काबुल पुगेर टुंगिएको ‘चार्ल्स शोभराज’को प्रेमकथा


  • कामना न्यूज
  • प्रकाशित मिति : शुक्र, फाल्गुन २, २०७६

‘बिकनी किलर’को नामबाट प्रख्यात चाल्र्स शोभराज आफ्नो अपराधको कारण जति कुख्यात रुपमा चिनिन्छन् उति नै उनको प्रेम प्रसंगका किस्सा चर्चित छ । शोभराजको प्रेम प्रसंगलाई नजिकबाट नियाल्नुअघि उनको एउटा खुबीको बारेमा चर्चा गर्नु प्रासंगिक हुन्छ । ’इस्पिटिङ किलर’ र ’द सेरपेन्ट’ अर्थात शोभराज यस्ता रोमियो थिए, जो पहिलो भेटमा नै कसैको पनि हृदय जित्न सक्थे ।
सन् १९७६ देखि १९९७ सम्म भारतीय जेलहरूमा सजाय काटेका फ्रान्सेली अपराधी शोभराज पहिलोपटक सन् १९६३ मा समातिएका थिए, त्यतिखेर उनको उमेर १९ वर्षको मात्र थियो । उनले जेलमा फिलिक्स डी इस्कोज्नीलाई भेटे । धनाढ्य इस्कोज्नीले नै जेलमुक्त भएपछि शोभराजलाई पेरिसको आपराधिक गिरोहसँगको सम्पर्कमा ल्याए । अब शोभराजको अपराध शृंखला बढ्दै गयो । उनी फ्रान्सका धनाढ्य वर्गहरूसँग हिमचिम बढाउन क्रियाशील रहे ।
यसरी चिनजान बढाउँदै जाने क्रममा एक पार्टीको दौरान शोभराजको भेट सेन्टाल नामकी युवतीसँग भयो । शोभराजको शारीरिक बनावट र बोलचालको तौरतरिकाले कुनै पनि युवती उनको आकर्षणबाट मुक्त हुन सक्दैनथे । त्यसमाथि उनको बहादुरीको किस्सा पनि चर्चाको सेरोफेरोमा घुम्दै थियो ।

सेन्टालको आमा–बुबालाई यो सम्बन्ध स्वीकार्य थिएनः

सेन्टाल निकै सुन्दरी युवती थिइन् । उनी आफ्नो आमाबुबासँग रहन्थिन् । सेन्टालको आमा–बुबालाई जब उनको र शोभराजको प्रेम प्रसंगको बारेमा छाल पाए, तब आमा–बुबाले आफ्नो छोरीलाई सम्बन्ध त्याग्न कडाइका साथ आदेश दिए । सेन्टालको आमा–बुबा रुढीवादी त् थिए नै साथै उनीहरूलाई डर समेत थियो । शोभराजले सेन्टाललाई आफू भियतनामी शहर साइगानको एक धनाढ्य परिवारको वंशज भएको बताए । यससँगै उनले सेन्टाललाई बिहेको लागि राजी गराउन सफल भए । तर सेन्टालले बिहेको लागि आफ्नो आमा–बुबालाई मनाउन सकिनन् । सेन्टाल पर्सियन युवती थिइन्, साथै उनी भियतनामी पिता र सिन्धी माताकी सन्तान थिइन् । सेन्टालको पिताले छोरीसँग शोभराजको सम्बन्ध अस्विकार गर्नुको कारण वर्ग विभेद नै थियो । तर पिता विरुद्ध बोल्दै छोरी सेन्टालले आफूलाई शोभराज गरिब–धनी हुनुले कुनै फरक नपर्ने बताइन् ।

जेलको दौरान सेन्टालसँग दोस्ती भएको केही दिनपश्चात नै शोभराज कार चोरीको आरोपमा प्रक्राउ परे । शोभराजसँगको प्रेममा चुर्लुम्म डुबेकी सेन्टालको प्रेम झनझन गहिरो बन्दै गयो । सोही कारण सेन्टाल शोभराजलाई भेट्न बारबर जेल पुग्ने गर्थिन् । त्यस समयसम्म शोभराजलाई सेन्टालको कामधन्धाको बारेको कुनै प्रकारको जानकारी थिएन । शोभराजको यो ८ महिने जेल निवासको क्रममा उनीहरूले एक–अर्काको साथ् निकै राम्रो समय बिताए । कसैले सेन्टाललाई उनको परिचय मागे उनी आफू सेनामा भर्ती हुनको लागि आएको र तालिम चलेको लगायतका तर्कहरू अगाडि सारिदिने गर्थिन् ।

समय बित्दै गयो । शोभराजले आफ्नो काला कर्तुत र आपराधिक मानसिकताले निकै धन जम्मा गरे । शोभराजसँग जम्मा हुँदै गएको धनको बारेमा सेन्टालको पिता बेखबर थिएनन्, उनलाई शोभराज आफ्नो छोरीको लागि योग्य युवक भन्ने लाग्न थाल्यो । अन्ततः सेन्टाल–शोभराजको विवाह भयो ।

समयको स्वभाव..बित्दै गयो । सेन्टाल गर्भवती भइन् । पूर्वी युरोपमा नक्कली कागजात लिएर घुम्ने तथा पर्यटकलाई लुट्ने गरेका कारण शोभराज प्रहरीको खोजीको मुख्य सूचिमा थिए । यसैकारण उनीहरूले युरोप छोड्ने निर्णय गरे । शोभराजले यसबीच फेलिक्स नाम गरेको वक व्यक्तिसँग भेटेर उनको कार आफूलाई चाहिएको बताए । त्यसपछि आफूले त्यतिबेलासम्म जम्मा गरेको कालो धन बोकेर उनी पूर्वी युरोप छाडे ।
शोभराज फेलिक्ससँग मागेको कार चढेर इस्तानाबुल पुगे । यसबीच शोभराज उसको सम्पर्कमा आउने व्यक्तिहरूलाई पने लुट्ने काम जारी राखे । सन् १९७० मा गर्भवती श्रीमती लिएर शोभराज एशिया आइपुगेका शोभराज दम्पतिको मुम्बईमा उषा नाम गरेकी छोरीको जन्म भयो ।

काबुलमा पुगेर अन्त्य भयो प्रेम कथाः

पारिवारिक जिम्मेवारीसँगै शोभराजको अपराध कर्म थपियो । उनले अब चोरी, डकैतीसँगै हत्या समेत गर्न थाले । सन् १९७३ मा होटल अशोकास्थित गहना गृहमा शोभराजले डकैती गरे । जेल परे । श्रीमतीले बिरामी भएको बहाना बनाएपछि उनी जेलमुक्त भए । तर त्यतिमै यो सिलसिला रोकिएन, छोटो समयमै यो दम्पति फेरि पक्राउ पर्योे । यसपटक शोभराज आफ्ना बाबुले जमानत तिरिदिएपछि जेलमुक्त भए अनि अफगानिस्तानको काबुल पुगे । यस दम्पतिले काबुल पुगेर हिप्पी(पर्यटक)हरूलाई लुट्न थाल्यो । उनीहरु बारम्बार पक्राउ पनि पर्थे तर भारतमा जस्तैगरि बिरामीको बहाना बनाएर उनीहरू छुटिरहन्थे ।

एकातर्फ शोभराजले अपराध छाडेनन् । अर्कोतर्फ प्रहरीले उनको पिछा छाडेन । उता सेन्टाल शोभराजको हर्कतले हैरान भइसकेकी थिइन् । शोभराजको आपराधिक विगतले सेन्टाललाई हरबखत पिरोलिरहन्थ्यो । अन्ततः सेन्टाल शोभराजलाई अब कहिल्यै नभेट्ने निर्णय सुनाएर फ्रान्स फर्किने निर्णयमा पुगिन् ।

त्यसपछि शोभराज,

शोभराजले यसपछिका २ वर्ष प्रहरी फन्दाबाट बच्न अनेक तिकडम लगाए । उनले १० वटा पासपोर्ट बोक्थे । चोरीका ती पासपोर्ट बोकेर अलग(अलग नाममा उनी नेपाल, मलेसिया, भारत, थाइल्यान्ड, मध्यपूर्व र पूर्वी युरोपका धेरै देश घुमे । परिचय लुकाउँदै शोभराज भागिरहे। उनले यसरी भाग्ने क्रममा फरक–फरक नाममा थुप्रै पर्यटकको हत्या गरे । शोभराजमाथि भारत, थाइल्यान्ड, टर्की, युगोस्लाभिया लगायत थुप्रै देशमा व्यक्ति हत्या गरेको आरोप छ । उनी कहिले सेल्सम्यान त कहिले ड्रग्स करोबारीका रुपमा पर्यटकसँग नजिक हुन्थे । यो सिलसिला चल्दै रह्यो.. शोभराज काठमाडौैँ आइपुगे । उनले १९७५ मा काठमाडौँमा एक अमेरिकी नागरिक ‘कोनी जोई ब्रोनिज’को हत्या गरे । त्यसपछि पनि उनले विभिन्न समयमा नेपालमा विभिन्नह पर्यटकको हत्या गरेका छन् ।

काठमाडौँको दरबारमार्गबाट सन् २००४ मा पक्राउ पर्नुअघि नेपाल प्रहरीसँगै विश्वका थुप्रै प्रहरी तथा इन्टरपोलले समेत उनलाई खोजीको सूचिमा राखेको थियो । उनले १९७३ देखि १९७६ सम्ममात्रै विभिन्न स्थानमा फरक–फरक पासपोर्ट बोकेर हिँड्ने क्रममा कम्तीमा २४ जनाको हत्या गरेको प्रहरी रेकर्ड छ ।

‘शोभराज महिलासँग भावनात्मक सम्बन्ध बनाउथे । शारीरिक निकटता बढाउँथे । आफ्नो अपराधकर्ममा साथ खोज्थे । साथ नदिने महिलाको हत्या गर्थे ।’ उनलाई नजिकबाट चिन्ने वा उनको बारेमा जान्नेहरू बताउँछन् । ज–जसले उनको अपराध कर्ममा साथ दिए ती महिलाले पनि आफ्नो पोल खोल्न सक्ने भय शोभराजलाई थियो । त्यसैले उनले धेरैको हत्या गर्ने गरेको जानकारहरूको तर्क छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

© 2016 all right reserved to kamananews.com | Site By : SobizTrend Technology