काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न र भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । उनले प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देशमा उक्त कुरा बताएका हुन् ।
‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ’ पूर्वराजाले भनेका छन्, ‘हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौँ– नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’
भारत भ्रमणमा रहेका पूर्वराजाले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागि मात्र होइन भन्दै सबै जनताले प्रतिफल पाउनुपर्ने बताएका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ