काँडा

काँडा

  • 3.1K
    SHARES

  • किनकि, दुखाई– सम्झनका लागि हैन काँडा न हुँ हाम्रो जम्का भेट हुन सक्छ तिमिले ओहोर–दोहोर गर्ने गोरेटोहरूमा तिमीले सुस्केरा हाल्दै थकाई मार्ने चौतारीहरूमा भेट हुन सक्छ म अहंको सुन्दर वस्त्राभूषणमा सजिएर जीवन गीत गाउँदै हिँडिरहेको बेला या, भेट हुन सक्छ मृत्युलाई काँधमा बोकी जीवनको उकाली चढिरहेको बेला भेट भैहालेमा यदि चुपचाप हिँडिदिनु– म एक जुनी बाँचिदिउँला मेरै शिरमा सजाएर तिमीलाई म त काँडा न हुँ अल्झन सक्छु– तिम्रो कपालमा अल्झन सक्छु– तिम्रो पछ्यौरीमा बिझाउन सक्छु– तिम्रा कोमल हातका औँलाहरूमा या, बिझाउन सक्छु– तिम्रा पाइतालाहरूमा बिझिहाले भने यदि भुलिदिनु– किनकि, दुखाई सम्झनको लागि हैन ।

    • शनिवार, फाल्गुन ३ २०७६०५:५५:११
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ