन्यत्रभन्दा फरक प्रस्तुति पाइन्छ । त्यहाँको संस्कृतिलाई जर्गेना गर्नलाई स्थानिय बासिन्दा आफैं लागी परेका छन् । युवा पुस्तामा नाचका बारेमा जानकारी दिने मात्रै होइन, उनिहरुलाई बेला बेलामा प्रशिक्षण समेत दिने गरिएको छ ।

पर्यटकीय काँक्रेविहारसहित पश्चिम नेपालमै प्रख्यात देउती बज्यै तथा बुलबुले तालले सुर्खेतको पर्यटन र आर्थिक उन्नयनमा मात्रै नभई मनोरम दृश्य बढाउन समेत मदत गरेका छन् । सुर्खेत मध्यपश्चिमको सदरमुकामका साथै एक आर्थिक प्रवेशद्धारका रुपले पनि परिचित छ ।

मध्यपश्चिमको सदरमुकाम नै भएका कारण यहाँ हिमाल तथा पहाडबाट झरेका मानिसहरुको बाहुल्यता रहेको छ । कला र संस्कृतिले भरिपूर्ण सुर्खेत विभिन्न जातजाति तथा भाषाभाषीहरुकोे खुला संग्रहालय नै मानिन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology