जीवनका लागि प्रेम अत्यावश्यक छः ऐन महर


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

हरेक विषयलाई हामीले सापेक्षतामा बुझ्नु पर्दछ । कुनैपनि वस्तु र पर्दाथका सकारात्मक र नकरात्मक पक्ष हुन्छन् । हरेक वस्तुलाई सापेक्षतामा बुझ्न मार्क्सवादी दर्शनले निर्देशित गर्दछ र हामी त्यही अनुसार बुझ्ने गर्दछौँ ।

भ्यालेन्टाइन डेलाई पनि हामीले सापेक्षतामा नै बुझ्नु पर्दछ । युवायुवतीले भ्यालेन्टाइन डेलाई विशेष मान्यता दिएका छन् र मनाउँछन् पनि । भ्यालेन्टाइन डे प्रेमको प्रतीकको रूपमा हेर्ने प्रचलन पनि बढ्दो छ । एउटा महिला र पुरुषले एकअर्कामा कतिसम्म माया गर्न सक्छ र सन्तुष्टि लिन्छ भन्ने विषयले पनि यसमा प्रवेश पाउन सक्छ । त्यसकारण भ्यालेन्टाइनको डेको सम्मानमा यो दिवस मनाएको हो ।

सौन्दर्यता भन्दा पनि प्रेमको प्रतीकको रूपमा प्रेम दिवसलाई मनाइन्छ । प्रेमका आफ्नै परिभाषा र व्याख्याहरू छन् तर प्रेम अत्यावश्यक छ । एक अर्कामा माया, सद्भाव भएन भने समाज चल्दैन । अगाडि बढ्दैन । बाबु–छोरा, आमा–छोरा, दिदी–बहिनी, दाजु–बहिनी, मामा–भान्जा बिचको प्रेम यी सबै प्रेम नै हुन् । सम्बन्धले हामी बिचको प्रेमको वर्ग छुट्टाउँछ । प्रेमलाई यो तरिकाले बुझ्दा उपयुक्त हुन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology