युवती बलात्कारको आरोप लागेपछि फरार भएका अभियुक्त ५१ वर्षीय पूर्व डिएसपी राजकुमार ख्युजूको खोजी भइरहेको छ । उनी प्रहरीमा उजुरी परेकै दिनदेखि सम्पर्कमा आएका छैनन् । आज डिएसपी ख्युजू र पीडितको फोन संवादको चर्चा सुनेपछि कामना न्यूजले फलो अप गर्न जावलाखेल प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईसँग सम्पर्क गरेको थियो । अहिले हेटौँडामा रहेका राईले भने, ‘म बीस वर्ष अनुसन्धानमा बसेको मान्छे हुँ । अहिले ख्युजू फरार छन् । हामी अपराधीलाई जसरी पनि कानूनी दायरामा ल्याउँछौ, तपाईं ढुक्क हुनुहोस् । हामी अहिले अनुसन्धानमा नै छौँ तपाईंहरू तपाईंहरूको काम गर्नुहोस् । हामी पनि हाम्रो काममा छौँ ।’
‘उनी अहिले फरार छन्, पीडितलगायत अरू कोहीसँग पनि उनी सम्पर्कमा आएको सूचना प्राप्त भएको छैन । तपाईंहरू हल्लाको पछि नलाग्नुस् । सम्पर्क भयो पनि होला हामी यसको अनुसन्धानमा नै छौँ,’ प्रहरीको काम कारबाहीमा शंका नगर्न आग्रह गर्दै राईले भने, ‘आएकै हुन् भने पनि ओसामा विन लादेन जसरी लुकेर सम्पर्कमा आएका होलान् । उनी त्यतिखेर फरारको लिस्ट रहेर पनि मिडियामा आउँथे अहिले ख्युजु पनि त्यस्तै हो ।’
पीडित युवतीसँग फोनमा सम्पर्क गर्दा आजभोलि कसैले धम्क्याउने, फकाउने र प्रलोभन देखाउने नगरेको बताइन् ।
०००
पीडित युवतीसँग पूर्व डिएसपी ख्युजूले फोनमा पहिल्यै गरेको कुराकानी यस्तो छ ।
युवती : घरीघरी किन फोन गर्छस् तँ ?
ख्युजू : नानु, सुन सुन म सातदोबाटो आउँछु ।
युवती : तैँले जहाँजहाँ भनिस्, म त्यहीँ आउने म तेरो को हो हँ ? अब म तँलाई छोड्दै छोड्दिनँ ।
ख्युजू : सुन, सुन तिमीले जे भने पनि मान्छु ।
युवती : तैँले जेसुकै भने पनि मान्दै मान्दिनँ, गड प्रमिस मान्दिनँ । तैँले त धेरैचोटि कसम खाइस्, थाहा छ । तँ आफैँ गल्ती गरेर मेरो कोठामा सुत्न आएको भन्ने ?
ख्युजू : सुन, सुन तिमीले भनेको मान्छु । तिमीकहाँ आउँछु ल । अहिले टाढा छु । जसरी भए पनि म एक घन्टाभित्र तिमीलाई भेट्न म आउँछु, जसरी भए पनि आउँछु ।
युवती : तँलाई म एक सेकेन्ड पनि भेट दिन्नँ । म किन भेट्छु, म यहाँ सरहरूसँग छु (प्रहरी) । जेसुकै गर, मलाई केही पनि फरक पर्दैन । तैँले गरेको गल्तीको सजाय तँलाई नदिई छोड्दिनँ ।
ख्युजू : सुन, सुन मलाई कारबाही गरेर तिमीलाई के हुन्छ, भन त ? तिमीलाई राम्रो हुन्छ ?
युवती : हुन्छ, हुन्छ । तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ । तैँले अर्काकी छोरीलाई गरेको व्यवहार, तैँले गर्दा मेरो कहीँ पनि ठाउँ छैन बुझिस्, तैँले जे बोल्दा नि जे गर्दा नि हुन्छ, यहाँ ?
ख्युजू : तिमीले भनेको मान्छु । तिमी त्यहाँबाट आऊ ल भन, तिमीलाई कहाँ भेटूँ, ल भन । म आउँछु ।
युवती : मैले यहाँ आएर निवेदन दिइसकेपछि तँसँग म मिल्छु ? तैँले अर्काकी छोरीलाई जे गरे पनि हुन्छ ?
ख्युजू : नानु, सुन सुन आवेशमा आएर भनेँ होला । निवेदन नदेऊ । तिमीले भनेको सबै मान्छु ल ।
युवती : म कुनै पनि कुरा मान्दिनँ, मसँग मिल्ने कुरै नगर् ल । मसँग मिल्ने कुरै नगर् ?
ख्युजू : प्लिज, प्लिज तिमीले जे भन्यो त्यही मान्छु । प्लिज, प्लिज । जे भन्यो त्यहीँ मान्छु निवेदन फिर्ता लेऊ ।
युवती : कसम मान्दिनँ, म तैँले भनेको म केही पनि मान्दिनँ । फोन राख् । अब म ब्ल्याकलिस्टमा फोन राखिदिन्छु । मलाई फोन नगर् । तँसँग कन्ट्याक्ट हुँदिनँ । तँसँग म मुद्दामा आएर भेट्छु । तेरो केही कुरा पनि सुन्दिनँ ।
ख्युजू : त्यसो नभन, तिमीले भनेको सबै मान्छु ।
युवती : तेरो कुरा मान्दा तैँले मलाई पेलेको होस् । तैँले जे–जे भन्यो, त्यही मान्दा तैँले मलाई यसो गरेको होस् ।
ख्युजू : तिमीले भनेको मान्छु, तिमीले भनेजसो गर्छु । प्लिज, प्लिज नरिसाऊ, मेरो इज्जत बचाइदेऊ ।
युवती : तँ जहाँसुकै गएर जेसुकै बोल् मलाई मतलब छैन । तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ । त्यत्ति हो, मलाई चाहिएको ।
ख्युजू : तिमी आफैँ भन न मलाई कारबाही गरेर तिमीलाई के फाइदा हुन्छ, भन त ?
युवती : तँलाई कारबाही गरेर मेरो जिन्दगी फर्किन्छ । मलाई तैँले जति रुवाएको छस्, तँलाई कारबाही गर्दा म त्यति नै खुसी हुन्छु ।
ख्युजू : त्यसो नभन । तिमीले जहाँ भने पनि म आउँछु ल ।
युवती : मलाई के मतलब, तेरो के वास्ता छ र मलाई ?
ख्युजू : कसम तिमीले भन्या मान्छु प्लिज, प्लिज ।
युवती : भगवान् कसम मान्दिनँ ल । मैले भनिसकेँ, तँलाई कारबाही नगरी म छोड्दै छोड्दिनँ । तैँले गरेको गल्तीको सजाय पाउनैपर्छ ।
यसरी दर्ता भएको थियो मुद्दा
काभ्रे (ठेगाना परिवर्तन) घर भई हाल पढाइको सिलसिलामा बानेश्वर बस्ने २१ वर्षीय युवती सीता पराजुली (नाम परिवर्तन)ले ख्युजूविरुद्ध आफूलाई करणी गरेको आरोप लगाइन् ।
पढाइ सकेर सेक्युरिटी गार्डको जागिर गर्न प्रहरीको सिफारिस आवश्यक परेपछि उनी चापागाउँ दोबाटोको प्रहरी वृत्त पुगिन् । त्यसै सिलसिलामा सूर्य्विनायक भक्तपुर घर भएका ५१ वर्षीय डिएसपी राजकुमार ख्युजले चिया खान भनेर युवतीलाई आफ्नो कोठामा लिएर गए । उनले चिया लिएर आउने प्रहरीलाई बाहिर पठाइ जवर्जस्ती करणी गरेको पीडितको भनाइ छ । बोल्न कराउन नसक्ने गरीे मुख थुनी कपडा फुकाली जवर्जस्ती करणी गरेको युवतीले बताइन् ।
उनले आफूसँग करणीको भिडियो क्लिप भएको र घटनाबारे कसैलाई बताए वा कतै उजुरी गरे भिडियो सार्वजनिक गर्ने धम्कीसमेत दिए । त्यही भिडियोको आडमा ६ महिनासम्म दिनको चार पाँच पटक करणी गरेको पीडित युवतीले कामना न्यूजलाई बताइन् ।
डिएसपी राज कुमार ख्युज सरुवा भए विराटनगरमा थिए । त्यसै क्रममा पीडित आफ्नो कहालीलाग्दो शारीरिक र मानसिक भोगाइबाट मुक्त भएपछि एकदिन फेसबुकमा दाङका पत्रकार साथीलाई घटनाबारे सबै खुलाइन् । ती पत्रकारले काठमाडौँमा रहेका अर्का पत्रकार साथीलाई सुनाए । उनले आफ्नो सम्पर्कमा महिला अधिकारकर्मीलाई सुनाइदिएपछि यो कुरा बाहिर आएको हो ।
ती महिला अधिकारकर्मीले पीडितलाई महानगरीय प्रहरी वृत्त टेकु लिएर गइन् । उनीहरूले प्रहरी सामु घटनाको सबै विवरण सुनाए । प्रहरीले प्रमाण खोजेपछि युवतीले आफ्नो मोबाइलमा भएका सबै रेकर्ड प्रमाणहरू प्रहरीलाई देखाइन् । प्रहरीले घटनाको सबै अडियो भिडियो हेरेपछि जबर्जस्ती मोबाइल खोसेर ती सबै प्रमाणहरू डिलिट गरिदिएको पिडित युवतीको भनाइ छ ।
यस्तो छ बलात्कृत युवतीको कहानी
सुन्दा कुनै फिल्मको कहानी भन्दा फरक छैन सीता पराजुली (नाम परिवर्तन) को भोगाइ । काभ्रेको विकट गाउँमा जन्मेकी सीता मध्यमवर्गीय परिवारबाट प्रतिनिधित्व गर्छिन् । सानैमा आमा बितेकी सीतालाई बुबाले हुर्काए–बढाए । आफ्ना केही सपना र परिवारप्रतिका केही जिम्मेवारी बोकेर सहर छिरेकी एउटी गाउँले केटीको कहालीलाग्दो वास्तविक आहान हो यो ।
त्यो छ महिना लामो अन्धकारमय कालखण्ड रह्यो सीताको जीवनमा । आफ्नै कोठाभित्र पनि बन्दीले जसरी सजाय काटेर निस्सासिनु पर्यो उनले । सबैभन्दा घीन लाग्ने त्यो अनुहारको दैनिक सामना गर्नुपथ्र्यो उनलेस जसले उनको कलिलो शरीरलाई निचोरेर छिया छिया पारिदिएको थियो ।
गतवर्षको मङ्सिर महिनामा गाउँका एकजना दाइले काठमाडौँमा सेक्युरिटी गार्डको काम लगाइदिन्छु भनेपछि केही गरेर आत्मनिर्भर बन्ने सपना बोकेर काभ्रे छाडी काठमाडौँ छिरेकी थिइन् सीता । सेक्युरिटी गार्डको जागिरका लागि प्रहरी सिफारिस चाहिने भएपछि सीता रिपोर्ट बनाउन ललितपुर चापागाउँस्थित प्रहरी वृत्तमा पुगिन् । चापागाउँ वृत्तका डिएसपी राजकुमार ख्युजुले प्रहरी सिफारिसका लागि सीतालाई जावलाखेल जानुपर्छ भने । बिरानो सहरमा अन्जान सीतालाई केही सजिलो भयोस जब डिएसपी ख्युजुले जावलाखेलमा सिफारिसका लागि आफूले भनसुन गरिदिने बताए । केही ढुक्क बनेपछि सीतालाई डिएसपी ख्युजुले चिया खान भनी आफ्नो क्याबिनमा लिएर गए । क्याबिनमा प्रहरीका एकजना स्टाफले चिया बनाएर ल्याएपछि ख्युजुले उनलाई बाहिर पठाएर एकाएक क्याबिनको ढोकाको चुक्कुल लगाए । ‘झ्यालहरू सबै बन्द थिएस डिएसपी एकैपटक मेरो जीउ समात्न आइपुगे । म कराउन लाग्दा मेरो मुख थुनिदिएर तल लगाएको कपडा जबरजस्ती खोली मलाई करणी गरे ।’ गतवर्षको मङ्सिर महिनाको त्यो कहालीलाग्दो घटना सम्झिँदै सीता भन्छिन्, ‘मलाई थाङथिलो बनाएपछि मैले बाहिर गएर सबैलाई भन्छु भन्दा भिडियो गरेको छु । पब्लिस गरिदिन्छु भनेर धम्क्याएपछि म पीडाले हलचल नै गर्न नसक्ने भए । बाहिर आउँदा म थाङथिलो भएकी थिए । पछि त्यही डिएसपी ख्युजुले सीता बिमारी छ, घर पुर्याइदेऊ भनेर प्रहरीकै गाडीमा बसाइ मलाई मेरो बानेश्वरको कोठासम्म पु¥याइदिए ।’
रक्षक नै भक्षकः सिलसिलेवार बलात्कारको नालीबेली
बच्चाबेलादेखि नै प्रहरी रक्षक भनेर सुन्दै आएकी सीताले त्यसदिन आफ्नै नाङ्गो आँखाले रक्षकको भक्षक रूप देखिन् । आफूमाथि बलात्कार भएको थाहा पाउँदा पाउँदै बाहिर बसेका जवानहरू तथा अन्य प्रहरी अधिकारीहरूले पनि नाङ्गो नाँच हेरेर बसे । नेपालको सबैभन्दा ठूलो पुलिस नै डिएसपी होला भन्ने निर्दोष भ्रम थियो सीतालाई त्यो बेला । आफूमाथि भएको अन्याय र डिएसपी पदको बल अगाडि अन्जान ठाउँमा कहाँ जाने ? कता जाने ? के गर्ने ? उनलाई कुनै भेऊ नै भएन ।
सीतामाथिको त्यो घृणित व्यवहार अब त्यो दिनमात्र सीमित रहेन । डिएसपी ख्युजुले सीतालाई उनको भिडियो भाइरल गरिदिने धम्की दिँदै आफूलाई भेट्न आउन पटक–पटक दबाब दिन थाले । फोन गर्ने, फोन रिसिभ नगर्दा कोठामै गाडी लिएर आउने गर्न थाले । सीतामाथिको अत्याचारले त त्यो बेला सीमा नाघ्यो जब डिएसपी ख्युजु दिनमा तीनदेखि चारपटक सम्म आएर उनीमाथि जबर्जस्ती गर्न थाले । सीताले आँशु पुछ्दै आफ्नो वेदना पोखिन् ।
‘मेरो कामको सिफ्ट अनुसार फुर्सदको समय थाहा पाएर डिएसपी दिनहुँजसो कोठामा आउन थाले । मैले फोन रिसिभ गरिन् वा अफ् गरे भने गाडी लिएर कोठामै आउँथे’ सीता भन्छिन् ।
मङ्सिरदेखि सुरु भएको सीतामाथिको त्यो अत्याचार लगातार ६ महिनासम्म चलि नै रह्यो । सिधासाधा सीताले न कसैलाई भन्न सकिनँ न त केही गर्न नै । ‘त्यो छ महिनाको बीचमा मैले धेरै औखतीहरू खाए । मैले मर्न धेरै कोसिस गरे, सकिनँ ।’
गत बैशाख महिनामा ख्युजुको विराटनगरमा सरुवा भएपछि पिँजडाको चरा जस्तै मुक्त भएकी थिइन् सीता । तर टाढा रहेर पनि डीएसपी ख्युजुले सीतालाई आफ्नो गिद्दे नजरबाट बच्न दिएनन् । जोन नामको फेक आइडी बनाएर धम्की दिने तथा अस्लिल शब्द प्रयोग गरी गाली गर्ने गर्न थाले । फोन उठाउन धम्काउँदै बेलाबखत भिडियो कल गरेर गुप्तांग देखाउने, ब्ल्याकमेल गर्ने क्रम रोकिएन ।
सीताले आफू बाहिर गएर डिएसपीको कर्तुतको पर्दाफास गर्ने धम्की दिएपछि डिएसपीले आफ्नी श्रीमती र छोरीद्वारा आफूलाई पिटाएको समेत सीताले बताइन् । आफूमाथि अन्याय गरेर नारकीय जीवन बनाउने ती डिएसपीले आफ्नै आँखा अगाडि सजाय पाएको देख्ने उनको एउटै इच्छा थियो । तर, कहाँ जाने, के गर्ने कुनै बाटो नदेखेकी सीतालाई न्यायको झिनो आशा त्यतिखेर जाग्यो जब उनले आफ्नो फेसबुकमा साथी रहेका दाङका एकजना पत्रकारसँग कुराकानी गर्ने मौका पाइन् । उनको दुःखद बेलिबिस्तार सुनेपछि ती पत्रकारले काठमाडौँका पत्रकार साथीलाई सम्पर्क गरिदिए । काठमाडौँका पत्रकारमार्फत सीता राष्ट्रिय महिला अधिकार मञ्चसम्म पुगिन् ।
लोभलालच, धम्की तथा आश्वासन
सीताले आफूमाथि भएको ज्यादती अधिकार मञ्चमा सुनाएपछि डिएसपी ख्युजुले मान्छे परिचालन गरेर उनलाई धम्की दिने गर्न थाले । एकजना पत्रकार पनि डिएसपीका पक्षबाट सीतालाई लोभलालच, धम्की तथा आश्वासन दिएर घटना मिलाउन बार्गे्निङ गर्न थाले । तर सीताले केही प्रवाह नगरी, कसैलाई नसुनी राष्ट्रिय महिला अधिकार मञ्चकी अभियन्तालाई आफूसँग ६ महिनासम्म भएको घटनाको जाहेरी दिन महानगरीय प्रहरी वृत्त टेकु पुगिन् । तर प्रहरी अधिकारीमाथि नै लगाइएको आरोपको जाहेरी प्रहरीले लिन मानेन । प्रहरीले जाहेरी दिने भए प्रमाण चाहिने भनेपछि सीताले मोबाइलमा भएका केही दसी प्रमाण प्रहरीलाई देखाइन् । तर प्रहरीले सीताको मोबाइल खोसी घटनासँग सम्बन्धित प्रमाणको रूपमा प्रस्तुत गर्न सकिने भिडियो, अडियो, तस्वीर लगायतका सामग्रीहरू डिलिट गरिदिए ।
‘मेरो घरपरिवारलाई धम्की दिइयो । मैले म माथि भएको अन्यायको पर्दाफास गर्छु भनेर बाहिर आउँदा प्रहरी प्रशासनले नै मलाई घटना लुकाउन दबाब दियो । डिएसपी ख्युजुलाई जेल पु¥याएर सजाय दिएको हेर्न मन छ ।’ सीताले भावुक हुँदै भनिन् ।
जवरजस्ती करणी गरेकाे युवतीलाई वकिलहरुले पैसा लिएर मिल्न दबाव दिए
पूर्व डिएसपी राजकुमार ख्युजुले जवरजस्ती करणी गरेकाे युवतीलाई वकिलहरुले पैसा लिएर मिल्न दबाव दिएका छन् ।
काभ्रे घर भई हाल बानेश्वर बस्ने युवती सीता पराजुली (नाम परिर्वतन)ले ख्युजुविरुद्ध आफूलाई करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । साेही उजुरीसँगै अधिवक्ताहरुले ख्युजुसँग पैसा लिएर आफूहरुलाई पनि बाँड्न दबाव दिएकाे पीडित युवतीले बताएकी छन् ।
यसका साथै युट्युबर दीपक गिरीले आफ्नाे युट्युवमार्फत ख्युजु र युवतीकाे भिडियाे बनाएर राखेका छन् । साेही भिडियाेमा ख्युजुले पीडित युवतीकाे नामसहित आधारहीन विषयबारे बाेलेका थिए । बलात्कारको आराेपमा ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाे पूर्व डिएसपी राजकुमार ख्युजु फरार भएका छन् । पक्राउ पुर्जी जारी भएसँगै उनी फरार भएकाे प्रहरीले जनाएकाे छ ।
उक्त अन्तर्वार्ता सार्वजनिक भएसँगै युवतीले आफू आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकाे कामना न्यूजलाई बताएकी छन् । उनी केही दिनदेखि सार्वजनिक स्थानमा जानसमेत छाडेकी छन् । उनी भन्छिन्, ‘जसले मेराे नाम राखेर भिडियाे बनाएका छन्, उसलाई कारबाही हुनु पर्ने माग राखेकी छन् ।’
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ