यही फागुन ९ र १० गते सञ्चालन हुने भनेको आन्तरिक पर्यटन मेला कोरोनाको प्रभ्रावका कारण सरेको छ ।
आज सोमबार गन्तव्य ‘नेपाल पर्यटन इभेन्ट म्यानेजमेन्ट’ले पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
दोस्रो पर्यटन मेला २०२० यही ९ र १० गते गरिने भनिएकोमा आगामी जेठ १६÷१७ मा सारिएको छ ।
गन्तव्य नेपाल पर्यटन इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारीले एउटै ठाउँबाट नेपालमा रहेका विभिन्न क्षेत्रका महत्वपूर्ण पर्यटकीय आकर्षणका विषयवस्तुहरू चिनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताएका छन् ।
अध्यक्ष अधिकारीले कोरोना भाइरसको देखिएको बढ्दो प्रभावका कारण हिजो आइतबार पर्यटन बोर्ड, एनएटिएचएम (नाथम), नेपाल टेलिकमलगायत सरोकारका अरू संस्थाबिच बसेको बैठकले यो निर्णय गरेको जानकारी गराएका छन् ।
उनले ५० हजार आन्तरिक पर्यटकलाई १५० स्टल मार्फत देशका विभिन्न स्थलगत झलकहरू अवलोकन गराउने उद्देश्यका साथ राखिएको आयोजनामा आजसम्म ७५ वटा स्टल बुकिङ भएको बताएका हुन् ।
मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरू, हस्तकताका सामाग्री, र्याफ्टिङ, बन्जीजम्प, जिपफ्लायर, केबलकार, टुरिज्म शैक्षिक कलेज, पर्यटन यातायात, देश विदेशको भ्रमण, आकाशबाट धर्ती हेर्ने प्याराग्लाइडिङ, काठमाडौँ मोफसलका होटल तथा रेष्टुरेन्ट, ७ वटै प्रदेशको विभिन्न स्वादका परिकार, होमस्टे, सञ्चार लगायतको एकै ठाउँमा अवलोकन गर्न सकिने र प्याकेजको व्यवस्था, राष्ट्रिय कला संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिको संस्कृति झल्कने तथा राष्ट्रिय पहिचान दिने खालका झाँकीको नृत्य प्रर्दशनी रहने गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ