काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाही प्रकरण अन्ततः फासफुस भएको छ । लामो समय सम्बन्ध र संगतमा रहेको भन्ने अनेक तर्कनाले राष्ट्रीय राजनीतिक माहौलमा सरगर्मी नै ल्यायो । जसले नेपाली राजनीतिमा ‘हाइप्रोफाइल क्रिमिनल’लाई समेत नछोडेको भन्ने तरंग फैलियो । त्यही प्रकरणमा महराको सभामुख पद मात्र गुमेन, जीवनमा समेत नराम्रो दाग लाग्यो । रोशनीले महरामाथि बलात्कारको आरोप लगाइन् । महराले त्यो आरोप खण्डनको प्रयास गरे तर त्यसलाई तथ्यपूर्ण रुपमा सत्य सावित गर्न सकेनन् ।
अन्ततः सभामुख पार्टीसहित चौतर्फी दबाबमा सभामुख पद छोड्नुपर्यो । त्यतिले मात्र पुगेन । प्रहरी थुना हुँदै केही महिना सदरखोरमा समेत बस्नुपर्यो । त्यसको कारण हुन्– उनै रोशनी । जसको कारणले महरालाई सभामुख बहिगर्मन र जेलसम्म पुर्यायो । साढे चार महिना सदरखोर बसाइपछि महराले सोमबार सफाइ पाएका छन् । महराको रिहाइ र सफाइप्रति खुशी व्यक्त गर्ने तप्का ठूलै छ ।
आरोपप्रति सफाइ पाएकोमा महरालाई पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले बधाई दिइरहेका छन् । बधाईमा अर्को रोचक पात्र पनि थपिएकी छन्, ती हुन उनै रोशनी । महरा छुट्दा रोशनी खुशी भएकी छन् । महरा अर्थात् ‘एम सर’लाई उनले लगाएको आरोपमा पाएको सफाईले रोशनीमा यतिखेर खुशीको आँधी आएको छ ।
पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएकै दिन पूर्व उपसभामुख समेत रहेकी शिवमाया तुम्बाहाम्फेलाई कानुनमन्त्रीमा ‘बढुवा’ गरिएको छ । सार्वजनिक महत्व बोकेका दुई मुद्दाले ‘आजकै दिन सफलता पाउनु संयोग मात्र हो कि ? राजनीतिक तीकडम ?’ भन्ने कुरामा सामाजिक सञ्जालमा उठ्न थालेको छ ।
‘महरा सरले सफाइ पाउनुभयो, म खुशी छु,’ रोशनीले भनेकी छन्, ‘सरले पनि न्याय पाउनुभयो र मैले पनि न्याय पाएँ ।’ उनले राज्यले आफूहरूलाई दुख दिन चाहेको तर राज्य असफल भएको बताएकी छन् । आफूले महरामाथि लगाएको आरोप होइन भनेर सच्याउँदा पनि षड्यन्त्रका साथ दुख दिएको आरोप लगाइन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ